• ४ जेठ २०८१, शुक्रबार

एसियाडका लागि ब्याडमिन्टनमा १४ खेलाडी छनोट

blog

ब्याडमिन्टन छनोट खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख १७ गते । चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि पुरुष र महितातर्फ सात-सात जना खेलाडी छनोट भएका छन् ।

नेपाल ब्याडमिन्टन संघले ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषतर्फ प्रथम स्थानमा बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाल रहनुभएको छ । दोस्रो स्थानमा नवीन श्रेष्ठ, प्रफुल महर्जन, चौथोमा दीपेश धामी, पाँचौंमा बिष्णु कटुवाल, छैटौंमा साजन कृष्ण ताम्राकार र सातौंमा सुदीप सेढाई हुनुहुन्छ ।

महिलामा राष्ट्रिय च्याम्पियन रशिला महर्जन पहिलो, नङ्गशल तामाङ दोस्रो जेशिका गुरुङ तेस्रो, अनुमाया राई चौथो, नीता लम्साल पाँचौं, सुनयना मुखिया छैटौँ र शोभा गौचन सातौँ स्थानमा रहनुभएको छ ।