• १३ साउन २०८१, आइतबार

हत्यागरी फरार रहेका अभियुक्त पक्राउ

blog

पविता पौडेल 

रुपन्देही सैनामैना, भदौ १८ गते । प्रेमिकाको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई रुपन्देही प्रहरीले प्रक्राउ गरेको छ । हत्या भएको १९ महिनापछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । २०७७ माघ १० गते रुपन्देहीको सालझण्डी सितलापुर जङ्गलमा शव भेटिएकी एक युवतीको हत्यामा संलग्न भएको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका ७ का ३६ वर्षीय काशिराम मुरावलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । 

शव फेला परेपछि पनि सनाखत हुन नसकि झण्डै डेढ वर्षसम्म थन्किएको घटनाको अनुसन्धान गरी प्रहरीले हत्या गर्ने व्यक्तिलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहरीका अनुसार शवसँगै भेटिएको घडी, शवको फोटोमा देखिएको टाटु तथा फोटोमै देखिएको अनुहारको बनोटका आधारमा झण्डै २ महिना अगाडि मात्र शवको सनाखत गरेको थियो । 

प्रहरीले सार्वजनिक गरेको फोटोका आधारमा मृतकका बुवा ७० वर्षीय भक्तिराम अर्यालले शवको सनाखत गरेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सात महिनाको गर्भवती रहेकी गुल्मी साबिक अर्खवाङकी ३४ वर्षिया बसन्ता भन्ने धनकुमारी अर्यालको हत्या आरोपमा पक्राउ परेका मुराउले हत्या कबुल गर्दै प्रहरीलार्इ बताएको प्रहरीको भनाइ छ ।  

मृतक वसन्ता र पक्राउ परेका मुराउबीच विगत चार बर्ष पहिलेदेखि प्रेम सन्बन्ध रहेकोमा मुराउको घरमा श्रीमती, तीन छोरी र एक छोरा समेत रहेको प्रहरीले जनाएको छ । 

बसन्ताको अवैध सम्बन्धबाट गर्भ रहन गएकाले अभियुक्त मुराउले प्रेमिका वसन्तालाई जंगलमा लगी घाँँटी थिचेर हत्या गरी रुखमा बाँधेर फरार रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताउनुभयो । 

मुराउलाई पक्राउ गरी ज्यानसन्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट सात दिनको म्याद थपगरी अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ । निज मुराउलाई अनुसन्धानका  लागि कारागारमा राखिएको छ ।