• ९ मंसिर २०८१, आइतबार

नयाँ उचाइमा नेपाल–बेलायत सम्बन्ध

blog

नेपाल–बेलायत सम्बन्धको थालनी कर्नेल विलियम कर्कप्याट्र«ीकको नेपाल आगमनपछि भएको थियो । त्यसभन्दा अघि कप्तान किनलकले युद्धको निम्ति दलबलका साथ सिन्धुलीगढी प्रवेश गरेका थिए । त्यो नेपालसँग बिग्रेको सम्बन्धको अवस्था थियो । १८७१–७२ साल (१८१४–१६) को नेपाल अङ्ग्रेज युद्ध पछि भएको सुगौली सन्धिपछि वर्तमान नेपालको झन्डै आधा भाग गुम्न पुग्यो । 

ती गुमेका भू–भाग पुनः प्राप्त गर्न नेपाली जनमानस आतुर देखिन्थे । जङ्गबहादुरको बेलायत यात्रा यसै सम्बन्ध सुधारको निरन्तरता थियो । नेपाल बेलायत सम्बन्ध सुधार्ने क्रममा जङ्गबहादुरको बेलायत यात्रालाई महत्वपूर्ण कूटनीतिक सफलताको रूपमा लिइन्छ । जङ्गबहादुरको बेलायत यात्राको एउटा उद्देश्य नेपालले गुमाउनु परेको नेपालको ठूलो भूभाग फिर्ता गर्नु थियो । १८५० (१९०७) मा ठूलो दलबलका साथ बेलायत पुगेर महारानी भिक्टोरीयासँग नेपालको भूभाग फिर्ता गर्न अनुरोध गर्दा महारानीले मुसुक्क हाँसेर यो कुरा भारतस्थित कम्पनी सरकारको हो भनी पन्छाइदिएकी थिइन् । 

त्यस भ्रमणको क्रममा भएको एउटा रमाइलो कुरा के थियो भने त्यसबखत भारतमा नक्सा बनेर छाप्न बेलायत जाने गर्दथ्यो । त्यसरी छाप्न गएको नक्सा छाप्नभन्दा अघि बेलायतबाट प्रकाशित हुने इलेस्टेटेड लन्डन न्युजमा भारतको नक्सामा नेपालको केही भाग भारतमा देखाइएको रहेछ । भ्रमण दलका एक सदस्य लक्टन लालसिङ खत्रीले त्यसको खण्डन गर्दै सम्पादकलाई पत्र लेखेपछि त्यसमा संशोधन भएको थियो । यो नेपालको ठूलो कूटनीतिक विजय थियो । त्यस बखत पनि नेपालीहरू राष्ट्रि«यताका कुरामा कति सचेत र सतर्क थिए भन्ने थाहा पाइन्छ । 

जङ्गबहादुर बेलायतलाई टक्कर दिन फ्रान्ससँग सम्बन्ध बढाउन चाहन्थे । बेलायत चाहँदैन थियो कि नेपालले कुनै युरोपियन राष्ट्र«सँग सम्बन्ध विस्तार गरोस् । त्यसमा पनि फ्रान्स र बेलायत एकअर्काको कट्टर शत्रु थिए । त्यसैले भीमसेन थापाले फ्रान्सको सहयोग लिएर भारतबाट बेलायतीहरूलाई लखेट्न चाहन्थे । जङ्गबहादुरको बेलायतबाट फ्रान्स जाने कुरालाई बेलायत सरकारले स्वीकृत दिएन तर महारानीको सहमतिमा जङ्गबहादुरले फ्रान्सको भ्रमण पनि गरेका थिए ।

 फ्रान्सको सहयोग लिएर बेलायती साम्राज्यलाई टक्कर दिने जङ्गबहादुरको सपना पुरा हुन सकेन । त्यसको मुख्य कारण युरोप र भारतमा बेलायतसँग अनेक युद्धमा फ्रान्स पराजित भइसकेको थियो । त्यसपछि जङ्गबहादुरको निम्ति बेलायतसँग सम्बन्ध बढाउनुको विकल्प थिएन । बेलायतबाट फर्केको सात वर्षपछि १८५७ मा भएको सिपाही विद्रोहमा अङ्ग्रेज कम्पनी सरकारलाई जङ्गबहादुरले स्वयं नेपाली सेनाको नेतृत्व गर्दै विद्रोह दमन गरेका थिए । १८६० को सन्धिमा त्यसबापत नेपाललाई जङ्गबहादुले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका साथै तराईका केही भूभाग फिर्ता गराउन सफलता प्राप्त गरेका थिए । 

त्यसबखत प्रधानमन्त्री जङ्गबहादुरले गभर्नर जनरल केनिङलाई नेपालको सुगौली सन्धिअघिको सम्पूर्ण भूभाग फिर्ता गर्न अनुरोध गरेका थिए तर तत्कालीन नेपालस्थित बेलायती रेजिडेन्टले त्यस कुरालाई स्वीकार नगर्न गभर्नर जनरललाई अनुरोध गरे । त्यसको मुख्य कारण रेजिडेन्ट नेपालमा बिनाभन्सार व्यापार गर्न चाहन्थे । यसको जङ्गबहादुरले कडा प्रतिवाद गरेका थिए । जे भए पनि नेपालले आफ्नो गुमेको केही भूभाग फिर्ता लिन सफलता प्राप्त गरेको थियो । 

