• १९ असोज २०८१, शनिबार

नेयमारको गोलले हारबाट जोगियो पीएसजी

blog

गोल गरेपछि खुशी साट्दै पीएसजीका नेयमार । तस्बिर : एएफपी

काठमाडौं, भदौ १३ गते । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा हारबाट जोगिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजी मोनाकोसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

मोनाकोका लागि केभिन भोलाण्डले गोल गर्नुभयो । पीएसजीका नेयमारले बराबरी गोल फर्काउनुभयो । केभिनले २०औं मिनेटमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । त्यसपछि नेयमारले ७०औं मिनेटमा गोल गर्दै पीएसजीलाई हारबाट जोगाउनुभयो । बराबरीसँगै पीएसजीले चार खेलबाट १० अंक बनाएको छ ।

पीएसजी शीर्षस्थानमा यथावत छ । पाँच अंक बनाएको मोनाको १२औं स्थानमा छ । दोस्रो स्थानमा रहेको मार्सेलीको पनि १० अंक छ । आइतबार राति नै भएको खेलमा मार्सेलीले निसलाई ३–० गोलले हराएको थियो । एजेन्सी