मत बाझिएको हो, मन होइन
सफल रूपमा ४ मङ्सिर, २०७९ मा प्रतिनिधि सभा तथा सातवटै प्रदेश सभा निर्वाचन सम्पन्न भई निर्वाचित जनप्रतिनिधि बहाल हुँदैछन्। सङ्घीय संसद्को पहिलो बैठक सोमबार सुरु भएको छ। निर्वाचनमा देखिएको मत परिणामलाई आधार मानी आ– आफ्नो हैसियतअनुसार आगामी पाँच वर्षका लागि जनताको जनादेश सम्झी काम गर्नुपर्ने अवस्था सबै राजनीतिक दलसामु विद्यमान छ।
कोभिड नयाँ भेरियन्टको चिन्ता
कोभिड–१९ सङ्क्रमणको नयाँ संस्करणको सुरुवातले फेरि विश्वव्यापी महामारी बन्न सक्छ भन्ने आकलन चौतर्फी छ। छिमेकी देश चीन र भारतमा यसको नयाँ संस्करणको सङ्क्रमण दरलाई हेर्दा अवस्था चिन्ताजनक छ। पछिल्लो रिपोर्टअनुसार, कोभिड–१९ को यो संस्करणले छोटो अवधिमा धेरै मानिसको ज्यान लिएको छ। नोभेम्बरको सुरुदेखि नै विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ। यो अहिले भारतमा नियन्त्रणमा छ, तर चीन यसमा असाधारण रूपमा गाँजिएको छ। केही वैज्ञानिकका अनुसार, पछिल्लो समय कोरोना वृद्धिको कारण, चीनमा लगभग २० लाख व्यक्तिमा पार गर्ने सम्भावनामा छ।
समन्यायिक विकासका समस्या
विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले यसको अवस्थामा पनि परिवर्तन भई नै रहेको हुन्छ। यस कारणले गर्दा पनि विकासको परिभाषाबारे एउटै मत छैन। अल्पविकसित, विकासोन्मुख र विकसित देशले विकासलाई हेर्ने दृष्टिकोण र परिभाषित गर्ने सन्दर्भमा फरक फरक विचार भएको देखिन्छ। अल्पविकसित देशका लागि गाँस, बास र कपासको समस्या रहेको हुन्छ। यिनीहरूको सहज किसिमबाट उपलब्ध गराउन सकियो भने जनतालाई योभन्दा ठूलो विकास केही हुँदैन। त्यसैले उनीहरूका लागि विकास भन्नु नै गाँस, बास र कपासको उपलब्धता हो। नेपालको सन्दर्भमा पनि यही तीन कुराको विकासलाई लिन सकिन्छ।
प्रक्रियागत सुधारबाटै भ्रष्टाचार नियन्त्रण
मुलुकमा सुशासन कायम गराउन सरकारले प्रशासनिक संयन्त्रलाई स्वच्छ, छरितो, सक्षम, विश्वसनीय एवं आचरणयुक्त गराउन जोड दिएको हुन्छ। सरकारका नीति, योजना, रणनीति, कार्यक्रमको इमानदारीपूर्वक कार्यान्वयन गर्नु कर्मचारीतन्त्रको अनिवार्य जिम्मेवारी हो। सरकारले जनतासँग गरेको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गरी आफूप्रतिको विश्वसनीयता कायम गराउन कर्मचारीतन्त्रलाई नै मुख्य कार्यकारिणी संयन्त्रका रूपमा स्वीकारेको हुन्छ। कर्मचारीतन्त्रको क्रियाशीलता वा निष्क्रियतामा सरकारको सफलता वा असफलता निर्भर हुने भएकाले राज्यको स्थायी सरकारका रूपमा यसलाई स्वीकारिएको छ।
प्रदेश सरकार : अब त्यस्तो नहोस्
‘सङ्घीयता अनिच्छित शिशुजस्तो भएको छ, मार्न/फाल्न पनि नसक्ने र हुर्काउन पनि नचाहने ।’ मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा आयोजित एक कार्यक्रममा सङ्घीयताका बारेमा गरेको टिप्पणी हो यो । सङ्घीय सरकारले विगत पाँच वर्षमा सङ्घीयताप्रति कुन हदको बेवास्ता गरेको छ भन्ने मुख्यमन्त्री राउतको यो भनाइबाट पनि प्रस्ट हुन्छ ।
सरकार नयाँ, अपेक्षा पुरानै
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक अनि देशको ४४औँ प्रधानमन्त्री बन्नुभएको छ । लगत्तै सरकारको स्वाभाविकता, दायित्व र दबाबमाथि बाक्लै बहस/पैरवी चल्दैछन् । सरकारलाई नेपाली कांग्रेस इतरका सबै दलको समर्थन रहेकाले प्रतिनिधि सभाबाट सुविधाजनक विश्वास प्राप्त हुने अवस्था छ । मौजुदा प्रतिनिधि सभामा कसैको बहुमत नभएको अवस्थामा कुनै पनि दलले संयुक्त सरकारको नेतृत्व लिनसक्नु स्वाभाविक बन्छ । हरेक सरकारमाथि उसका नितान्त शुभेच्छुक, आममतदाता, सहृदयी आलोचक अनि समर्थन वा आलोचनासमेत नगर्ने आमना
चालू पुँजी कर्जाको व्यवस्थापन
मौद्रिक नीति र नेपाल राष्ट्र बैङ्कको निर्देशन सामूहिक सौदाबाजी होइन । यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले आफ्नो व्यावसायिक फाइदाको विषय मात्र नभई समग्र अर्थतन्त्रका बारेमा छलफल हुनुपर्छ । महिनौँको विवादपछि नेपाल राष्ट्र बैङ्क र निजी क्षेत्रले चालू पुँजी ऋणको समस्या समाधान गर्ने सहमति गरेका छन् । राष्ट्र बैङ्कका उच्च अधिकारी र निजी क्षेत्रको शीर्ष नेतृत्वबीचको बैठकले व्यवसायी सडकमा उत्रनुपर्ने अवस्था आउन नदिने सङ्केत गरेको थियो ।
निजगढ विमानस्थलमा सरकारको चासो
पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा निर्माण सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै अब ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’को निर्माण छिटै अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्रीको सो उद्घोषले चौतर्फी स्वागत पाइरहेको छ । प्रधानमन्त्रीको सो घोषणाले राष्ट्रिय गौरवको आयोजना ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ सर्वाधिक चर्चा र चासोको विषय बनिरहेको छ ।
जफतभित्रको कैफियत
“भ्रष्टाचारविरुद्ध लाग्नु, उत्रिनु सुशासन होइन, यो फगत आत्मरक्षाको क्षणिक कवच हो र सधैँ एकपक्षीय हुन्छ ।” जो बाइडेन – ६५ करोड रुपियाँ भित्र्याएको र स्रोत नखुलेका कारण अछामका व्यापारी पृथ्वीबहादुर शाह पक्राउ परेका छन् । – प्रधानमन्त्रीले निर्देशन दिए पनि डीएल नेम्वाङको मोबाइल सेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत भयो ।
नागरिकको मुहारमा खुसी
न्यूनतम साझा कार्यक्रम तय गर्न गठित सत्तारूढ दलहरूको कार्यदलले आफ्नो काम पूरा गरेको छ । तोकिएकोभन्दा बढी समय लगाएर तय गरिएका कार्यक्रम शीर्ष नेतासमक्ष प्रस्तुत भई पारित हुन बाँकी छ । देश र जनताका पक्षमा काम गर्न स्थापित सबै दलको लक्ष्य देश र जनता नै हुने भए पनि विचार र सिद्धान्तमा विविधता हुँदा सरकारका प्राथमिकता तय गर्न नै अनावश्यक रूपमा लामो समय खर्चिनु परेको देखियो । यही विविधतालाई एकरूप दिएर अघि बढ्नु प्रधानमन्त्रीको प्रमुख चुनौती हो ।
विधि निर्माणमा संसद् र सांसद
लाेकतन्त्रमा सार्वभौम नागरिकले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत् आफ्नो शासन आफैँ गर्छन् । नेपालको संविधानअनुसार दुई सदनात्मक सङ्घीय संसद् नै देशको सर्वोच्च विधायिकी अङ्ग हो । कार्यकारी अधिकारयुक्त कार्यपालिका संसद्मार्पmत नै जनताप्रति उत्तरदायी हुन्छ भने संसद्को अनुमतिबिना सञ्चित कोषबाट खर्च गर्न र कर लगाउन नपाइने हुँदा देशका समग्र ढुकुटीको साँचो पनि संसद्मै हुन्छ भन्न सकिन्छ । संसदीय समितिमार्पmत कार्यपालिकामाथिको निगरानी, जनताको प्रतिनिधित्व र जनइच्छाको अभिव्यक्ति गर्ने दायित्व पनि सांसदकै हो । संसद् र सांसदको दायरा यति बृहत् हुँदाहुँदै पनि संविधानको अधिकार क्षेत्रभित्र रहेर गरिने कानुन निर्माणको काम नै सर्वोच्च विधायिकी अङ्ग संसद्को पर्याय हो ।
अर्थतन्त्रले लिएको दिशा
वि.सं. २०७८ मङ्सिरपछि वस्तु आयातमा गरिएका कडाइले देशको अर्थतन्त्र सुधारोन्मुख देखिँदै आएको छ । गएका वर्षहरूमा विदेशी विनिमय सञ्चितिमा कमी आएसँगै विलासी वस्तु आयातमा कडा गरिएको थियो । आयातमा गरिएको कडाइसँगै विदेशी विनिमय सञ्चिति बढेको छ । चालू आर्थिक वर्षका पछिल्ला महिनामा वैदेशिक रोजगारीबाट प्राप्त अर्थात रेमिट्यान्स रकम पनि बढ्दै गएको छ । यसले गर्दा देशको शोधनान्तर स्थिति बचतमा देखिएको छ । व्यापार घाटामा कमी आएको छ । सोही कारण देशको अर्थतन्त्र सकारात्मक देखिएको भनिएको छ । रेमिट्यान्स आयमा शोधनान्तर बचत देखिए पनि मूल्य वृद्धि आमसर्वसाधारणले सहजै धान्न सकिने खालको छैन । केही सूचकाङ्कमा सुधारले अर्थतन्त्रको बाटो सुधारतर्फ गएको भन्न मिल्छ र ? यसमा सबैको उस्तै धारणा पाउन सकिन्न ।
बाँदर आतङ्कबाट बच्ने उपाय
नेपालको सुदूरपूर्वदेखि पश्चिम तराई पहाडी जिल्लामा बाँदरले मच्चाउने गरेको व्यापक वितण्डा दिनहुँ बढ्दो छ । जंगल नजिकैबाट बिहानदेखि रातिसम्म बाँदरको हुलका हुल किसानका खेतबारीमा आउने र मकै भट्मास, कोदो, हिउँदे बर्खे बाली–नाली, मौसमी तरकारी फलफूल सखाप पार्ने गरेको छ । ऋण लिएर लगाएका अन्नबाली उखेलेर फाल्ने, नष्ट गर्ने र यसबाट बाली र ऋण चुक्ता गर्न नसकी किसानको टाउकोमा ऋण थोपरिँदै जाने गरेको छ । उनीहरूले ठूलो समस्या खेप्नु परेको छ । बिहानदेखि बेलुकासम्म बाँदर भगाउन थाल ठटाउँदा ठटाउँदै हेरुवा चौकीदारी गर्दागर्दै पनि बाली–नाली बचाउन नसकी हैरान भएका छन् । बालीको कुरुवा बस्दाबस्दै बालबालिकाले पढाइ छोड्नुपर्ने बाध्यता भएको छ । मिहेनत र लागत लगाएको खेती जोगाउन
समाजसेवामा नेपाल रेडक्रस
समाजसेवा शब्दमा दुई खण्ड छन्, एउटा समाज र अर्को सेवा । यसको सोझो अर्थ समाजको सेवा भन्ने हुन्छ । यो पारिभाषिक शब्द पनि हो । समाजले एउटै रहनसहन, व्यवस्था, धर्म अँगाल्ने वा एकै स्थानमा बस्ने मानिसको समूहलाई जनाउँछ । कुनै विशेष सामूहिक उद्देश्य राखेर गठन भई कानुनी मान्यता प्राप्त संस्था पनि समाज हो । सभ्य र सज्जन मान्छे भेला भएर बस्ने ठाउँलाई समेत समाज भनिन्छ । सारांशमा मानव समूह, संस्था र स्थानबोधक शब्द पनि हो समाज ।
स्वस्थानी, शाली नदी र वज्रयोगिनी
पौषशुक्ल पूर्णिमादेखि एक महिनासम्म घर–घरमा भनिने स्वस्थानी र शाली नदीको व्रत यही पुस २२ गतेदेखि आरम्भ भएको छ । कोभिड–१९ ले विगतका दिनमा जात्रा पर्वमा समस्या पारेको थियो । साँखुबजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शाली नदीक्षेत्र छ । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शाली नदी क्षेत्रले चिनिन्छ । शाली नदी श्रीस्वस्थानी देवीको पावन पीठ हो । पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म यहाँ श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ ।
जलवायु परिवर्तनमा विद्यार्थी
केही समयअघि मात्रै मङ्सिर महिनामै काफल पाकेको समाचार सार्वजनिक भयो । मङ्सिर महिनामै हिमपातका खबर पनि बाहिरियो । हिमाली क्षेत्रमा लामखुट्टे देखिन थालेको, हिमताल फैलँदै गएका, हिमाल पग्लँदै गएका तस्बिर त धेरै पहिलेदेखि नै आइरहेका छन् । यति मात्र हैन, मौसमअनुसारको जङ्गली फलफूलको चक्र बदलिएको छ, कृषि उत्पादनमा पनि असर भइरहेको छ । यी सबैका कारण जलवायु परिवर्तनको प्रभाव हो ।
राजनीतिक आकर्षण कि विकर्षण
कुनै राजनीतिक शक्ति र जनताबीचको सम्बन्ध प्रगाढ बनाउने र आपसमा आकर्षण शक्ति बढाउने हो भने दुवै राजनीतिक शक्ति तथा समर्थक जनताको मास बढाउने रणनीति बनाएर अगाडि बढ्नुपर्छ । राजनीतिक पार्टीले आफ्नो आकर्षण बढाउन पार्टी सङ्गठनलाई मजबुत बनाउँदै गुणस्तरीय पार्टी सदस्य बनाई पार्टीको मास बढाउनुपर्छ । साथै देश र जनताका हितमा समर्पित भएर इमानदारीका साथ काम गर्दै आफ्ना समर्थकको मास बढाउने कार्यलाई पनि उच्च प्राथमिकता दिनुपर्छ । देश र जनताको हितलाई बेवास्था गरी पार्टीमा आबद्ध शक्तिको नजिक रहेका नेता तथा कार्याकर्ता व्यक्तिगत फाइदा र स्वार्थमा लिप्त हुन थाले भने एकातिर इमानदार नेता, कार्यकर्ता तथा शुभचिन्तकमा वितृष्णा पैदा हुन्छ भने अर्कातिर जनतामा पनि वितृष्णा पैदा हुन्छ ।
व्यापारमा सहजीकरण
व्यापार आर्थिक समुन्नतिको आधार मात्र होइन विकासको संवाहक भएकाले व्यापार सहजीकरणको विषय व्यापारमा न्यूनतम अपरिहार्य पक्षका रूपमा स्वीकार्ने गरिन्छ । दोस्रो विश्वयुद्धको समाप्तिले देशहरूका बीच राजनीतिक परनिर्भरता समाप्त मात्र गरिदिएन यसलाई आर्थिक अन्तरनिर्भरताले प्रतिस्थापित गरिदिनुको साथै व्यापार अर्थतन्त्र निर्माणको मूल आधारशीलाका रूपमा स्थापित हुन पुग्यो । आर्थिक अन्तरनिर्भरतामा व्यापारिक आर्थिक अन्तरनिर्भरता र यसमा व्यापार सहजीकरण मूल विषय बन्यो । व्यापार सहजीकरण वस्तु तथा सेवाको आयात तथा निर्यात प्रक्रियालाई सरल, सहज, प्रक्रियागत झन्झटबाट मुक्त, व्यवसायी मैत्रीय बनाउने सहजीकरणको प्रक्रिया हो । व्यापार सहजीकरणले व्यापारसँग सम्बद्ध नीति नियम उदार र पारदर्शी बन्नुपर्ने, भन्सारजन्य, गैर भन्सारजन्य महसुल, कर, दर्ता प्रक्रिया, सामानको ओसारपसार, बिक्री वितरणजस्ता पक्षमा आउन सक्ने अवरोधलाई निरुत्साहित गरिनुपर्ने
प्रधानमन्त्रीबाट गरिएका अपेक्षा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुशासनको प्रमुख केन्द्र मानिन्छ । पछिल्लो समय यो केन्द्र छायामा पर्दै आएको छ । प्रधानमन्त्री कार्यालयलाई छायामा राखेर सुशासनका गफ धेरै भए । कतिपय ‘शक्तिशाली’ प्रधानमन्त्रीले त कार्यकालको अधिकांश समय बालुवाटारमै बसेर सिंहदरबारकै हैकम चलाए । पात्र शक्तिशाली भए पनि मुलुक सञ्चालनको प्रमुख केन्द्रलाई नै छायामा राखिएपछि चाहेजस्तो परिणाम नआउनु स्वाभाविक थियो । जुन नियति लामो समयदेखि मुलुकले भोग्दै आएको छ ।
भ्रष्टाचार न्यूनीकरणमा समाज
हामीलाई थाहा छ, भ्रष्टाचार गर्नुहुन्न । भ्रष्टाचार जघन्य सामाजिक अपराध हो । यसले मानव सभ्यतालाई तहसनहस गराउँछ । सबै कुरा थाहा छ तर हामीलाई एकै पटक धनी बन्न मन लाग्छ । समाजका धनी व्यक्तिलाई हामी निकै आदर/सत्कार गर्छौं । कसैले छोटो समयमा धेरै धन आर्जन ग¥यो भने उसलाई उच्च सम्मानका साथ कदर गरिन्छ । फलानो त निकै राम्रो छ । छोटो समयमा यति धेरै धनसम्पत्ति कमायो भन्दै उदाहरणका रूपमा उसकै नाम जपिरहन्छौँ ।
सक्रिय सार्क र क्षेत्रीय सहयोग
दक्षिण एसिया क्षेत्रका लागि गठन भएको संस्था सार्क अचेल निष्क्रिय छ यद्यपि यसको सदस्य रहेका आठवटा मुलुक भने आ–आफ्नो स्तरमा सक्रिय नै छन् । एसिया महादेशका यस भू–खण्डका देशहरू सामूहिक तवरमा चाहिँ सुस्ताएका देखिन्छन् । क्षेत्रीयस्तरका गतिविधि ठप्पजस्तै छन्, जसबाट सदस्य–राष्ट्रहरूमा विगत ३७ वर्षमा विकसित भएको सामुदायिकताको भावनामा नराम्रो असर परेको छ । सदस्य–राष्ट्रहरू बीचको आपसी सद्भावमा टड्कारो कमी आएको तथ्य पनि छर्लङ्ग छ ।
प्रदेश सभा सदस्यको जिम्मेवारी
दसवर्षे सशस्त्र युद्ध र दोस्रो जनआन्दोलनको बलबाट गठन भएको पहिलो र दोस्रो संविधान सभाबाट नौ वर्षपछि २०७२ सालमा निर्माण गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानअनुरूप नेपाल एकात्मक राज्य संरचनाबाट सङ्घीय राष्ट्र बन्न पुग्यो । सङ्घीय शासन व्यवस्था आएसँगै नेपाल सात प्रदेशमा वर्गीकरण भई सबै प्रदेशको छुट्टाछुट्टै व्यवस्थापिका र कार्यपालिकाको व्यवस्था भयो । नेपालको संविधानको भाग ५ को धारा ५६ र ५७ ले राज्यको संरचना र राज्य शक्तिको बाँडफाँटको बारेमा प्रस्ट उल्लेख छ । यसमा तीन तहको सरकारमध्ये प्रदेश तहको एकल जिम्मेवारी सङ्घ, प्रदेश र स्थानीयको साझा जिम्मेवारीको बारेमा समेत उल्लेख छ ।
सरकारका बदलिँदो प्राथमिकता
नेपालको पछिल्लो समसामयिक राजनीति बदलिएको छ । निर्वाचनअघि र पछि सत्ता गठबन्धन सहकार्य नाटकीय स्वरूपमा फेरबदल भएको छ । जनताबाट सबैभन्दा धेरै सिटमा म्यान्डेट पाएको दल नेपाली कांग्रेस संसद्मा प्रमुख प्रतिपक्षमा उभिएको छ भने तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँलाई दोस्रो ठूलो दल नेकपा एमाले र चौथो नयाँ उदीयमान दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि समर्थनसहित सरकारमा सहभागी छ । राजनीतिक परिघटनाबाट छुट्टिएका एमाले र माओवादी केन्द्रबीचको पुनः सत्ता सहकार्यसहित भिन्न भिन्न विचारधाराका पार्टीहरूको सत्ता गठबन्धनले सरकारका कार्यदिशा र प्राथमिकताका सन्दर्भलाई चासोपूर्ण रूपमा हेरिएको छ ।
नेपाली महिलाको अवस्था
महिला मानव सृष्टिका जननी मात्रै नभई मानव जीवनका जग पनि हुन् । महिला आमा, दिदी, बहिनी अनि श्रीमती पनि हुन् । आमाको काख, दिदीबहिनीको स्नेह, श्रीमती साथी सङ्गिनीको प्रगाढ मायाको पछ्यौरीभित्र पुरुषका जीवनका अवयव चलायमान हुन्छन् ।