• १२ मंसिर २०८१, बुधबार

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालकको निधन

blog

साङ्केतिक चित्र

वासुदेव शर्मा 

काठमाडौं, जेठ २६ गते । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १३ बस्ने दुई बालकको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर निधन भएको छ । 

निधन हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का  छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत छन् । 

नेकपा (माओवादी केन्द्र) भेरी नगरकमिटिका अध्यक्ष बस्नेतका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका र सोही क्रममा डुबेर निधन भएको हो । सो पोखरी खानेपानी तथा सिँचाइका लागि निर्माण गरिएको थियो ।