• १२ असार २०८१, बुधबार

पाकिस्तानमा रेल दुर्घटना : १९ को मृत्यु, एक हजार २५६ घाइते

blog

इस्लामावाद, भदौ १७ गते । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घण्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ ।

यहाँ केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरू पनि बिग्रिएका छन् । यसबाट हुन गएको रेलको दुर्घटनामा परी गएको २४ घण्टा यता मात्र कम्तीमा पनि २४ जनाको ज्यान गएको बताइएको छ ।

यहाँको विपद् व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी दिएको छ । उक्त प्राधिकरणले यहाँको रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ ।

बिहीबार राति सो प्राधिकरणले सार्वजनिक गरेको एक रिपोर्टमा गएको २४ घण्टामा १९ जनाको ज्यान गएको र त्यस दुर्घटनामा नौ जना बालबालिका र अरू सात महिला पनि परेका जानकारी गराइएको छ ।

भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ । यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरू हजारौँ जना घाइते भएका छन् । 

बाटो, बिजुलीलगायतका भौतिक पूर्वाधारमा पनि यहाँको बाढी र पहिरोले क्षति पुर्‍याएको बताइएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित हुन पुगेको छ । हिजो मात्र सिन्ध प्रान्तमा १२ जनाको ज्यान गएको छ भने अरू कैयौँ घाइते भएका छन् । रासस/सिन्ह्वा