• ३ साउन २०८१, बिहिबार

तथ्याङ्कलाई दुरुस्त राखे मुलुक ठीक बाटोमा हिँड्छ : सांसद विश्वकर्मा

blog

फाइल तस्बिर

काठमाडौं, साउन १० गते । नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले गलत तथ्याङ्कका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

मङ्गलबार सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको तथ्याङ्क विधेयकको छलफलमा सहभागी हुनुहुँदै सांसद विश्वकर्माले सो कुरा बताउनुभएको हो ।

उहाँले सबै क्षेत्रका तथ्याङ्कलाई दुरुस्त राखेमात्रै मुलुक ठीक बाटोमा हिँड्ने बताउनुभयो । राष्ट्रिय परिचय पत्रको पनि तथ्याङ्क हुने भएकोले राष्ट्रिय परिचय पत्रमा भएका जाती विशेष मिथ्यांकलाई सच्याउनुपर्ने सांसद विश्वकर्माको भनाइ छ ।

सामाजिक बनावटलाई पहिचानका लागि प्रस्तुत गर्ने सवालमा दलित समुदायका केही जाती वा थरमा आफ्नो बिमति रहेको उहाँले बताउनुभयो ।

सांसद विश्वकर्माले अहिलेको तथ्याङ्क विधेयकले देशको तथ्याङ्कका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।