• ८ वैशाख २०८१, शनिबार

हाेमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयाे

blog

काठमाडौं, जेठ ३ गते । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ मङ्गलबार विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । मितिनी नेपालकाे आयाेजनामा 'हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार' भन्ने नाराका साथ आज यो दिवस मनाइएको हो । 

कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन प्रमुख अतिथीको रुपमा रहनुभएको हो भने महिला आयोग, समावेशी आयोग, सूचना आयोगका आयुक्तको साथै कलाकारको पनि बाक्लो उपस्थिति रहको थियो । 

संस्थाकी कार्यकारी अध्यक्ष सरिता केसीले महिला र पुरुषको जस्तै लैङ्गिक, अल्पसङ्खयक समुदायको पनि अधिकार हुने भएकाले यो दिनलाई विशेष दिनका रुपमा मनाउने गरेकाे बताउनुभयो ।

यस्तै, कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुसँग जोडिएको 'हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार' नामक पुस्तक पनि सार्वजनिक गरिएको हो । 

नीति निर्माता, सरोकारवाला, संघसस्थाको ध्यानआकर्षण गराउन आजको दिनले प्रमुख भूमिका खेलेको उपराष्ट्रपति पुनको भनाइ छ । जाे जस्ताे छ, त्यस्तै रुपमा स्विकार गर्नुपर्ने र लैङ्गिक, अल्पसङ्खयक समुदायको भावनाकाे कदर गर्नुपर्नेसमेत पुनले बताउनुभयाे । 

होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस हरेक वर्षको मे १७ मा विश्वव्यापी रुपमा यौनिक तथा लैङ्गिक विविधता भएको समुदायले मनाउने गर्दछन् ।

सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैङ्गिकलाई मानसिक रोगको सूचीबाट हटाई समलैङ्गिकता हुन प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै विश्वव्यापी रुपमा हाेमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ ।