• २८ वैशाख २०८१, शुक्रबार

प्रहरी महानिरीक्षक थापासहित १९ प्रहरी अधिकारीले अवकाश लिँदै

blog

काठमाडौं, वैशाख १८ गते । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारी आइतबारदेखि अवकाश पाउँदै हुनुहुन्छ । विक्रम संवत् २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्पेक्टर) मा भर्ना भएको ९८ औं ब्याचले ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउने भएको हो ।

तीस र्षे सेवा अवधिका कारण बिदा लिनेमा प्रहरी महानिरीक्षक क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरू हरिबहादुर पाल प्रधुम्न कार्की, निरजबहादुर शाही र बसन्तकुमार पन्त हुनुहुन्छ । त्यस्तै, सोही ब्याचका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरू समेत आजैदेअखि अवकाशमा जाँदै हुनुहुन्छ । सेवामा अवधिका कारण अनिवार्य अवकाशमा जाने डिआईजीहरूमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, गणेशबहादुर ऐर, रामकृपाल साह, प्रकाश अधिकारी, नवराज भट्ट, उमेश रञ्जितकार, देवबहादुर बोहोरा, पुरूषोत्तम कणेल, राजेन्द्र चौधरी  हुनुहुन्छ ।

डिआईजी राजेशलाल कर्ण उमेर हदका कारण गत हप्तामात्र अवकाशमा जानु भएको थियो। त्यस्तै, सोही ब्याचका तीनजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरू प्रदिप श्रेष्ठ , वीरेन्द्र वस्याल नवराज भट्टसमेत आजैदेखि तीसवर्षे सेवा अवधि हदम्यादका कारण  अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । 

प्रहरी महानिरीक्षक सहित ठूलो सङ्ख्यामा उच्च प्रहरी अधिकारी आजै राति १२ बजेदेखि रिक्त हुने भएपछि आईजीपीलगायत एआईजी नियुक्तिका लागि आज आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ ।

मन्त्रिपरिषद् बैठकले २९ औं प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ । प्रहरी अतिरिक्त महानिरीक्षकहरू विश्वराज पोखरेल, धीरजप्रताप सिंह, शहकुल थापा, रविन्द्रकुमार धानुक भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा हुनुहुन्छ ।