अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएकोे छ । अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताउनुभएको छ । चुनावमा जित/हार दुबै हुने भए पनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको अनुभूति महामन्त्री थापाले सुनाउनुभयो ।
मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ । अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागको विज्ञप्तिअनुसार टेक्सासको ईगल पास नजिकै नदीबाट अन्य ३७ जनाको उद्धार गरिएको छ ।
चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबार चीनका लागि निवर्तमान रुसी राजदूत आन्द्रे डेनिसोभसँग भेटवार्ता गर्नुभएको छ ।
प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसालले भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको नेकपा(समाजवादी) पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् ।
काठमाडौँ, भदौ १८ गते । मेलम्ची नगरपालिकाको भोटे चौरमा पर्यटकीय पूर्वाधार निर्माणको शिलान्यास भएको छ । भदौ १७ गते काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल र मेलम्ची नगरका प्रमुख आइतमान तामाङले संयुक्त रूपमा भोटे चौर एकीकृत पर्यटकीय पूर्वाधार निर्माणको शिलान्यास गर्नुभएको हो । भगिनी सम्बन्ध भएका नगरसँग सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्धन गर्न साझेदारी कार्यक्रम सञ्चालन गर्ने क्रममा यस पूर्वाधार निर्माणका लागि महानगरको लागत सहभागिता छ । मेलम्ची, काठमाडौँ महानगरको भगिनी सम्बन्ध भएको नगर हो । २०७७ पुस २१ गते दुई नगर बिच भगिनी सम्बन्ध स्थापना सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । महानगरले सम्बन्ध स्थापनापछि मेलम्ची सिटी पार्क निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग सम्झौता गरेको थियो । २०७८ असार १ गते नदीमा आएको बाढीले बजार क्षेत्रमा क्षति पुराएपछि त्यो दुःख व्यवस्थापन गर्न दुई करोड रुपैयाँ उपलब्ध गराएको थियो । शिलान्यासपछि प्रमुख अतिथि एवं महानगरकी उपप्रमुख डङ्गोलले, भगिनी सम्बन्ध आर्थिक लेनदेनका लागि मात्र नभई, सांस्कृतिक आर्थिक विकासका पक्षमा अनुभव तथा सिकाइ आदान प्रदान गर्ने थलो भएको उल्लेख गर्नुभयो । ‘मेलम्चीले काठमाडौँलाई पानी दिएको छ । कृषिजन्य उत्पादनबाट काठमाडौँलाई टेवा पुर्याएको छ । यसरी काठमाडौँलाई सहयोग दिइरहेको मेलम्चीसँग भगिनी सम्बन्ध गाँसिएकोमा हामी हर्षित छौँ ।’ आपसी सम्बन्ध पछि पर्यटन पूर्वाधारका विषयमा कुरा गर्दै उहाँले, प्राकृतिक र मानवीय कुनै पनि कारणले आयोजना निर्माण सम्पन्नतामा ढिलाइ हुनु नहुने बताउनुभयो । उपप्रमुख डङ्गोलले, काठमाडौँमा मनाइने इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा दिइएको प्रसङ्ग उल्लेख भन्नुभयो, ‘मेलम्चीको आँगनबाट हामी तपाईँहरूलाई पर्व अवलोकनका लागि पाल्नुहुन निमन्त्रणा गर्दछौँ ।’कार्यक्रममा मेलम्ची नगरका प्रमुख आइतमान तामाङले, भोटे चौर पर्यटकीय पूर्वाधारले काठमाडौँ र मेलम्चीबिचको सम्बन्धलाई पछिल्लो पुस्ताले हेर्न पाउने बताउनुभयो । ‘यो परियोजना १८ करोड ३५ लाख लागतको हो । यसमध्ये पहिलो चरणमा दुई करोड २० लाख लागत बराबरको काम गर्दै छौँ ।’ प्रमुख तामाङले अनुमान गरिएको लागतमा बोलपत्रबाट २ करोड ४ लाख ५६ हजारमा काम हुने जानकारी गराउनुभयो । विस्तृत परियोजना प्रतिवेदनको प्रसङ्ग उल्लेख गर्दै उहाँले, यसको निर्माण सम्पन्नताका लागि काठमाडौँ महानगरबाट नियमित सहयोगको अपेक्षा गर्नुभयो । हामी सङ्घ र प्रदेश सरकारसँग पनि सहयोग माग्छौँ । प्रमुख तामाङको भनाइ थियो । कार्यक्रममा मेलम्ची नगरकी उपप्रमुख उमा प्रधानले पर्यटन पूर्वाधारबाट स्थानीय जीवनस्तरमा सुधार आउने अपेक्षा गर्नुभयो । त्यस्तै निवर्तमान प्रमुख डम्बरबहादुर अर्यालले, पर्यटन पूर्वाधारसँगै यस क्षेत्रमा घुम्न आउने पर्यटकले खरिद गरेर लैजाने सामग्री उत्पादनमा पनि जोड दिनुपर्ने बताउनुभयो । नगर साझेदारी कार्यक्रमअन्तर्गत यस अघि मेलम्ची सिटी पार्क निर्माण कार्य थालिएको थियो । मेलम्चीका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीले सिटी पार्कलाई पुनर्स्थापना गर्न नसकिने गरी क्षति पुराएपछि भोटे चौर पर्यटकीय पूर्वाधारमा योजना सारिएको जानकारी दिनुभयो । मेलम्चीले साझेदारी कार्यक्रमअन्तर्गत अगाडि बढाएको परियोजनामा प्राविधिक सहयोग आवश्यक भए काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने छ । कार्यक्रममा महानगरको पूर्वाधार निर्माण विभागका प्रमुख राम थापाको भनाइ थियो । मेलम्ची नगरको वडा १ र २ को खाल्टे, पाताल गुफा, तपो चुली डाँडा र चिया बगानसम्मको क्षेत्रलाई समेटेर पार्क निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको छ । यो भोटे चौर केदारेश्वर मन्दिर पछाडिपट्टिको भूभागमा पर्छ । साढे ४ किलोमिटर क्षेत्रको व्यवस्थित पद मार्ग योजनाको मुख्य विशेषता हो । यसका लागि भिरालो जमिनमा बनाइने १ हजार ६ सय सिँढीसहितको ७ हजार ५२ फिट (२ हजार १५० मिटर) लामो यात्रा मार्ग बनाइनेछ । यात्राका क्रममा यात्रुलाई आवश्यक पर्ने आराम गर्ने पाटी, दृश्यावलोकनका लागि भ्यु टावर निर्माण गरिनेछन् । भ्यु टावर भूकम्प प्रतिरोधी हुनेछ । बन क्षेत्र भएकोले यस ठाउँमा वनभोज स्थल बनाइनेछ । त्यस्तै शिव र बुद्धको मूर्ति, मेलम्चीको कृषि उपज देखाउन किवी र चियाका विम्बहरू, रक क्लाइम्बिङ् पर्खाल बनाइनेछन् ।
वैदिक सनातन धर्मावलम्बीहरू प्रकृतिको पूजा गर्छन् । प्रकृतिका उपजहरूमा भगवान्का स्वरूप देख्छन् । गौरा पर्वमा पनि प्रकृतिका उपजहरूको पूजा गरिन्छ । गौरा सुदूरपश्चिम क्षेत्रको महìवपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो ।गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गरिन्छ । बिरुडा भिजाएको तेस्रो दिन महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा बनाइ गौराघरमा भिœयाउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा गरि
गौरा पर्व तिथिअनुसार दुई किसिमका हुन्छन् । शुक्ल पक्षमा पर्ने गौरा पर्वलाई उजेली गौरा र कृष्ण पक्षमा पर्ने गौरा पर्वलाई अनेरी गौरा भन्ने चलन छ । नव विवाहिता महिलाले पहिलो उपवास लिँदा उजेली गौरा परेको वर्षदेखि सुरु गर्ने चलन छ । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा पञ्च अन्नहरू गहुँ, केराउ, गहत, मास, गुरौसलाई तामाको भाँडामा राखी परिवारका सदस्य र नातागोताहरू एक ठाउँमा बसेर मङ्गलगान गाउँदै बिरुडा भिजाएर गौरा पर्वको सुरुवात गरिन्छ । त्यसकै भोलिपल्ट षष्ठीका दिन घर नजिक टोलका सबै मानिसको पायक पर्ने कुवा, पँधेरो वा जलाशयमा बिरुडा धुने काम गरिन्छ । बिरुडा धुने बेलासमेत छुट्टै सगुन फाग गाउने गरिन्छ । धोइसकेपछि आ–आफ्नो घरमा लगिन्छ । गौरा पर्वको तेस्रो दिन अर्थात् सप्तमीमा हरियो धान र तिलको बोटमा अन्य कपडालगायतका वस्तु प्रयोग गरी गौराको मूर्ति तयार पारिन्छ । उक्त मूर्ति डालोमा राखी
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका तीन जना केन्द्रीय नेताको नाम सिफारिस भएको छ ।
मेरो हातमा ‘सात जुनी’ उपन्यास छ । स्मृतिविम्बमा मणि नेपाली पनेरू हुनुहुन्छ । मस्तिष्कमा विश्वास र अविश्वासको भुमरी चलिरहेछ । मनमा कुरा खेलिरहेका छन्– यो उपन्यास उहाँले नै लेख्नुभएको हो त ? पैसा कमाउन र नेपालमा भन्दा धेरै भौतिक सुख भोग गर्न अमेरिका पुगेका भनिने मणि नेपाली पनेरू त्यो बाटोभन्दा भिन्न बाटोमा हिँड्दै यस्तो भावपूर्ण सिर्जनामा साधनारत पो हुनुहुँदोरहेछ ! मैले चिनेको, जानेको र व्यवहार गरेको मणि नेपाली पनेरू अचानक उपन्यासकार बन्नु र उहाँबाट ‘सात जुनी’ शीर्षकको यति राम्रो उपन्यास लेखिनु मेरा लागि आश्चर्यजनक घटना हो । नढाँटी भन्छु– उहाँले कुनै दिन यति मिठासपूर्ण उपन्यास लेख्नुहोला भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ ।
आत्मपरक निबन्धभित्र पर्ने नियात्रा साहित्य नेपाली साहित्यमा लोकप्रिय सिर्जनाका रूपमा विकसित हुँदै आएको छ । नेपाली साहित्यका नियात्रा विधामा सयौँ कृति सिर्जना भइसकेका छन् र सिर्जना हुने क्रम निरन्तर रूपमा जारी नै रहेको छ । विभिन्न स्रष्टाले यस विधामा कलम चलाइरहेका छन् । ती विभिन्न स्रष्टामध्ये पवन आलोक पनि एक हुनुहुन्छ । साझा प्रकाशनद्वारा प्रकाशित उहाँको ‘पहाड र लमतन्न समुद्र’ नियात्रासङ्ग्रह देशदेखि विदेशसम्मका यात्राका हृदय संवेद्य दृश्य र भोगाइहरूको चिन्तनप्रधान अभिव्यक्ति हो । स्वदेश तथा विदेशका विभिन्न रमणीय प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, धार्मिक आदि स्थलहरूको भ्रमणका क्रममा नियात्राकार आलोकले आफूले देखेका, सुनेका र अनुभूति गरेका विषयका कलात्मक वर्णन गर्नुभएको छ । आफ्नै देश, स्थान, समाज, संस्कृतिबारे पनि धेरै कुरा देख्न सुन्न नभ्याएका जिज्ञासु पाठकका लागि देशभित्रकै भिन्न भूगोल, संस्कृति तथा रहनसहनबारे वा आफूले नदेखेका, नसुनेका र अनुभूति नगरेका विषयप्रतिको अनेक जिज्ञासा पू
छाडीदिनुस् निस्फिक्री वर्षात्मा केटाकेटीहरूलाई थमाइदिनुस् हातमा एउटा छाता पनि खेलिरहोस् उफ्रँदै गल्ली र चोकहरूमा सिकोस् प्रकृतिसँग रमाउन आफ्नै तालमा र, साथीभाइसित जिस्कँदै रूझ्न पनि । दिनुस् उनीहरूलाई उपहारमा घाम आँगनभरि मगमगाइरहोस् उज्यालो
बिहानीपखको उदाउँदो सूर्य: पर्वतको दक्षिण भेगका स्थानीयबासीलाई सदरमुकाम कुश्मा आउन सहज होस् भनेर बनाइएको त्यो बेलाको नेपालकै अग्लो तथा लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुल । अविच्छिन्न बगिरहने मोदी खोला देखि १३५ मिटर उचाइमा रहेको यस पुलको लम्बाइ चाहिँ ३४४ मिटर रहेको छ ।
अहम्को बेलुन फुलेको होष नराख्दै जब जलिसक्छ मान्छे इगोको आगोमा तब लेस मात्र पनि रहँदैन बाँकी पश्चताप गर्ने ठाउँ होषमा होस् किबेहोसीमा खेली रहेछ मान्छे इगोको खेलआगोको खेल वाआफ्नै बर्बादीको खेल खेली रहेछ बस खेली रहेछ !