सुदूरपश्चिम प्रदेशको मौलिक गौरा पर्वको अन्तिम तथा महत्वपूर्ण दिन आज व्रतालु महिलाले दूर्वाष्टमी व्रत बसी मनाउँदै छन् । यस दिनलाई अठवाली पनि भन्ने गरिएको छ ।
दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोली केन्यालाई जितको लागि २३१ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २३० रन बनायो ।
शनिबार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी कालु पाँडे, काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको काजी तुलाराम पाँडेको स्मृति सभामा राष्ट्रपति भण्डारीले काजी पाँडेको स्मरणमा उहाँको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।
प्रेमिकाको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई रुपन्देही प्रहरीले प्रक्राउ गरेको छ । हत्या भएको १९ महिनापछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । २०७७ माघ १० गते रुपन्देहीको सालझण्डी सितलापुर जङ्गलमा शव भेटिएकी एक युवतीको हत्यामा संलग्न भएको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका ७ का ३६ वर्षीय काशिराम मुरावलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं, भदौ १८ गते । अभिनेता सन्तोष पन्तले निर्माण गर्नुभएको फिल्म 'हिजोआजका कुरा'को गीत 'परदेश' सार्वजनिक भएको छ । असोज २८ मा प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई साकार पन्तले निर्देशन गर्नुभएको हो । यसअघि फिल्मको पहिलो गीत 'ए जदौ माया जदौ' सार्वजनिक भएको थियो । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको गीतमा स्वर र संगीत हर्कुलस बस्नेतको रहेको छ ।गीतको भिडियोमा सन्तोष पन्त, रमा थपलिया, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी, लक्ष्मी भुसाल, रवि डंगोल, मञ्जु श्रेष्ठ, दिव्यदेवको अभिनय देख्न सकिन्छ ।
नेकपा (एकीकृत समाजवादी) सर्लाहीको जिल्ला नेतृत्वका अधिकांश पदाधिकारी एमालेमा फर्किनुभएको छ । सदरमुकाम मलङ्गवास्थित एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित एक समारोहमा समाजवादीका नेताहरु एमालेमा समाहित हुनुभएको हो ।
पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताउनु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली हुन नदिन सचेत रहन पार्टी पङ्तिलाई निर्देशन गर्नुभएको छ ।
भारतको उत्तर प्रदेश बाराबंकीमा बस दुर्घटनामा हुँदा चार नेपालीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छ ।
शनिबार गृह जिल्ला बाँके पुग्नु भएका मन्त्री राईले विमानस्थलमा कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै गणतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताउनुभएको हो ।
काठमाडौं, भदौ १८ गते । नेपाली फिल्म क्षेत्रका निर्देशक एवं भेषभुषा प्रबन्धक उद्धवराज भट्टराईको ६६ वर्षको उमेरमा निधन भएको छ । फिल्म क्षेत्रमा उहाँ 'जुङ्गे भट्टराई'को उपनामले चिनिनुहुन्थ्यो ।नेपाली फिल्ममा पहिरन डिजाइनरका रूपमा काम सुरु गर्नुभएका उहाँ निर्देशकसमेत थिए । उहाँ ४४ वर्षदेखि कलाक्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । 'प्रेम-पिण्ड', 'मुनामदन', 'श्रिस्वस्तानी' 'भाग्यरेखा', 'माया पिरती', 'प्रेमपिण्ड', 'युगदेखि युगसम्म' लगायत थुप्रै फिल्ममा उहाँले कला निर्देशन गर्नुभएको छ । उहाँको निधनप्रति सामाजिक सञ्जालमा कलाकारहरुले दुख व्यक्त गर्दै श्रद्धांजली अर्पण गर्नुभएको छ ।
