• २० असोज २०८१, आइतबार

हेवाखोलामा फड्के पुल निर्माण

blog

नारायण तुम्बापो 

फिदिम, असार ८ गते । मेचीमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको हेवाखोलामा तत्कालका लागि यात्रु आगमनलाई सहजीकरण गर्न फड्के पुल निर्माण थालिएको छ । पाँचथरका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायी तथा युवाको अग्रसरतामा शुक्रबार बिहानैदेखि बाँसको फड्के बनाउन थालिएको हो । 

फड्के पुलले गाडीमार्फत वारिपारिसम्म आइपुग्ने यात्रुलाई आ-आफ्नो गन्तव्य पुग्न तरेर जान सघाउने विश्वास गरिएको छ । फड्के चाँडै सञ्चालनमा आउने गरी निर्माण कार्यमा लाग्ने लगाउने कार्य भइरहेको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो । 

मेचीमार्गको फिदिम-ताप्लेजुङ खण्डमा दुई सय बढी निजी तथा भाडाका गाडीबाट दुई हजारसम्म यात्रुले यात्रा गर्ने गरेका थिए । गाडी तर्न नसक्ने गरी हालैको बाढीले हेवाखोला पुल बगाएपछि यात्रुहरूलाई असुविधा पुगेको छ । 

फड्के पुल मोटरसाइकल तार्न सक्ने क्षमताको बनाउन लागि परिरहेको फिदिमका युवा कमल थपलियाले बताउनुभयो । यसबाट धेरै यात्रुलाई राहत पुग्ने उहाँको भनाइ छ ।