• ६ वैशाख २०८२, शनिबार

रङ्गमञ्चमा उत्साह, चित्रकलामा भविष्य

blog

चित्रकलाको भविष्य राम्रो छ भन्ने धेरै छन् । पहिला चित्रकलामा सन्दर्भ सामग्री जुटाउन गाह्रो हुन्थ्यो भने अहिले प्राविधिक विषयले धेरै सहज बनाएको छ । चित्रकलामार्फत नै समाजको वास्तविकतालाई प्रतिविम्बित गराउन सकिन्छ भन्ने विश्वासका साथ क्यानभासमा रङ पोत्न युवा जमात तनमन दिएर लागेको छ ।

अघिल्लो वर्ष झैँ नेपाली नाटकघरहरूमा यस वर्ष पनि निकै उत्साह छायो । नयाँ पुस्ताको रङ्गमञ्चप्रतिको आकर्षण २०८१ सालमा झनै बढेको देखियो । रङ्गकर्मीहरू नाटक मञ्चनमा सधैँ झैँ सव्रिmय नै देखिए । फरक परिवेशमा फरक शैलीका नाटक मञ्चन भए । नाटकका कथामा अनेकन खालका विविधता देखियो । 

२०८१ सालमा मञ्चन भएका नाटकमध्ये ‘हरि हजुरबा’ अत्यधिक रुचाइएको नाटक बन्यो । त्यस्तै यस वर्ष मञ्चन भएको ‘लेम्लेम्मा’, ‘ढुकढुकी ७२ मेगाहर्ज’, ‘मुक्कुमलुङ’, ‘काँचो धागो’, ‘सोरठी’, ‘महासत्व’ जस्ता नाटकमा दर्शकको भरिभराउ उपस्थितिले रङ्गमञ्चलाई अझ माथि उठाउन मद्दत ग¥यो । मण्डला, सर्वनाम, शिल्पी र कौसीमा नियमित जस्तो नाटक मञ्चन भए । द्वन्द्वकालको पृष्ठभूमिमा आधारित यस नाटकले एक हजुरबाको प्रतीक्षाको कथामार्फत दर्शकको मन छुने काम ग¥यो । 

२०८१ सालमा नेपाली रङ्गमञ्चका लागि एक सकारात्मक वर्ष साबित भएको छ । विभिन्न नाट्य समूहको सहकार्यमा काठमाडौँ मात्र होइन, बाहिरका सहरमा पनि थुप्रै नाट्य गतिविधि सम्पन्न भए । २०८१ सालमा पनि युवापुस्तामा रङ्गमञ्चप्रतिको आकर्षण धेरै नै देखियो । कलाकार तथा नाटक निर्देशक अशान्त शर्मा कथावस्तु, प्रस्तुति तथा अभिनयका हिसाबले केही राम्रा नाटक मञ्चन भएको स्विकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “२०८१ साल नाटकका लागि मात्र नभई कलाका सबै विधामा दर्शकको राम्रो उपस्थिति रह्यो ।” उहाँका अनुसार २०८१ मा चलचित्रतर्फ ‘पूर्णबहादुरको सारङ्गी’ ले महाकुम्भ नै ल्यायो । जसले कला क्षेत्र चलायमान भएको बुझ्न सकिन्छ ।

यस वर्ष नाटक महोत्सव पनि राम्रो स्थान पाए । वर्षको सुरुवातदेखि नै विभिन्न सहरमा नाटक महोत्सव आयोजना भएका थिए । चाहे त्यो पोखरामा आयोजित ‘पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव’ होस् या काठमाडौँमा सम्पन्न ‘छुनुमुनु नेपाल–भारत बालनाटक महोत्सव’ । यस्तै राष्ट्रिय नाचघरमा आयोजना गरिएको ‘राष्ट्रिय नाटक महोत्सव’ ले मुलुकभरका नाटककार, निर्देशक र कलाकारलाई एउटै छानामुनि ल्याउन मद्दत पनि ग¥यो । 

यसै वर्ष ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०२५’ काठमाडौँसँगै तीन वटा सहर बेलबारी, पोखरा र चितवनमा पनि सम्पन्न भयो । सर्वनामको आयोजना गरेको ‘पिपुल्स थिएटर फेस्टिभल’ इटहरी र धनकुटामा पनि भयो । २०८१ सालमा नै सङ्गीत नाट्य एकेडेमीले ‘नेपाल–भारत रङ्ग महोत्सव’ को आयोजना गरेको थियो । यस्ता खालका महोत्सवले नेपाली नाटकलाई विश्वमञ्चमा स्थापित गराउन ठुलो सहयोग गरेको छ । 

