उज्यालोले भित्र मुटु जल्छ कसैको समयले नै हुलिया बदल्छ कसैको । जित्छु भन्ने चाहना लिई हिँडेपछि हार्दा भने सारा तन गल्छ कसैको ।
बेलायत आएको दोस्रो दिन नै यहाँको पबमा जाने मौका मिल्यो । मलाई सँगै लिएर आउने रिचर्डले आफ्ना साथीहरू नभेटेको एक वर्ष भइसकेको रहेछ । भोलिपल्ट बेलुकी नै केही साथीसँग भेट्ने समय मिलाएछन् । मलाई पनि उसको साथीसँग परिचय गराइदिने भनेर सँगै लगे । मलाई भने अचम्म लागिरहेको थियो । साथीभाइ भेट्न त घरमा जानुपर्ने वा बोलाउनुपर्ने हैन र ? पछि पो थाहा भयो घरमा भेट्न आउनेहरू पनि घन्टौँ ढोकाबाहिरै बसेर कुरा गर्ने यहाँको चलन रहेछ ।
सानो छँदा ‘आमा दिदी बहिनी हो...’, ‘सारङ्गी बजाउँदै गाउँदै गीत सुनाउँदै...’, ‘स्नेहका मुहान नारीका मन अचानो बन्दछन्...’ आदि गीत गाउँदै वा गुनगुनाउँदै बजार र गाउँबस्ती हिँड्थ्यौँ । त्यो बेला पञ्चायती व्यवस्था थियो । एक दिन हामी यस्तै गीत गाउँदै बाटोमा हिँड्दै थियौँ, एक जनाले हामीलाई एकान्तमा बोलाएर त्यस्तो गीत गाएको प्रहरीले थाहा पायो भने जेलमा थुन्छ भनेपछि हामीले ती गीत गाउन छाड्यौँ । यसरी नै जेबी टुहुरेसित हाम्रो अनौठो तर अभौतिक चिनजान भएको थियो । सङ्कल्प परिवारले प्रकाशन गरेका जनताका गीत पनि पढ्यौँ । त्यसपछि टुहुरेको थप परिचय मिल्यो ।
नेपालका प्रमुख धाममध्ये एक हो बडीमालिका । श्रावण शुक्ल द्वादशीका दिनबाट श्रावण शुक्ल चतुर्दशीका दिनसम्म धुमधामका साथ बडीमालिकाको पूजा हुन्छ । समुद्री सतहबाट चार हजार दुई सय मिटरको उचाइमा अवस्थित बडीमालिका माईको दर्शनका लागि भक्तजन त्रिवेणी पाटनलाई छिचोल्दै पुग्छन् । एक रात त्रिवेणीमा नै बास बस्नुपर्छ । श्रावण शुक्ल त्रयोदशीका दिन बिहान स्नान गरेर धूपबाती बाल्ने र त्रिवेणीमा रहेका मन्दिरमा पूजा गरेर बडीमालिका माईको जयजयकार गर्दै भक्तजनले उकालो बाटोको यात्रा गर्छन् । यात्रामा त्रिवेणी पाटनमा ढकमक्क फुलेका विभिन्न प्रजातिका फूल, मैदानमा लस्करै लागेका भेडाका बथान, घोडाहरू नियाल्न सकिन्छ । बाजुराका भक्तजनहरू पनि त्रिवेणीमा आएर स्नान गर्नुपर्ने नियम जस्तै छ ।
सुदूरपश्चिम प्रदेश सभाको १०औँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिस र प्रदेशप्रमुख देवराज जोशीको आह्वानमा सभामुख अर्जुनबहादुर थापाले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो । प्रदेश सभाको १०औँ अधिवेशन जेठ १६ गतेबाट सुरु भएको थियो । यो अधिवेशन अवधिभरि २७ वटा बैठक बसेको सभामुख थापाले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिकाका ३२ स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालय तयार भएका छन् । पोखरा महानगरपालिकाले गत असारमा सूचना प्रकाशित गरी महानगरभित्र भएका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिन इच्छुकलाई सम्पर्क गर्न आह्वान ग-यो । महानगरको उक्त आह्वानपछि ३२ आवेदन परेका छन् । व्यक्ति र संस्था गरी ३२ जना आफ्ना शौचालय सार्वजनिक प्रयोग गर्न दिने इच्छाका साथ महानगरमा आएका छन् । महानगरले ती सबै व्यक्तिसँग आवश्यक समन्वय गरी बिहीबारदेखि शौचालयको सार्वजनिक प्रयोग गर्ने सुरुवात गरेको छ ।
बाढीपहिरोले अति जोखिमयुक्त जिल्लामध्येको जिल्ला हो सिन्धुपाल्चोक । गत वर्ष असार १ र साउन १६ मा आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा धनजनको अकल्पनीय क्षति पुगेको छ । कयौँ अझै बेपत्ता छन् ।
अविरल वर्षका कारण दाङ जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या भएको छ । घोराही उपमहानगरपालिका–१९, घोराही–सैघा सडक पहिरोका कारण अवरुद्ध भएको छ । खोलाले समेत सडक कटान गरेपछि सवारी आवागमन अवरुद्ध छ । घोराही उपमहानगरपालिका–१९ का अध्यक्ष ज्ञानबहादुर रायमाझीले सैघाको विभिन्न गाउँ जोड्ने कच्ची सडकमा पहिरो खसेसँगै खोलाले कटान गरेपछि हिँड्नसमेत समस्या भएको बताउनुभयो । यहाँका गाउँमा भर्र्खरै सडक पुग्न थालेको हो । वडाध्यक्ष रायमाझीले भन्नुभयो, “तर केही दिन परेको पानीका कारण पहिरो गएसँगै खोलाले सडक कटान गर्दा अवरुद्ध हुन पुगेको छ ।” तुलसीपुरको गहतेखोलाले पनि सडक कटान गरेको छ । तुलसीपुर–बाघमारे हँुदै घट्टेखोला जोड्ने सडकखण्डअन्तर्गत गहतेखोलाले सडक कटान गर्दा सवारीसाधन चल्न सक्ने अवस्था छैन । स्थानीय गङ्गाराम न्यौपानेले सडक कटान रोक्नका लागि स्थानीय सरकारले चासो नदिँदा स्थानीयवासीले दुःख पाउनुपर्ने अवस्था आएको बताउनुभयो । सडक कटान नियन्त्रणका लागि समयमै व्यवस्थापन गरेको भए केही भाग बच्न सक्ने भनाइ उहाँको छ । वर्षाकै कारण नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विभिन्न बस्तीलाई जोड्ने सडक असारदेखि बन्द छन् । कोइ
लहान–१७, दौलतपुर बलानसेरमा १० बिघा क्षेत्रफलको देवीदहमा चल्ने पाँचवटा डुङ्गा प्रयोगविहीन भएपछि आन्तरिक पर्यटक आउन छाडेका छन्। कहिल्यै पानी नसुक्ने र डुङ्गामा चढेर रमाइलो गर्ने देवीदहका तीनवटा डुङ्गा बिग्रिएको अवस्थामा रहेका र दुईवटा पानीमै गाडिदिएपछि प्रत्येक शनिबार पिकनिक गर्न र रमाइलो गर्न आउने आन्तरिक पर्यटक आउन छाडेका स्थानीयवासीले बताएका हुन्। प्रथम राष्ट्रपति डा. रामवरण यादवको पालामा चुरे राष्ट्रपति कार्यक्रमअन्तर्गत यस दहको सौन्दर्यीकरण गरिएको थियो। लहान बजारदेखि पाँच किलोमिटर उत्तरपूर्वमा रहेको यस दहमा वनभोज ‘स्पट’, शौचालय र एक दर्जन ‘सेड’समेत निर्माण गरिएको छ।
प्रदेश सभाको दसौँ तथा बजेट अधिवेशन शुक्रबार अन्त्य भएको छ। प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गरी सभामुख प्रदीपकुमार भण्डारीले जारी अधिवेशन अन्त्य भएकोे घोषणा गर्नुभएको हो। प्रदेश सभाको समयावधि अझै केही समय कायमै रहने भएकोले अन्तिम बैठक भने भन्न नसकिने सभामुख भण्डारीले बताउनुभयो। यद्यपि बैठकपछि प्रदेश सभामा सांसदहरूले फोटो सेसन गरिएको थियो भने चियापान गराएर अनौपचारिक रूपमा बिदाइसमेत गरिएको थियो।
सडक किनारामा राखिएका पसल र अवैधानिक संरचना निर्माणका कारण महोत्तरीको सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिका अव्यवस्थित देखिन थालेको छ। जलेश्वर नगरपालिकाभित्र फुटपाथ र मूल सडक नै ढाक्नेगरी बजार लाग्ने गरे पनि यहाँका जनप्रतिनिधिले कुनै चासो देखाएका छैनन्। नगरपालिका क्षेत्रभित्र एउटा पनि व्यवस्थित पार्किङ स्थल नहुँदा मूल सडक नै पार्किङ स्थलमा परिणत भइरहँदा सोको व्यवस्थापनका लागि सम्बन्धित निकायले कुनै चासो दिएको देखिँदैन। फुटपाथ व्यवस्थित बनाउन चासो नराख्नेले यहाँका अवैधानिक संरचना व्यवस्थित बनाउने चर्चा गर्नु धेरै टाढाको विषय रहेको जलेश्वर नगरपालिका–१ का घनश्याम भगतले बताउनुभयो। “जिल्ला सदरमुकाम जलेश्वरको अवस्था हेर्दा जलेश्वर बजारमा सडक नै बजारक्षेत्र भएको जस्तो देखिन्छ,” उहाँले भन्नुभयो।
स्रष्टा रामलाल जोशीको कृति ‘बाआमा’ले सामाजिक दायित्वबोधलाई कथामार्फत उजागर गरेको छ। बुकहिलद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा, नायक राजेश हमाल, सर्जक नयनराज पाण्डेलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको पुस्तक ‘बाआमा’ले आफ्ना अग्रज, संस्कारका धरोहरप्रतिको कर्तव्य पुनः सम्झाएको छ।
विगतका वर्षको तुलनामा पाल्पामा रासायनिक मलको प्रयोग बढेको छ । यसअघि गोठेमल र अन्य प्राङ्गारिक मलको प्रयोग गर्दै आएका किसानले अहिले रासायनिक मलको प्रयोग बढाएका हुन् । पाँच–सात वर्षअघिसम्म अधिकांश किसानले मकै, गहुँ तथा अन्य तरकारी खेतीमा प्रयोग गर्न गोबर र पातपतिङ्गरबाट मल बनाउँदै आएका थिए । अहिले सबैजसो किसानले रासायनिक मलको प्रयोग बढाएको बगनासकाली–३, शिखरका किसान कमल चिदीले बताउनुभयो । “पहिले हरेक घरमा तीन÷चारवटा गाईबस्तु हुन्थ्यो, अहिले सबैजसोको घरमा पशुपालन नै हुँदैन,” उहाँले भन्नुभयो ।
व्यावहारिक जीवनमा हाम्रो सञ्चार क्रियाकलाप जति स्वतःस्फूर्त देखिए तापनि हाम्रो मस्तिष्कले यसका लागि अत्यन्त जटिल प्रक्रिया पार गरेको हुन्छ, जसलाई बुझ्नका लागि सङ्केत प्रणाली (साइन सिस्टम) तथा सङ्केत संयोजन (सिग्निफिकेसन) बारे ज्ञान आवश्यक पर्छ । सङ्केत प्रणालीकै आधारमा भाषा निर्मित हुन्छ । हरेक भाषाका आफ्नै खालका सङ्केत प्रणाली हुन्छन् । अथवा यसो पनि भन्न सकिन्छ, सङ्केत प्रणालीमा फरक रहेकैले फरक फरक समुदायले फरक फरक भाषा विकास गरेका हुन्। मानवले मातृभाषा वा अन्य भाषा सिक्ने भनेको वास्तवमा एक विशेष खालको सङ्केत प्रणाली सिक्ने हो।
राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाजस्तो गहन र महत्वपूर्ण जिम्मेवारी सम्हालेका हरेका राष्ट्रका सैनिक दोस्रो मुलुकबाट हुनसक्ने सम्भावित आक्रमण र खतराबारे सधैँ चनाखो अवस्थामा रहने गर्छन्। सिमाना विवाददेखि मातृभूमिको सुरक्षाका सवालमा सम्झौता नगर्ने सेनाको चरित्रका कारण छिमेकी मुलुकका सेनाबीच हुने गरेका विवाद, भिडन्त र द्वन्द्वका कारण ठूलो जनधनको क्षति हुने गरेको छ। रुस–युक्रेनको जारी युद्धले विश्वजगत् नै प्रभावित छ। दुई देशको द्वन्द्वका कारण विश्वजगत् सधैँ युद्धको त्रासमा छ। यसले संसारभरको अर्थतन्त्रलाई समेत असर पु-याएको छ। सिमाना जोडिएका राष्ट्र दक्षिण कोरिया–उत्तर कोरिया, इजरायल–प्यालेस्टाइन, इरान–सिरिया, भारत–पाकिस्तान, भारत–चीनका सेनाबीच बेलाबेला हुने द्वन्द्वले अन्तर्राष्ट्रिय समुदायले सधैँ असुरक्षित महसुस गरिरहेको हुन्छ।