सुस्ता पुल नागरिकको जोखिमपूर्ण यात्राको समाधान : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा वर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुङ्गाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट अब समाधान भएको बताउनुभएको छ ।
उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गामा फिर्ता गर्न पहल गर्छु : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताउनुभएको छ ।
दसैँका लागि बाँकेमा खसी बोकाको मूल्य निर्धारण
दसैँलाई लक्षित गरेर बाँकेमा खसी बोकाको मूल्य निर्धारण गरिएको छ।
आइएमएफद्वारा पाकिस्तानका लागि सात अर्ब ऋण स्वीकृत
अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
रेलघाटा कम गर्न वासिङ्ग सेन्टर निमार्ण गरिन्छ : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल रेल्वेको घाटा कम गर्न सरकारले रेल्वेको आफ्नै वासिङ्ग सेन्टर निमार्ण गर्न लागेको बताउनुभएको छ ।
स्थानीय तह उपनिर्वाचन : मङ्सिर २ गते उम्मेदवारी दर्ता
स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ ।
फरार तीनजनालाई दुबईबाट पक्राउ गरी काठमाडाैँ ल्याइयाे
ठगीसम्बन्धी कसुर मुद्दा र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादी दुबईबाट पक्राउ परेका छन् ।
जग्गा भोकाधिकारको समस्याले घोडाघोडी नगरअस्पताल निर्माण कार्यमा ढिलाइ
तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७७ सालमा शिलान्यास गरिएको घोडाघोडी नगरअस्पताल जग्गा भोकाधिकारका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।
पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग सुचारु
वर्षाका कारण पहिरो खस्दा अवरुद्ध भएको भीमदत्त राजमार्ग सुचारु भएको छ । बुधबार रातिदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्न एक मात्रै राजमार्ग बिहीबार बिहान करिब १०ः३० बजेदेखि सुचारु भएको हो ।
क्यान्सर रोगको उपचार अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा क्यान्सर रोगको उपचार अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।
सुनको मूल्यमा कीर्तिमान
अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।
सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह
मनसुन पुनः सक्रिय भएपछि प्रदेशवासीलाई सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ ।
सञ्चालन नहुँदै जीर्ण बन्यो विश्वविद्यालयको रेडियो
मध्यपश्चिम विश्वविद्यालयले आमसञ्चार अध्ययन गर्ने विद्यार्थीलाई केन्द्रमा राखेर अघि सारेको रेडियो (एफएम) स्थापनाको योजनाले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन ।
अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ ।
अर्थतन्त्र सुधार्न कार्यमूलक वित्त
बैङ्कमा नगद जम्मा भई निक्षेपको चाप छ । लगानीका लागि ऋण लिने मागको ह्रास हुँदै गएको छ ।
गोली प्रहार गरी श्रीमतीको हत्या, बुवा घाइते
सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
न्याय परिषदविरुद्ध बार आन्दोलित
न्याय परिषद् नियमावली संशोधन विवाद निरूपण नगरी न्यायाधीश नियुक्ति गर्न थालिएको भन्दै नेपाल बार एसोसिएसनले न्याय परिषदविरुद्ध आन्दोलन घोषणा गरेको छ ।
निर्यातभन्दा बढीको इन्धन आयात
चालु आर्थिक वर्षको दुई महिनामा निर्यातभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।
विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताउनुएको छ । उहाँले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताउनुभयो ।
बिहीबारदेखि देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ।
अलराउन्डर वरियतामा सन्दीपको छलाङ
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गर्नुभएको छ ।
चट्याङ लागेर दुई जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान चट्याङ लागेर लालझाडी गाउँपालिकाका–१ नौरङ्गाकी २८ वर्षीया हीरामति राना र दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यमबहादुर सुनारको ज्यान गएको हो।
घुस लिने र दिने दुवै अख्तियारको नियन्त्रणमा
झापा बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
सुन तोलामा एक लाख ६० हजार नाघ्यो
सुनको मूल्यमा बुधबार नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।