• ८ पुस २०८१, सोमबार

जाजरकोटमा १० हजार बढी मत खस्यो

blog

मतदानमा सहभागी मतदाता। तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, मङ्सिर १६ गते। जाजरकोटमा अहिले दिउँसो ३ बजे सम्ममा १० हजार बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको  कार्यालयका अनुसार दिउँसोसम्म नलगाड नगरपालिकामा ९ हजार ७ सय ४ र कुशे ७ को वडा अध्यक्षका लागि ९ सय  ४८ मत गरेर जम्मा १० हजार ६ सय ५२ खसेको जानकारी गराएको छ। यो कुल मतदाता  सङ्ख्याको  ६० प्रतिशत हो।

उपनिर्वाचन अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका र कुशे ७ मा शान्ति पूर्ण रूपमा मतदान भइरहेको छ।नलगाड नगरपालिकामा उपप्रमुख र कुशे ७ मा वडा अध्यक्षको लागि आज मतदान भइरहेको हो।जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातीले  कुशे गाउँपालिकाको दुई वटा र नलगाड नगरपालिकाको २४ वटा मतदान केन्द्रमा मतदान कार्य जारी रहेको जानकारी दिनुभयो।

आजको मतदानका लागि कुशे ७ को वडा अध्यक्षका लागि एक हजार तीन सय दुई र नलगाड नगरपालिकामा १६ हजार चार सय ४९ गरेर कुल १७ हजार ७ सय ५१ मतदाता रहेका छन्।