• १३ साउन २०८१, आइतबार

ललितपुर महालक्ष्मीको वडा नं १ मा एमाले र ९ मा कांग्रेस विजयी

blog

काठमाडौं, जेठ ३ गते। ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं. १ र वडा नं. ९ को मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा १ मा नेकपा (एमाले) का छिरिङ लामा विजयी हुनुभएको छ। लामाले ७८९ मत प्राप्त गर्नुभएको हो। 

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुसुदन केसीले ४६२ मत ल्याउनुभएको हो। नेकपा (माओवादी केन्द्र) का अभिषेक खत्रीले ४३९ मत प्राप्त गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका देशबहादुर राईले ११५ र नेकपा (एकीकृत समाजवादी) का प्रकाश दाहालले १०७ मत प्राप्त गर्नुभएको हो। सो वडाको एमालेबाट महिला सदस्यमा लक्ष्मी दाहाल ७४४ मतसहित, दलित महिला सदस्यमा शान्ती विसुन्के (मिजार) ७५८ मतसहित निर्वाचित हुनुभएको छ। 

यसैगरी, सदस्यद्वयमा ७१९ मतसहित एमालेका ज्ञानु खड्का र ७१४ मतसहित दाता राम कार्की विजयी हुनुभयो। महालक्ष्मी नगरपालिका वडा नं. ९ मा नेपाली कांग्रेसका जय कृष्ण बोगटी १६ सय २० मतसहित विजयी हुनुभयो। उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका देवेन्द्रप्रसाद पौडेलले ९९७ मत प्राप्त गर्नुभयो। राप्रपाका रामनाथ पाठकले ४९७, नेकपा (एकीकृत समाजवादी) का नवीन तण्डुकारले २७४ र स्वतन्त्र उम्मेदवारद्वय निरोज राना मगरले २६ र गणेश चौलागाईले २३ मत प्राप्त गर्नुभयो।

 सो वडाको महिला सदस्यमा ७४४ मतसहित एमालेकी लक्ष्मी दाहाल, दलित महिला सदस्यमा ११ सय ३३ मतसहित कांग्रेसकी वेली सुरखेती निर्वाचित हुनुभयो। सदस्यद्वयमा एक हजार ६६ मतसहित कांग्रेसका शशीधर पोखरेल र एक हजार ६५ मतसहित एमालेका रामकेशर थापा विजयी हुनुभयो।