नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ३७ पैसा र बिक्रीदर १४४ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।
कैलालीको गेटामा खुल्न लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान गरे पनि सम्भावित योग्य पात्र नभेटिएपछि तेस्रो पटक पुनः आवेदन आह्वान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशको समृद्धिका लागि भौतिक पूर्वाधारसँगै सोचमा परिवर्तन जरुरी भएकोमा जोड दिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयको समेत कार्यभार समाल्नुभएका मन्त्री घिसिङले युगको आवश्यकता र जनताका अपेक्षा पूरा गर्ने गरी राजनीतिक नेतृत्वले काम गर्नुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रूपमा रहेको नेकपा (एमाले) विभिन्न आरोह अवरोहबिच ११ औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँका कवि दुर्गादेवी ढकालको तेस्रो कृति भजन तथा कविता सङ्ग्रह बुढ्यौलीको कलम शनिबार सार्वजनिक गरिएको छ ।
कम्बोडियाली सेनाले शनिबारको झडपका क्रममा चार थाई सैनिकको हत्या गरेको थाई अधिकारीले बताएका छन् ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने एकमात्र आधार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन रहेको बताउनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल आज लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच खेलाडीको सम्मानका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ।
रुकुमकोटमा पहिलोपटक आयोजना भएको इन्डोर स्केटिङ प्रतियोगिताको सिनियर पुरुषतर्फ निरज मल्ल विजेता बन्नुभएको छ। त्यसैगरी नवीन पुन दोश्रो र सुशील श्रेष्ठ तेस्रो हुनुभएको छ ।
राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले देशमा सुशासन नभएकै कारण आज युवा मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ।
सिन्धुली जिल्ला कमलामाई नगरपालिका–४ ढकालगाउँका कवि दुर्गादेवी ढकालको तेस्रो कृति भजन तथा कविता सङ्ग्रह ‘बुढ्यौलीको कलम’ शनिबार सार्वजनिक गरिएको छ ।
आजभोलि भान्छामा अचार अनिवार्यजस्तै बन्दै गएको छ । प्रायः खानाको रूपमा खाइने दाल, भात, तरकारीको स्वाद अचारबिना अपुरो नै हुन्छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक एमालेले अर्को एमालेसँग मन मिलाउनु, हात मिलाउनुमै पार्टी र देशको हित भएको बताउनुभएको छ ।