• २७ मङ्सिर २०८२, शनिबार

एक सय आठ जना महाधिवेशन प्रतिनिधि मनोनीत

blog

नेकपा एमालेको ११ औं महाधिवेशन । तस्बिरः सुजन गुरुङ

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधिमा मनोनीत भएका छन् ।

शुक्रबारको सचिवालय बैठकले तीन प्रतिनिधि मनोनयन गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुल प्रतिनिधिको पाँच प्रतिशतका दरले १०८ जनालाई मनोनयन गर्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

मनोनयन हुनुभएका प्रतिनिधिमा राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सेना, काठमाडौँ महागरका उपप्रमुख सुनिता डङ्गोल, काठमाडौँ एमाले अध्यक्ष दीपक निरौला, ललितपुर अध्यक्ष पुरूषोत्तम आचार्य, भक्तपुर अध्यक्ष बच्चन देउजालगायत हुनु हुन्छ । रासस