• ४ जेठ २०८१, शुक्रबार

नेपाल र जिम्बावेबीच पहिला टी-२० हुने

blog

काठमाडौँ, वैशाख १७ गते । नेपाल र पाहुना टोली जिम्बावे एु बीचको  टी-२० र एकदिवसीय सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावेसँग पहिला  टी-२० सिरिज खेल्नेछ ।

बर्षाका कारण शनिबार पहिलो एकदिवसीय स्थगित भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले खेल तालिका परिवर्तनत गरेर पहिलो  टी-२० सिरिज खेलाउन लागेको हो । तालिका अनुसार अब नेपाललले अब वैशाख १८, १९ र २१ गते  टी-२० सिरिज तथा २३, २४ र २६ गते एकदिवसीय सिरिज खेल्नेछ । क्यानले टी-२० सिरिजको लागि शनिबार नै नेपाली टोलीको घोषणा गरेको छ । एकदिवसीयको लागि यसअघिनै खेलाडी टोलीको घोषणा भइसकेको छ । 

नेपाली टी-२० टोली :

सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदील अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, शाहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमेद, लोकेश बम र भिम सार्की ।