• १३ साउन २०८१, आइतबार

मेलुङको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

blog

बाबुराम शर्मा
चरिकोट, जेठ ३ गते ।
नेकपा (एमाले) ले मेलुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै  पदमा विजय हासिल गरेको छ ।

अध्यक्षका उम्मेदवार हीरा थोकर पाँच हजार १५४ र उपाध्यक्ष गायत्री आचार्य चार हजार ७४९ मतका साथ विजयी हुनुभएको हो ।

अध्यक्ष थोकरका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रवीन्द्र कार्कीले तीन हजार ९९० मत ल्याउनु भएको थियो भने  उपाध्यक्षमा नेपाली काँग्रेसका भक्तबहादुर तमाङले एक हजार ४४७ मत ल्याउनु भएको थियो ।

नौ स्थानीय तहमा रहेका ७४ वटा वडामा सबभन्दा बढी १६ वडा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसले १५ र नेकपा एमालले ११ वडामा वडा अध्यक्ष निर्वाचित भइसकेका छन् । बाँकी ३२ वडाको मत गणना जारिरहेको छ ।