• ६ असोज २०८२, सोमबार

कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण

blog

नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार पदभार ग्रहण गर्नुहुँदै ।

काठमाडौँ, असोज ६ गते । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले नेपाल र कोरियाबिच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गर्नुभएको छ । 

मन्त्रालयका सचिवको नेतृत्वमा गठन हुने समितिले यसमा समन्वयको काम गर्ने जनाइएको छ । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री डा परियारले निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाउनुभयो । शासकीय सुधार र बेथिति रोक्ने काममा सरकार लागिपर्ने उहाँको भनाइ थियो । 

मन्त्री डा. परियारले वर्तमान सरकारलाई प्राप्त शासकीय सुधार, बेथितिको अन्त्य एवं निर्वाचन गराउन प्राप्त  ‘म्यान्डेट’ पूरा गर्न आफ्नो तर्फबाट सम्पूर्ण योगदान रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस