• १३ असोज २०८१, आइतबार

प्रतिनिधिसभा बैठक जारी

blog

प्रतिनिधिसभा बैठक । तस्बिर फाइल

काठमाडौं, भदौ १७ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा शुक्रबार दिउँसोबाट बैठक सुरु भएको हो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहित ‘‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।