काठमाडौँ, असोज ६ गते । श्रीलङ्कामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
समूह ‘बी’को अन्तिम खेलमा सामेबार भारतले पाकिस्तानलाई ३–२ गोलले हरायो । भारतले जितसाँगै सेमिफाइनलमा नेपालको भेट तय भएको हो ।
भारतलाई जिताउन डल्लामलुओन गाङ्टे, गुनलेइबा वाङखेरकपाम र रहन अहमदले गोल गर्नुभयो । पाकिस्तानका महोम्मद अब्दुल्हा र हम्जा यासिरले गोल गर्नुभयो ।
नेपालले समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । भारत समूह ‘बी’को विजेता बन्यो ।