• १० मंसिर २०८१, सोमबार

मुख्यमन्त्री राई कोरोना सङ्क्रमित

blog

काठमाडौं, साउन १७ गते । प्रदेश नं १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड सङ्क्रमित हुनुभएको छ । सोमबार मुख्यमन्त्रीसहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित तीन जनामा कोभिड सङ्क्रमण देखिएको हो ।

पीसीआर परीक्षण गर्दा माननीय मुख्यमन्त्री पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोभिड पोजेटिभ देखिएको छ। माननीय मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य छ । कोभिड सङ्क्रमणका कारण माननीय मुख्यमन्त्रीको भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिनुभयो ।