• ८ पुस २०८१, सोमबार

कपिलवस्तुको शुद्धोधन १ मा ६९ प्रतिशतभन्दा बढी मतदान

blog

कपिलवस्तुको शुद्धोधन १ मा मातदान गर्दै। तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु) मंसिर १६ गते। कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा शान्ति पूर्ण वातावरणमा उपनिर्वाचन सम्पन्न भएको छ। जिल्ला निर्वाचन अधिकारी अमरबहादुर वलिका अनुसार तीन हजार ३ सय ७९ मत खसेको बताउनुभयो। उहाँले तीन वटै मतदान स्थलमा गरी ६९.४१ प्रतिशत मत खसेको जानकारी दिनुभयो।

उपनिर्वाचनको मतगणनाका लागि सबै तयारी पूरा भएको भन्दै उहाँले राति ८ बजेदेखि गणना सुरु हुने बताउनुभएको छ। 

मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीका अनुसार पतरिया स्वास्थ्य चौकीको माथिल्लो हलमा मतगणना स्थलको व्यवस्था मिलाइएको छ। जहाँ तारजाली र ५ वटा सिसी टिभी क्यामेरा पनि राखिएको छ। मतगणना स्थलमा १४ जना कर्मचारी र उम्मेदवार वा उनका प्रतिनिधिलाई मात्र प्रवेश दिने व्यवस्था गरिएको छ।

शुद्धोधन गाउँपालिका १ मा निर्वाचनका लागि दुई हजार ११२ महिला र दुई हजार ७ सय ५६ पुरुष गरी चार हजार ८ सय ६८ मतदाता रहेका थिए।  नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रिक्त पदको लागि निर्वाचन भएको हो। उक्त पदका लागि चार स्वतन्त्रसहित १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।