• १३ साउन २०८१, आइतबार

देशले मलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको छ : वरिष्ठ नेता पौडेल

blog

क्याम्पसकको वार्षिकोत्सवमा सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ १८ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताउनु भएको छ । दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै नेता पौडेलले  मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनको लागि आफ्नो भूमिका देशले खोजेको बताउनुभयो।

प्रधानमन्त्री बनेर देशको सेवा गर्ने समय आएको पौडेलको भनाइ थियो। ‘‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ। त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ’’, नेता पौडेलले भन्नुभयो ।  

सिङ्गो देशलाई सुशासन दिन सक्छु ग्यारेन्टी नगर्ने। तर, सुशासनको जग बसाल्ने नेता पौडेलले बताउनुभयो। ‘‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नती र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टी आफूसँग भएको पौडेलले बताउनुभयो। कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ आफूसँग भएको पौडेलले दोर्‍होराउनुभयो। 

‘‘सुशासन भए मात्रै राष्ट्रले समृद्धि हासिल गर्न सक्छ, राष्ट्रलाई स्वतन्त्रता, सम्बद्र्धन र हितको लागि नैतिक, सुशासन दिने क्षमता चाहिन्छ, त्यो मसँग छ’’, नेता पौडेले भन्नुभयो। देश बनाउने कर्तव्यबाट आफू माग्ने मान्छे नभएको पौडेलले बताउनुभयो । ‘‘नडगमगाई, विचलित नभई १४ वर्ष जेल बसेँ, देश बनाउने आँट मसँग छ’, पौडेलले भन्नुभयो। युवा र पाको नेता दुवै मिलेर देश विकास गर्नुपर्ने उहाँले बताउनुभयो।

युवाले पाकाले राजनीति गर्न हुँदैन भन्न नहुने उहाँको तर्क थियो। युवा पनि भोलि पाको बन्ने भएकोले दुवै मिलेर देश बनाउनु पर्ने उहाँको भनाइ छ। ‘‘भोलि तपाईं पाको हुँदा अहिलेको युवाले त्यही कुरा भन्छ। त्यसको पनि हेक्का राखौं’’, उहाँले भन्नुभयो।