• १४ वैशाख २०८१, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शंकास्पद एक व्यक्ति पक्राउ

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १८ गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा नेपाल वायुसेवा निगमको जहाजबाट भारतको मुम्बईका लागि उड्न लागेका सन्तोष लामिछानेलाई प्रहरीको विशेष ब्यूरोले बुधबार दिउँसो पक्राउ गरेको छ। 

पक्राउ परेका लामिछाने कैलालीका रहेको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभयो। उहाँका अनुसार लामिछाने मुम्बई घुम्न जाँदै हुनुहुन्थ्यो। राईले भन्नुभयो, “पक्राउ पर्नेमा सन्तोष लामिछाने एक जना हो, उहाँसँग उहाँकी श्रीमती पनि हुनुहुन्छ।” 

कैलाली प्रहरीको अनुरोधमा प्रहरीको विशेष ब्यूरोले लामिछानेलाई पक्राउ गरेको हो। प्रहरीलाई प्राप्त सूचनाका आधारमा विमानस्थलमा प्रहरीले नेपाल वायुसेवा निगमको न्यारोबडी आरए ३२० जहाजलाई एक घण्टा रोकेको थियो। 

लामिछाने ‘सुन चोरी’मा संलग्न व्यक्ति रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार लामिछाने आतंकवादमा संलग्न व्यक्ति नभएर कैलालीमा सुन चोरीको आरोप लागेका व्यक्ति हुन्।

लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको छ। लामिछानेलाई थप अनुसन्धानका लागि कैलाली पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता राईले बताउनुभयो। ढोका बन्द भएर उड्न लागेको समयमा प्रहरीको विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकेको थियो।  

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।