सुदूरपश्चिम प्रदेशको सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभा बैठकबाट पारित भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड बैठक शुक्रबार दिउँसोबाट सुरु भएको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नतिजा प्रकाश गर्न बोर्डको बैठक भर्खर सुरु भएको जानकारी दिनुभयो ।
अफगान सुरक्षा बलले पश्चिमी फराह प्रान्तमा इस्लामिक स्टेट (आईएस) का कार्यकर्तालाई मारेको छ । आईएस कार्यकर्ता लुकेको सुचनाका आधारमा सेनाले कारबाही गर्दा गर्दा एक जनालाई मारेको राज्य सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।
प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान र श्रीमती दुबै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताउनुभयो हो । उहाँले श्रीमान र श्रीमती दुबैजना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गर्नुभयो ।
बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर–११ क्वाछे बस्ने ४० वर्षीय दिपक तुल्सीब्याखा रहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताएता पनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता स्व. वीपी कोइराला, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलाल र बुटवलका पूर्व नगर प्रमुख सूर्यप्रसाद प्रधानको स्मृतिमा बुटवलको देवीनगरमा स्मृति पार्क निर्माण हुने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्य कोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा शुक्रबार दिउँसोबाट बैठक सुरु भएको हो ।
गाउँमै भिडियो एक्स-रे सेवा पाउँदा गर्भवती महिला खुसी भएका छन् । गाउँमै भिडियो एक्स-रे सेवा पाएपछि दिनभरको समय र पैसा खर्चेर अन्यत्र जानुपर्ने बाध्यता हटेको गर्भवती महिलाको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।
पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घण्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारले खेलकुदका पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।