शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, वैशाख १२ गते । बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका ३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं शुक्रबार महानगरपालिका १० अनामनगरबाट पक्राउ गरेको सोमबार विज्ञप्तिमार्फत जानकारी गराएको छ । आरोपितले आठ जनालाई प्रलोभनमा पारी सात करोड १३ लाख रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको जनाएको छ ।
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                