• ६ जेठ २०८१, आइतबार

सौन्दर्य (कविता)

blog

एक समय लाग्थ्यो–

फुल्नु र सेतो हुनु भनेकै सुन्दर हुनु हो ।

म घण्टौँ हेरिबस्थेँ...

गुराँस, लालुपाते र हिउँचुलीहरू;

त्यसपछि,

बिस्तारै बाको कालो कपाल सेतो भयो

बाले बडो मेहनतका साथ रोप्नुभएको

बाँस पनि फुल्यो


अहो !

सेतो हुनु र फुल्नु मात्रै सुन्दर हुनु होइन रहेछ ।

अहिले म बाको 

कालो कपाल र त्यो नफुलेको बाँस सम्झिरहेछु । 

Author

लक्ष्मण सङ्गम