काठमाडौँ, मङ्सिर १६ गते । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्ने छन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ ।
उपप्रधानमन्त्री प्रकाशमान सिंहले युवक मावि पकनालमा मतदान गर्नुभएको छ । तस्बिर: कविन अधिकारी
बाजुराको स्वामिकिार्तिक ३ को जुकोटमा मतदान गर्दै मतदाताहरू । तस्बिर ः लोकेश बम
कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ स्थित मतदान केन्द्रहरूमा मतदान गर्दै मतदाताहरू । तस्बिर: गजेन्द्र गुरुङ
दार्चुलाको दुहुँ गाउँपालिका ५ स्थित दुर्गा आधारभूत विद्यालय धारी मतदान केन्द्रमा वडाध्यक्ष पदको लागि आइतबार भएको उपनिर्वाचनमा मतदान गर्दै मतदाता । तस्बिर: रासस
दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचनका लागि मतदान हुँदै । तस्बिर: सुजन काफ्ले