• २० असोज २०८१, आइतबार

पाँचथरमा फेरि बाढी, मेची राजमार्ग अवरुद्ध

blog

मेची राजमार्ग अन्तरगत हेवा खोलामा आएको बाढी । तस्बिरः जिल्ला प्रहरी कार्यालय, पाँचथर

राधा लुइटेल

फिदिम, असार १९ गते। निरन्तरको वर्षका  कारण खोला नालामा बाढी आएपछि मेची राजमार्ग र तमोर कोरिडोरसहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सोमबार राति परेको वर्षाका कारण हेवा र तमोर खोलामा बाढी आउँदा मेची राजमार्ग अन्तरगत फिदिम ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको हो।

यस्तै तमोर कोरिडोर अन्तरगत नावा खोलामा आएको बाढीका कारण एउटा टिपर खोला भित्रै फसिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। धनकुटा र पाँचथरलाई जोड्ने उक्त खोलाको बाढीका कारण तमोर कोरिडोर भएर पाँचथर चल्ने यातायातका साधन ठप्प भएका छन्।

जिल्लाका सहायक सडकमा पनि बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


तमोर कोरिडोरका साना ठुला खोला र खोल्सामा आएको बाढीले सडक खण्डमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले बताउनुभयो। निरन्तरको वर्षाका कारण असार ३ गते यता मेची राजमार्गसहित विभिन्न सहायक सडकमा आवागमन प्रभावित हुँदै आएको छ। 

यो पनि पढ्नुहोस

किन आयो हेवाखोलामा अकल्पनीय बाढी

हेवाखोलामा तेस्रो पटक डाइभर्सन गरेर यातायात खुलाइयो

हेवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज

हेवा खोलामा फड्के पुल सञ्चालन

बाढीले हेवा खोलाको पुल बगाउँदा स्थानीयवासी चकित

हेवा खोला तर्न घिर्नी बनाइयो

हेवाखोलामा फड्के पुल निर्माण

हेवा खोलामा बेलिब्रिज निर्माण सुरु

बाढीले बगाएको पाँचथरको हेवा खोलामा बेलिब्रिज राखिने