• ८ पुस २०८१, सोमबार

जिसस प्रमुखद्वारा कार्यभार ग्रहण

blog

जिसस प्रमुखको कार्यभार सम्हाल्नुहुँदै टीका चौधरी भुल । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर १६ गते । जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुलले आज पदभार ग्रहण गर्नुभएको छ । कैलाली जिल्ला अदालतमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि उहाँले कार्यभार सम्हाल्नुभएको हो ।

यसअघि, जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।  भुल नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको छ । तत्कालीन जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।