• १३ वैशाख २०८१, बिहिबार

गौरिका र प्रिन्सलाई एनओसी अवार्ड

blog

ओलम्पिक दिवसको अवसरमा विभिन्न अवार्डबाट सम्मानितहरु । तस्बिर सौजन्य : राजेन्द्र चित्रकार

काठमाडौं, असार ९ गते । पौडीबाज गौरिका सिंह र ब्याडमिन्टन स्टार प्रिन्स दाहालले एनओसी अवार्ड जित्नुभएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२२ का अवसरमा बिहीबार महिलातर्फ गौरिका र पुरुषमा प्रिन्सलाई एनओसी अवार्ड प्रदान गरेको हो ।

प्रिन्सले उत्कृष्ट पुरुष खेलाडी अवार्ड पनि प्राप्त गर्नुभएको छ । एनओसीले  उत्कृष्ट प्रशिक्षक अवार्ड पुरुषतर्फ गल्फमा दीपक थापामगर र महिलातर्फ संगीना बैद्यलाई प्रदान गरेको छ ।  उत्कृष्ट संघको अवार्ड भने नेपाल तेक्वान्दो संघले प्राप्त गरेको छ ।

यसैगरी एनओसीले चार जना खेल पत्रकारलाई विधागत रुपमा अवार्ड प्रदान गरेको छ । अवार्ड प्राप्त गर्ने पत्रकारहरुमा प्रिन्टबाट राजु घिसिङ, मल्टिमिडियाबाट निरन्जन राजवंशी, टेलिभिजनबाट सबिना कार्की र फोटोबाट राजेन्द्र चित्रकार हुनुहुन्छ । खेलाडी, प्रशिक्षक र पत्रकारलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतरराज लगायतले अवार्ड प्रदान गर्नुभयो ।

कार्यक्रममा खेलकुदको विकास र विस्तारमा सहयोग गर्ने विभिन्न ब्यक्ति र संस्थालाई एनओसी सम्मान प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसकै अवसरमा बिहीबार स्पोर्ट्स फर अल कमिसनले लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरी मनाएको थियो ।