• ८ पुस २०८१, सोमबार

राष्ट्रिय सभा : अर्थमन्त्री महतले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै

blog

राष्ट्रिय सभाको आजैको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २६ गते । राष्ट्रिय सभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सम्पन्न भएको छ ।

बजेटमाथिको सामान्य छलफल सम्पन्न भएपछि राष्ट्रिय सभाको आजैको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै छ । राष्ट्रिय सभामा यही जेठ २४, २५ र २६ गते बजेटमाथि सामान्य छलफल भएको थियो ।

यही जेठ २४ गतेको बैठकमा अर्थमन्त्री डा. महतले ‘आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव गर्नुभएको थियो ।

सरकारले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको थियो ।