• ६ असोज २०८२, सोमबार

‘ईडीभी क्रेज’ डकुमेन्ट्री तयार

blog

काठमाडौँ, असोज ६ गते । नेपाल पुलिस स्कुलको धनगढीको स्पिक एण्ड एक्ट क्लवले अमेरिकन ड्रीम (ईडीभी क्रेज) सम्बन्धि डकुमेन्ट्री तयार गरेको छ । 

स्कुलका कक्षा ७ देखि १० सम्मका करिब २०  विद्यार्थी र शिक्षकले ईडीभी क्रेज’ सम्बन्धि डकुमेन्ट्री तयार गरेका हुन् । यो डकुमेन्ट्रीले विदेश जाने मोह, त्यसले ल्याउने अवसर र त्यसले समाजमा पर्ने नकारात्मक असरलाई समेटिएको डकुमेन्ट्रीका सदस्य तथा निर्देशक कमल राज भट्टले जानकारी दिनुभयो ।  

विद्यार्थीले अमेरिकन ड्रीमको उज्यालो र अँध्यारो पाटो प्रभावकारी ढंगल प्रस्तुत गरेको उहाँको भनाइ छ । निर्देशक भट्टका अनुसार डकुमेन्ट्रीले नेपालको वास्तविक स्थिती मात्र उजागर गर्दैन, युवालाई आफ्नै देशमा केही योगदान गर्न प्रेरित गर्ने भएकाले सबै नेपाली नागरिकलाई कम्तीमा एक पटक हेर्न आग्रह गर्नुभयो । 

उहाँ भन्नुहुन्छ,“विदेशमा अवसर खोज्दै जाने मात्र होइन, आफ्नै देशमै परिश्रम गरेर सफलता पाउन सकिन्छ ।यसले युवालाई राष्ट्र मै अवसर सिर्जना गर्न र देशप्रति जिम्मेबार बन्न प्रोत्साहित गरेको छ ।”