अन्तर्राष्ट्रिय महोत्सवले नेपाली रङ्गमञ्चलाई विश्वमञ्चमा चिनाउन अवश्य नै महìवपूर्ण भूमिका खेल्छ । रङ्गकर्मी सोमनाथ खनालका अनुसार नाटक हुनु मात्रै रङ्गमञ्च चलायमान हुनु होइन । नाटक सँगसँगै नाटकलाई विकास गर्ने अन्य गतिविधि भइरह्यो भने रङ्गमञ्च चलायमान भएको हो कि जस्तो महसुस हुन्छ । २०८१ सालमा विभिन्न खालका महोत्सव आयोजना भए जसले नेपाली रङ्गमञ्चको वातावरण अझ राम्रो बनाउँदै गएको खनालको बुझाइ छ । यहाँ राम्रो कमाइ नगरेको चलचित्रलाई पनि राम्रो ग¥यो भनेर गफ दिने चलन छ तर रङ्गमञ्चमा भने यस्तो नभएको उहाँको भनाइ छ । कलाकारको पारिश्रमिक र यता उता तिरोतारोले नै नाटकबाट कमाएको आम्दानी सकिन्छ । 

रङ्गकर्मी आकाङ्क्षा कार्की भन्नुहुन्छ, २०८१ सालमा एकदमै धेरै नाटक मञ्चन भए । यस वर्ष डिसेबल कलाकारसँग काम गर्ने मौका पायौँ । धेरै नाटक मञ्चन भएकाले कति आए कति गए भन्ने लेखाजोखा राख्न नसकेको उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “आशान्त शर्मा निर्देशित नाटक ‘काँचो धागो’ व्यापारिक हिसाबले कौसी थिएटरका लागि ठुलै बल्कबस्टर साबित भयो ।” 

समग्रमा २०८१ साललाई रङ्गमञ्चका लागि उत्साहजनक वर्षकै रूपमा लिन सकिन्छ । यस वर्ष थिएटरपिच्छे नयाँ नयाँ नाटक मञ्चन भएर काठमाडौँ उपत्यका रङ्गमञ्चमय बन्यो । रङ्गमञ्चमा प्रायः विदेशी नाटकलाई नेपालीमा अनुवाद गरेर देखाइन्थ्यो । अहिले नेपाली नाटकको व्रmेज र माग धेरै बढेको हुनाले नेपाली नाटकलाई दर्शकले रुचाउन थालेका छन् । आफ्नै गाउँघर, विभिन्न समुदायका संस्कृति कथामा नाटक मञ्चन हुन थालेका छन् जुन एक राम्रो परिवर्तनको संज्ञा पनि हो । यद्यपि यस वर्ष फरक जनरामा बनेका भूगोल र संस्कृतिमा आधारित नाटक दर्शकको रोजाइमा परे पनि व्यावसायिक हिसाबले भने थौरै नाटकले मात्रै दर्शकको साथ पाए ।

२०८१ मा चित्रकला

नेपाली कला क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो । रङ्गमञ्च मात्र नभएर विभिन्न चित्रकारको कलाले २०८१ लाई कलरफुल बनाउन मद्दत ग¥यो । २०८१ सालमा अघिल्लो वर्षको तुलनामा चित्रकलालाई झन् माथि उठाउने काम भए । कुनै पनि कार्यशालामा होस् या ग्यालरीमा चित्र किन्न र हेर्न आउनेको जमात बढेको नै देखियो । ललितकला क्षेत्रका लागि २०८१ साल उत्साहजनक नै देखिएको छ । कलाकारको उपस्थिति, कलाभित्र हुने गतिविधि, प्रदर्शनी, कार्यशाला प्रशिक्षण गोष्ठी, अनुसन्धान २०८१ सालमा धेरै भए जो कला क्षेत्रका लागि उपलब्धिमूलक साबित भएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीका अनुसार ललितकलाले चित्रकला बिव्रmीका लागि भन्दा पनि यसको प्रवर्धन, संरक्षण, अनुसन्धानको निम्ति अगाडि बढ्न प्रतिष्ठानले पहल गर्ने हो । व्यक्तिले या ग्यालरीले गरेको कामका डाटा ललितकलामा नहुने उहाँको भनाइ थियो । २०८१ साल पनि अघिल्ला वर्षझैँ उत्साहजनक साबित भएको थुम्केलीले बताउनुभयो । उहाँका अनुसार पहिला प्रतिष्ठानसँग चारदेखि पाँच सय कलाकार जोडिएका हुन्थे भने अहिले त्यो दोब्बर कलाकारसँग प्रत्यक्ष गतिविधिमूलक काम गरेका छौँ । भित्तेचित्र बनाउने कार्य २०८१ सालमा व्यापक ढङ्गले अगाडि बढेको उहाँले बताउनुभयो । २०८१ सालले चित्रकलालाई बजार पनि दिएको छ, सचेतना भर्ने काम पनि गरेको छ र कलाको महìव पनि बढाउने काम गरेको छ । 

