शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ९ गते । गायक अर्जुन गहतराजको पराई मान्छे बोलको गीतको भिडियो रिलिज भएको छ ।सरिता सुनार र अर्जुनको स्वर रहेको पराई मान्छेले प्रेम र वियोगको कथालाई नजिकबाट केलाएको छ ।
गायक स्वयम्कै शब्द संगीत रहेको सार्वजनिक गीतको भिडियोमा आफूलाई भन्दा बढी माया गरेको मान्छे टाढिँदाको कथालाई भिडियोमा निर्देशक विशाल बरालले कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ।
भिडियोमा मोडल अर्जुन र आश्मा कँडेल खुल्नुभएको छ । नार्गाजुनमा छायांकन गरिएको भिडियोको कथा पनि गायक स्वयम्कै हो । पूर्ण संयोगको संगीत संयोजन रहेको सार्वजनिक गीतको छायांकन महेश महराले गर्नुभएको हो । सम्पादन मिन रावलले मिहिनेत गर्नुभएको छ । भिडियो अर्जुन गहतराज अफिसियलबाट बजारमा आएको हो ।