• ६ जेठ २०८१, आइतबार

झापाबाट दुई दर्जन बन्दकर्ता पक्राउ

blog

दमकमा सडक खुलाउन र सडकमा गुड्ने सवारी साधनको सुरक्षा दिँदै सुरक्षाकर्मी ।

विष्णुप्रसाद पोखरेल

दमक, फागुन २८ गते । प्रदेशको नामकरणको विषयमा असहमति प्रकट गर्दै झापामा बन्द तथा हडतालमा उत्रिएका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापामा सडक अवरोध गर्न खोज्ने दुई दर्जन आन्दोलनकारी पक्राउ परेका छन् ।

कोशी प्रदेश नामकरण भएकोप्रति असहमति प्रकट गर्दै आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न संघसंगठनले आइतबार कोशी प्रदेशमा हडताल भन्दै सडकमा आएपछि झापाका प्रमुख चोक बजारमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ। 

जिल्ला प्रहरी कार्यालयका झापाका अनुसार विभिन्न ठाउँमा सडक बन्द गराउँदै हिँडेका २२ जनालाई पक्राउ गरिएको हो । दमक, केर्खा, बिर्तामोड, काँकडभिट्टा लगायत क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सडकमा चलिरहेका सवारी साधनलाई अवरोध गर्ने र ढुङ्गा हान्ने गतिविधि भएपछि आन्दोलनमा उत्रिएकालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीले बल प्रयोग गरेर सडक अवरोध हटाएको हो ।