यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया),भदौ ६ गते । बबई नदिमा पौडी खेल्ने क्रममा दुई बालिका डुबेर बेपत्ता भएका छन् ।
गुलरिया नगरपालिका वडा नं २ सँगमबस्ती स्थित बबई नदिमा पौडी खेल्ने क्रममा सोही ठाउँका १२ बर्षिया निशानी थापा र दुर्गा शाही डुबेर बेपत्ता भएका हुन् ।
घरबाट उनीहरू पौडी खेल्नका लागि नदिमा गएका थिए । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । हाल उनीहरूको खोजी भइरहेको छ ।
खोजी कार्यमा स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र मल्लले बताउनुभयो ।
उहाँले दिउँसो दुई बजे ति बेपत्ता भएका उनीहरूको खोजी कार्य जारी राखेपनि हालसम्म फेला पार्न नसकिएको बताउनुभयो ।