नेपाल–बेलायत सम्बन्ध सुधार्ने क्रममा प्रधानमन्त्री चन्द्रशमशेरको योगदान महत्वपूर्ण थियो । नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्र«को रूपमा चन्द्रशमशेरको प्रयासबाट सम्पूर्ण विश्व र युरोपको ध्यान आकर्षित ग¥यो । नेपाल–अग्रेज युद्धमा अङ्ग्रेजको विरुद्धमा लडेको नेपाली सेनाले दुई विश्वयुद्धमा अङ्ग्रेजकै पक्षमा लागेका थिए । त्यसमा पनि चन्द्रशमशेरले प्रथम विश्वयुद्ध (१९१४–१६) मा अङ्ग्रेजहरूलाई भौतिक र सैनिक सहयोग गरेका थिए । 

१ जनवरी १९०३ मा दिल्ली दरबारमा स्वतन्त्र राष्ट्र«को रूपमा भाग लिनु, १८ डिसेम्बर १९११ मा नेपालका राजाको निमन्त्रणामा बेलायतका सम्राट् जर्ज पन्चमको नेपालको भ्रमण, कर्नेल फ्रन्सीस यङ हसवेन्डलाई सहयोग, १९०८ को चन्द्रशमशेरको बेलायत यात्रा र प्रथम विश्वयुद्धमा सहयोग, प्रिन्स अफ वेल्सको नेपाल भ्रमण र १९२३ को नेपाल अङ्ग्रेज मैत्री सन्धि गर्नु नेपालको ठूलो कूटनीतिक उपलब्धि थियो । 

२१ डिसेम्बर १९२३ (१८९० पौष ६ शुक्रबार) को नेपाल–बेलायत मैत्री सन्धिले दुवै देशको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको थियो । प्रधानमन्त्री चन्द्रशमशेर र बेलायतका तत्कालीन राजदूत लेप्टिनेन्ट कर्नेल डब्लूएफटी ओकोनरले काठमाडौँमा हस्ताक्षर गरेको यस सन्धिका ७ धारामध्ये पहिलो धारामा नै बेलायत सरकार र नेपालको बीचमा सधैँ शान्ति र मित्रता कायम रहनेछ र दुवैले एकअर्काका बाह्य र आन्तरिक स्वतन्त्रतालाई स्वीकार गर्ने छन् भनी लेखिएको छ । 

सन्धिका धारा २ मा वर्तमान सन्धिले स्वीकार गरेको बाहेका कुरामा सुगौली सन्धिसमेत सबै सन्धिका सर्तलाई खारेज गरिन्छ, धारा ३ मा सन्धि गर्ने राष्ट्र«हरूले सिमानामा झगडा भएमा त्यसलाई मैत्री र शान्तिपूर्ण ढङ्गबाट समाधान गर्ने, धारा ४ मा सन्धि राष्ट्रको भूभाग एक अर्को राष्ट्र«को विरुद्ध प्रयोग हुन नदिने, धारा ५ मा बेलायत सरकार र नेपालका बीचमा मित्रता भएसम्म नेपालले जुनसुकै मुलुकबाट भए पनि हात हतियार आयात गर्न स्वतन्त्र हुने र धारा ६ मा स्वदेशको उपयोगको निम्ति ल्याइएको सामान ब्रिटिस भारतको बन्दरगाहमा भन्सार शुल्क नलाग्ने र ७औँ धारामा सन्धि गर्ने प्रधानमन्त्री र राजदूतको नाम लेखिएको थियो । 

सन्धिमा हस्ताक्षर गरिसकेपछि नेपालका प्रधानमन्त्री र बेलायती राजदूतबाट सन्धिका महìवको विषयमा विज्ञप्ति प्रकाशित गरेका थिए । यस सन्धिपछि अङ्ग्रेज राजदूतले नेपालका प्रधानमन्त्रीलाई योर हाइनेस भनेर सम्बोधन गरेका थिए भने नेपालका प्रधानमन्त्रीले हिज एक्सीलेन्सी एम्ब्यासडर भनी सम्बोधन गरेका थिए । त्यसभन्दा अघि राजदूतलाई रेजिडेन्ट भनिन्थ्यो । यस सन्धिपछि राजालाई हिइज मेजेस्टी भनेर सम्बोधन गरिएको थियो । 

निष्कर्ष : नेपाल बेलायत सम्बन्धको सय वर्ष मनाइँदैछ । नेपाल–मैत्री सम्बन्ध स्थापित भएको सय वर्ष मात्र भएको हो । यसभन्दा निकै अघिदेखि नेपाल बेलायत सम्बन्ध रहँदै आएको थियो । लन्डनस्थित नेपाली दूतावास, फरम कमन वेल्थ, डिभलम्पमेन्ट अफिस र युनाइटेट किन्डम ब्रिट्रिस लाइवेरीको संयुक्त आयोजनामा नेपाल बेलायतमैत्री सम्बन्धको सय वर्ष मनाइँदै छ । त्यसमा भाग लिन विदेश सचिव भरतराज पौडेलको बेलायतको भ्रमण भएको छ । 

यस भ्रमणको समयमा दुवै देशबीचको आपसी सम्बन्ध, पर्यटन आदानप्रदान आपसी सहयोग र बेलायतस्थित गोरखा सैनिकको विषयमा विस्तृत छलफल भएको थियो । यसलाई नेपाल–बेलायत सम्बन्धको सुखद क्षणको रूपमा लिइएको छ । निकट भविष्यमा बेलायतका नयाँ सम्राट् चाल्र्स तृतीयको राज्याभिषेकलाई हर्ष र उत्साहका साथ हेरिरहेको छ, यसले पनि नेपाल बेलायत सम्बन्धलाई पनि नयाँ उचाइमा पु-याउने विश्वास लिइएको छ ।

लेखक कूटनीतिक विषयका जानकार हुनुहुन्छ ।   

Author

प्रा.डा.श्रीरामप्रसाद उपाध्याय