२०८१ सालमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ पनि भयो जसले ललितकलाकर्मीलाई प्रोत्साहन र प्रवर्धन गर्न विशेष सहयोग गर्ने काम ग¥यो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलाको संरक्षण, संवर्धन र प्रवर्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेर एउटै छानामुनि विविध कलाको अवलोकन गर्ने अवसर दिएको थियो ।

नेपाल आर्ट काउन्सिलका महासचिव विकासरत्न धाक्वा गुणस्तरको हिसाबले चित्रकला क्षेत्र एकदमै चलयामान तरिकाले अगाडि बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कला क्षेत्रको भविष्य उज्ज्वल छ । २०८१ सालमा राम्राराम्रा कलाकारले आफ्नो सिप देखाउनुभएको छ । चित्रकलाको बजार एकदमै राम्रो छ तर यो क्षेत्रमा सरकारको लगानी अझ पुगेको छैन । कला र संस्कृतिमा सरकारले जति लगानी गर्नुपर्ने हो त्यो एकदमै कम छ ।” 

२०८१ सालमा पनि चित्रकला प्रदर्शन हुने व्रmम बढ्यो तर यसको बजार कस्तो छ भन्ने अझै पनि प्रस्ट छैन । महँगो मूल्य र चित्रकलालाई नबुझ्नाले पनि यसको मौलिकता हराउँदै जाने हो कि भन्नेमा धेरैको चिन्ता छ । चित्रकलासहितको कलामा देखिएको आकर्षण तथा प्रदर्शनीमा आएको व्यापकताले अबको वर्ष उत्साहजनक हुने अपेक्षा गरिएको छ । 

पछिल्लो समय रङ्गमार्फत समाजलाई जस्ताको तस्तै उतार्ने माध्यम बनेको छ, चित्रकला । चित्रकारले हाम्रो मनमस्तिष्कले सोच्न नसकेका विषयलाई सुन्दर आकारले चित्रमा दिने गर्छन् । यतिबेला चित्रकलाको विस्तार भइरहेको छ । विभिन्न क्याफेमा कला प्रदर्शनी हुन्छ । यसबाहेक अपार्टमेन्ट र हाउजिङहरूमा पनि कला सजिन थालेका छन् । यसले कलाको महìव झन् बढेर गएको आभास हुन्छ । कलाको मौलिकता पनि बढेर गएको छ । अहिले भइरहेका विभिन्न प्रदर्शनीले कलाकारलाई माथि उठाउने काम गरिरहेको छ । कला प्रदर्शनी बढ्दो मात्र छैन बिक्दो पनि छ । कतिपय कलाकार आफ्नै ग्यालरीबाट चित्र बेच्दै आएका छन् । जसले यस वर्ष कला गतिविधिमा राम्रो उत्साह जगाउने काम गरेको छ । 

नेपालमा अहिले चित्रकलाले व्यावसायिक गति लिएको छ । यस वर्ष कला क्षेत्रमा नयाँ पुस्ताको आगमन बढ्दो छ । अहिले तीन वटा विश्वविद्यालयका चार ठाउँमा स्नातक तह चित्रकला पढाइन्छ । चित्रकलाको भविष्य राम्रो छ भन्ने धेरै छन् । पहिला चित्रकलामा सन्दर्भ सामग्री जुटाउन गाह्रो हुन्थ्यो भने अहिले प्राविधिक विषयले धेरै सहज बनाएको छ । चित्रकलामार्फत नै समाजको वास्तविकतालाई प्रतिविम्बित गराउन सकिन्छ भन्ने विश्वासका साथ क्यानभासमा रङ पोत्न युवा जमात तनमन दिएर लागेको छ । अहिले प्रायः आर्ट ग्यालरी खाली हुँदैनन् । त्यहाँ चित्रकलासम्बन्धी केही न केही गतिविधि भइरहेका हुन्छन् । जसका कारण सुन्दर चित्र बिव्रmी गर्न केही समस्या पर्दैन । त्यसैले पनि २०८१ सालमा राम्रो चित्रले धेरै राम्रो बजार पाएको थियो । यही गतिमा अघि बढे कलाको भविष्य उज्ज्वल छ तर सरकारको कला क्षेत्रप्रतिको दृष्टिकोणमा परिवर्तन आउन आवश्यक छ ।