• ९ वैशाख २०८२, मङ्गलबार

सल्यानमा बसमा करेन्ट लागेर २ जनाको मृत्यु

blog

प्रतीक शर्मा

सल्यान, जेठ २ गते । बसमा करेन्ट लागेर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यान कुमाख गाउँपालिका १ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी हुन् ।

रुकुम पश्चिमस्थित चौरजहारी मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । 

उक्त घटनामा अन्य १५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा अधिकांश १३ देखि १७ वर्ष उमेर समूहका बालबालिका रहेको प्रहरीले जनाएको छ ।