• १२ साउन २०८१, शनिबार

‘महँगो भो तिम्रो माया’ सार्वजनिक

blog

रुकुमपश्चिम, जेठ ८ गते । रुकुमपश्चिमका गजलकार जिएम दिपु देपेन्द्रको गजल ‘महँगो भो तिम्रो माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गायक प्रमोद खरेलको स्वर, राजकुमार बगरको सङ्गीत र कमल सौगातको सङ्गीत संयोजन रहेको सो गीत युट्युबबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा कृष्णदेव रूपाखेतीको निर्देशन, राहुल बराइलीको कोरियोग्राफी, अनुपजङ्ग थापा, सोनी बिसी र आराध्य आरएल डिसीको अभिनय रहेको छ । मुकेश हुमागाईंको छायाङ्कन रहेको भिडियोलाई मीन रावलले सम्पादन गर्नुभएको छ ।