• २५ वैशाख २०८१, मङ्गलबार

डेनिलीले उद्घाटन खेल सञ्चालन गर्ने

blog

दोहा, मङ्सिर ४ गते । इटालीका रेफ्री डेनिली ओर्साटोले विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत हुने उद्घाटन खेल सञ्चालन गर्ने हुनुभएको छ। आयोजक कतार र इक्वेडरबीच पहिलो खेल हुँदैछ। फिफाले युरोपका सबैभन्दा अनुभवी रेफ्री भएकाले ओर्साटोलाई पहिलो खेल खेलाउने जिम्मेवारी दिइएको जानकारी दिएको छ। ओर्साटो दुई दिनअघि मात्र ४७ वर्ष लाग्नुभएको थियो। 

सन् २०१६ सम्म फिफाको नियममा अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने रेफ्रीको उमेर हद ४५ वर्ष तोकिएको थियो। ओर्साटो आधुनिक फुटबलमा सबैभन्दा प्रतिष्ठित रेफ्री हुनुहुन्छ। उहाँले पछल्ला विश्वकपका पाँचमध्ये दुई फाइनल खेलाउनुभएको छ। पछिल्लो विश्वकपमा उहाँ भिडियो रिभ्यु अफिसियल हुनुहुन्थ्यो। सन् २०२० च्याम्पियन्स लिगको फाइनल पनि ओर्साटोले नै खेलाउनुभएको थियो। गत वर्ष सम्पन्न युरो च्याम्पियनसिपमा पनि उहाँ तीन खेलमा संलग्न हुनुहुन्थ्या। युरो च्याम्पियनसिप उहाँकै देश इटालीले जितेको हो। एपी