मध्य पहाडी लोक मार्गमा पर्ने धनकुटाको पाख्रीबास नगरपालिका–४, स्थित सिम खेतमा गाडी दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई आठ विकेटले हराउँदै उपाधि उचालेको हो ।
स्वरूप परिवर्तन गरि ठुलो आवाज निकाल्ने मोटरसाइकल, नियन्त्रण अभियानमा प्रहरी लागि परेको छ।
पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषण कलासम्बन्धी दुईहप्ते तालिम शनिबार सम्पन्न भएको छ ।
पोखरामा शनिबार सकिएको आइटिएफ जे ३० वल्र्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि हात पार्दै आफ्नो उमेर समूहमा इतिहास कायम गर्नुभएको छ ।
पुतलीबजार नगरपालिका–१ का श्यामप्रसाद श्रेष्ठले ६२ वर्षमा जिल्ला प्रशासन कार्यालय स्याङजाको जग्गाको मुआब्जा पाउनु भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको चुनौती दिएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गर्नु भएको छ ।
एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।
म्यानमाको सैन्य ‘जुन्ता’ले पश्चिमी राखाइन राज्यको म्राउक-उस्थित सरकारी अस्पतालमा गरिएको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु नभएको दाबी गरेको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषदले शुक्रबार युवा वर्ग, शान्ति र सुरक्षासम्बन्धी प्रस्ताव एक मतपूर्वक पारित गरेको छ ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता व्यक्त गर्नु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधिमा मनोनीत भएका छन् ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमानअनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको ११ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ।