• १३ साउन २०८१, आइतबार

नेकपा एस पार्टी कहिल्यै कमजोर हुदैनः मन्त्री चौधरी

blog

धादिङ, भदौ १८ गते । नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको नेकपा(समाजवादी) पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् । 
एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरी भन्नुभयो, ‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ । कम्युनिस्ट पार्टीको सङ्गठन बनाएर विशाल पार्टी बनाउने नेता हो उहाँ । लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता हो उहाँ । शान्ति, संविधान र लोकतन्त्रका निम्ति जीवन समर्पण गरेको नेता हो माधव नेपाल । त्यस कारण तपाईँहरू ढुक्क हुनुस्, माधव नेपालले नेतृत्व गरेका पार्टी कहिल्यै कमजोर हुँदैन ।’  
पार्टी विद्रोहको औचित्यबारे मन्त्री चौधरीले सुनाउनुभयो, ‘तपाईँहरूलाई माधव नेपालले किन विद्रोह गर्नु पर्यो, राजेन्द्र पाण्डे, गंगालाल तुलाधरले किन विद्रोह गर्नु पर्यो भन्ने पक्कै लागेको होला । अथवा हामीहरूले नयाँ पार्टी निर्माण किन गर्नु पर्यो भन्ने मुख्य कुरा हो । यदि हामीले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टीको औचित्य समाप्त हुन्थ्यो । 
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोग सदस्य कृष्णहरि श्रेष्ठ, जिल्ला सचिव सुवास खतिवडा, तामाङ महासङ्घका केन्द्रीय उपाध्यक्ष वीर बहादुर तामाङ लगायतले आफ्ना भनाई राखेका थिए ।