रमेश विश्वकर्मा गुल्मी, भदौ १८ गते। गुल्मी जिल्लाको सदमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई अध्ययनमा सक्रिय बनाउँदै आएको छ। तत्कालीन तम्घास गाविस खानीगाउँ टुनीखोलामा रहेको सानो बचत घरबाट ०४३ सालमा शैक्षिक यात्रा सुरु गरेको यस विद्यालयले विद्यार्थीलाई अध्ययनसँगै सिकाईमा सक्रिय बनाउन नियमित पठनपाठनका अतिरिक्त विभिन्न कार्यक्रम गर्दै आएको हो। शैक्षिक क्षेत्रमा जिल्ला तथा देशकै नमूना एवम् अधिकत्तम विद्यार्थी भएको प्रविधियुक्त सुविधा सम्पन्न सामुदायिक विद्यालयको रुपमा रहेको यस विद्यालयले विद्यार्थीलाई सिकाईप्रति आकर्षित गर्न युग सुहाउँदो प्रविधिमैत्री शिक्षण पद्धति अंगाल्दै आएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीलाई अध्ययनसँगै सकारात्मक सोचका लागि “ज्ञानीसँग हाम्रा नानी” र “बुक टक” लगायतका विभिन्न महत्वपूर्ण कार्यक्रम गर्दै आएको हो। त्यस्तै, विद्यालयले विद्यार्थीको सिकाइप्रतिको परम्परागत मान्यतालाई चिर्न नियमित पठनपाठनको अतिरिक्त विगत पाँच वर्षदेखि “ज्ञानीसँग हाम्रा नानी” कार्यक्रम सञ्चालन गर्दै आएको छ। ज्ञानी भन्नाले कुनै क्षेत्रमा विज्ञता हाँसिल गरेर लामो अनुभव प्राप्त गरेका र नानी भन्नाले विद्यार्थी भएका प्रधानाध्यापक श्रीसले उल्लेख गर्नुभयो। उहाँले यस कार्यक्रममार्फत् विभिन्न क्षेत्रका विशेषज्ञ ल्याएर विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान दिने प्रयास गरिएको बताउनुभयो। “विद्यार्थीलाई अध्ययनमा आकर्षित गर्न अहिले विभिन्न रचनात्मक र सिर्जनात्मक पद्धतिद्वारा पठनपाठन सञ्चालन गर्दै आएका छौं,” उहाँले भन्नुभयो, “कक्षा कोठा बाहिर, शिक्षक बेगर र किताब बाहिर पनि विद्यार्थीको सिकाइ क्षेत्र बृह्त्तर हुन्छ।” यस विद्यालयमा प्ले ग्रुपदेखि बाह्र कक्षासम्म पढाइ हुने गर्दछ। विशेषगरी कक्षा पाँचदेखि बाह्र कक्षासम्मका विद्यार्थीहरु कार्यक्रममा समावेश भइरहेका छन्। साना बालबालिकाको लागि विशेषज्ञ यस कार्यक्रममा सहभागी गराउने प्रधानाध्यापक श्रीसले बताउनुभयो। सबै खालका व्यक्तिलाई समावेश गरेर विद्यार्थी माझ उनीहरुका अनुभव सुनाउने गरिएको विद्यालयले जनाएको छ। समय–समयमा विद्यालयले राजनीतिक एवम् प्रशासनिक व्यक्ति, शिक्षाविद, लेखक, साहित्यकार, इन्जिनियर, डाक्टर, कृषक सबैलाई आमन्त्रण गर्ने गरेको छ। उनीहरुले प्राप्त गरेको सम्पूर्ण विज्ञता, अनुभव र सफलता विद्यार्थी माझ प्रस्तुत गर्ने गरेको प्रधानाध्यापक श्रीसले बताउनुभयो।विद्यालयमा गरिने विभिन्न कायक्रमले विद्यार्थीको लक्ष्य हाँसिल गर्न सहि प्रकारको दिशाबोध हुने उहाँले बताउनुभयो। विज्ञका अनुभव सुन्दा विद्यार्थीलाई सही प्रकारको उत्प्रेरणा मिल्छ। जसले विद्यार्थीमा व्यवहारिक ज्ञान आर्जन र सिकाईलाई मजबुत बनाउन सहयोग पुग्ने श्रीसको भनाइ छ। कुशल व्यवहार र उचित ज्ञान–सिपको विकास गर्न पनि विद्यालयमा महत्त्वपूर्ण कार्यक्रम गरिदैं आएको प्रधानाध्यापक श्रीसले बताउनुभयो। आफ्नो ठाउँ, माटो र परिवेशका बारेमा जानकारी लिंदा विद्यार्थीमा ज्ञानको भण्डार बढ्छ। विद्यालयले गर्ने हरेक कार्यक्रम विद्यार्थी केन्द्रित भएको हुँदा विद्यार्थीसँगै अभिभावक पनि उत्साहित भएका छन्।त्यस्तै, यस विद्यालयले विगत केही वर्षअघिदेखि ब्रिटिस काउन्सिलसँगको सहकार्यमा आइएसए प्रोग्राम अन्तर्गत प्रोजेक्ट बेस लर्निङ्गको माध्यमबाट शिक्षण सिकाई कार्यलाई थप प्रभावकारी एवम् व्यवहारिक बनाउने प्रयासमा लागेको छ। फलस्वरुप विद्यालयले इन्टरनेशनल स्कुल अवार्ड २०२०/२३ समेत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक श्रीसले बताउनुभयो।जिल्लामा शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाएको यस विद्यालयले साधारण र प्राविधिक गरेर दुई धारको शिक्षा सञ्चालन गर्दै आएको छ। प्राविधिक धारतर्फ कम्युटर इञ्जिनियरिङ्ग कक्षा नौदेखि बाह्रसम्म सञ्चालन गर्दै आएको श्रीसले बताउनुभयो। कक्षा ११–१२ मा शिक्षा, व्यवस्थापन, विज्ञान र कानुन विषयको पठनपाठन हुने विद्यालयले जनाएको छ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा असोज ९ देखि ११ गतेसम्म प्रथम ठमेल पर्यटन भेट्रान्स कप सेभेन ए साइड फुटबल हुने भएको छ ।
केन्याविरुद्ध दोस्रो एकदिवसीय क्रिमेटमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नौरोजीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नु भएको हो ।