• १३ असोज २०८१, आइतबार

थप पाँच जनामा सङ्क्रमण पुष्टि

blog

काठमाडौं, जेठ १४ गते । पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, ८५० जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ ।२४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित ११४ छन् ।

त्यस्तै, पछिल्लो २४ जनामा एक लाख चार हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।