• २२ वैशाख २०८१, शनिबार

वीरगंज भिमनारायण गोल्डकपको फाइनलमा

blog

सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्दै वीरगंज र झापाका खेलाडी । तस्बिर : कबिराज घिमिरे

गोरखापत्र समाचारदाता 

हिले, जेठ १ गते । वीरगंजं युनाइटेड धनकुटामा जारी सहिद भिमनारायण गोल्डकप फुटबल प्रतियोगीताको फाइनल प्रबेश गरेको छ । धनकुटास्थित तल्लो टुंडिखेलमा सोमबार भएका खेलमा वीरगंज युनाइटेडले झापा फुटबल क्लबलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा वीरगंजको लागि अम्मर डंगोलले २५औं मिनेटमा गरेको गथोल निर्णाय बनेको थियो । गोल गर्न सफल डंगोल म्यान अफ दी म्याच हुनुभयो । 

उहाँले चार हजार रुपियाँ पुरस्कार पाउनुभयो । फाइनलमा वीरगंजले मंगलबार प्लानिङ ब्वाइजको सामना गर्नेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ ।