मे ५ वैज्ञानिक समाजवादका अध्येता कार्लमाक्र्सको जन्म जयन्तीको दिन हो । सन् १८१८ मे ५ मा जन्मिएका माक्र्सको निधन सन् १८८३ मार्च १४ मा भएको थियोे । माक्र्सको निधन भएको १४० वर्ष व्यतीत भइसकेको छ तर उनले विश्वका सर्वहारा श्रमजीवी वर्गको मुक्तिका लागि पु¥याएको अतुलनीय योगदानका कारण माक्र्स आज विश्वका करोडौँ मानिसको मानसपटलमा छन् ।
माक्र्स सन् १००० देखि सन् २००० सम्म जन्मिएका व्यक्तिमध्ये सर्वश्रेष्ठ व्यक्ति रहेको बीबीसीले सन् २००१ मा गरेको एक सर्भेक्षणको नतिजाबाट पुष्टि भएको छ । यसैले उनी विश्वमा सहस्राब्दी पुरुष र सर्वश्रेष्ठ दर्शनशास्त्रीका रूपमा परिचित छन् । माक्र्सका विचार र धारणालाई माक्र्सवाद भनिन्छ । कार्ल माक्र्स र उनका अनन्य मित्र फ्रेडरिक एङ्गेल्सले नै माक्र्सवादको विचार विकास गरेका हुन् । मानिसबाट हुने शोषण अन्त्य गरेर मानव जातिलाई सम्मानित एवं मानवोचित जीवन व्यतीत गर्नका लागि संसारलाई नै बदल्न सकिन्छ, बदल्नु पर्दछ भनेर आफ्ना कृति र रचनाबाट बाटो देखाउने व्यक्ति नै माक्र्स थिए ।
मानिसका बारेमा हजारौँ हजार विद्वान्, दार्शनिक र अनुसन्धानकर्ताले खोज, अध्ययन तथा अनुसन्धान गरे तर मानिसको महìव र उनीहरूका आवश्यकता तथा उनीहरूमाथि हुने दमन र शोषणको संरक्षण पुँजीवादी व्यवस्थाले गर्ने निष्कर्ष निकाल्ने व्यक्ति माक्र्स नै थिए । मानव जातिलाई शोषण गर्ने यो पुँजीवादी व्यवस्थालाई उखेलेर नफालेसम्म मानिसले मानिसमाथि शोषण जारी राख्दछ । तसर्थ पुँजीवादको विकल्प वैज्ञानिक समाजवाद हँुदै साम्यवादको अपरिहार्यताको विचारलाई माक्र्सले अगाडि सारे । माक्र्स अहिले यो भौतिक संसारमा छैनन् तर उनका विचार अजर र अमर रहेका छन् ।
विश्व अर्थव्यवस्थामा पटकपटक सङ्कट आउने गरेको छ । यो पुँजीवादले उत्पन्न गरेको सङ्कट नै हो । मानिस यस्तो सङ्कट आउन थालेपछि माक्र्सका कृति पुँजी पढ्न थाल्दछन् । पुँजीवादी व्यवस्थामा पुँजीपतिले बढी मुनाफा गर्न लालायित भएर अधिक वस्तु उत्पादन गर्ने गर्दछन् तर बजारमा मानिसको क्रयशक्ति क्षमता कमजोर भएपछि उत्पादित वस्तुको मागमा कमी आउँछ र बिक्री कम हुन थाल्दछ । वस्तुको मागमा कमी भएपछि उत्पादित वस्तु सडेर तथा गलेर जाने गर्दछ र यसले सङ्कट उत्पन्न गरिदिन्छ ।
मानिसको क्रयशक्ति क्षमता कमजोर बन्नुका कारण पुँजीपतिले श्रमिकमाथि गर्ने अतिरिक्त मूल्यको शोषण नै हो । अर्थात् वास्तविक श्रम गरेअनुसारको मूल्य श्रमिकलाई भुक्तानी नगर्ने कारण नै मानिसको क्रयशक्ति क्षमता कमजोर बन्न थाल्दछ भन्ने कुरा माक्र्सले आफ्नो कृति पुँजीमा उल्लेख गरेका छन् । यसबाट के देखिन्छ भने यदि पुँजीपतिले श्रमको शोषण गर्न नपाउने हो भने पुँजीवाद बाँच्न नै सक्तैन । तसर्थ शोषणको जञ्जिरबाट मानिसलाई मुक्त गर्न पनि पुँजीवादी व्यवस्थाको अन्त्य जरुरी छ ।
माक्र्सवादले लोकतन्त्र र राजनीतिक स्वतन्त्रता सँगसँगै आर्थिक–सामाजिक स्वतन्त्रताको दृष्टिकोणलाई पनि अँगालेको छ । आर्थिक–सामाजिक स्वतन्त्रताबिनाको राजनीतिक स्वतन्त्रताले मात्र मानिस सांँचो अर्थमा मानिस भएर बाँच्न सक्तैन । राजनीतिक क्रान्तिले मात्रै पूर्णता प्राप्त गर्न सक्तैन । आर्थिक–सामाजिक समानता र सामाजिक न्यायसहितको राजनीतिक स्वतन्त्रतामा मात्रै लोकतन्त्र फस्टाएर जान्छ भन्ने मान्यतालाई माक्र्सवादले अँगालेको छ ।
माक्र्सले ऐतिहासिक भौतिकवादी सिद्धान्त प्रतिपादन गरे । ऐतिहासिक भौतिकवादले मानव जातिको विकास क्रम सँगसँगै समाजको गतिशीलता र विकास क्रमका बारेमा प्रकाश पारेको छ । सन् १८४८ मा माक्र्स र एङ्गेल्सबाट जारी गरिएको कम्युनिस्ट घोषणापत्रमा उत्पादक शक्ति र उत्पादन पद्धतिबीचको अन्तरविरोध हुन्छ र यही अन्तरविरोधले उत्पादन पद्धतिअनुरूपको राज्य व्यवस्था स्थापना गर्ने वा टिकाउने कार्य गरिरहेको हुन्छ भन्ने उल्लेख गरिएको छ । माक्र्सवादले समाजमा क्रान्तिको विकासको अवस्था र चरणबारे सही दृष्टिकोण अगाडि सारेको छ । जसअनुसार आदिम साम्यवादी युगपछाडि वर्गहरूको जन्म भयो । यसले दास युगको प्रारम्भ ग¥यो । दास युगका विरुद्ध मजदुरले सङ्घर्ष गरेर दास युगको अन्त्य गरिदिए ।
दास युगपछि सामन्ती युगको प्रारम्भ भयो । त्यसपछि पुँजीपति र सर्वहारा वर्गको संयुक्त सङ्घर्षबाट सामन्ती युग अन्त्य भएर पुँजीवादी युग प्रारम्भ भयो । त्यसपछि सर्वहारा श्रमजीवी वर्गले पुँजीवादका विरुद्ध समाजवादी क्रान्ति गरेर समाजवादी युगको प्रारम्भ हुन्छ र समाजवादभित्र पनि वर्ग र राज्यहरूको उन्मूलन र रूपान्तरण भएपछि साम्यवादी समाज विकसित अवस्थामा पुग्नेछ भनेर कम्युनिस्ट घोषणापत्रमा उल्लेख गरिएको छ । माक्र्सले साम्राज्यवादी हस्तक्षेप र औपनिवेशिकता अन्त्यका लागि गरिने सङ्घर्ष र आन्दोलनले देशहरूको मुक्ति, स्वाधीनता र स्वतन्त्रता प्राप्त हुने उल्लेख गरिएको छ । यस्तै महिला समानता र अधिकार, युवा, किसान र श्रमिकका अधिकारका बारेमा पनि कम्युनिस्ट घोषणापत्रमा उल्लेख गरिएको छ ।
माक्र्सवादले अगाडि सारेका विचार प्रयोग गरेर लेनिनले सोभियत रुसमा अक्टोबर क्रान्ति सम्पन्न गरेर माक्र्सवाद प्रयोग गरी माक्र्सवादको सच्चाइलाई स्थापित गरे । नेपालमा पनि माक्र्सवादको विकासको थालनी गर्ने व्यक्ति पुष्पलाल थिए । पुष्पलालले वि.सं. २००५ सालमा कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा उल्था गर्ने क्रममा पुस्तकको भूमिका लेखेर द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट नेपाली समाजको अवस्था र समाजवाद स्थापनाको अपरिहार्यताबारेमा प्रकाश पारे । यसपछि वि.सं. २००६ वैशाख ९ गते पुष्पलालकै अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । यसपछि नेपालमा वि.सं. २००७, २०१७, २०४६ र २०६२/६३ मा भएका सङ्घर्ष र आन्दोलनमा नेपालका वामपन्थी पार्टीसहितको संयुक्त जनआन्दोलनबाट राजनीतिक परिवर्तन भयो । २०६३ मा आइपुग्दा सामन्ती राजतन्त्रले घुँडा टेकेर राजतन्त्र अन्त्यसँगै गणतन्त्र स्थापना भएको छ । नेपालमा ६० वर्ष लामो भएको सङ्घर्ष सामन्ती व्यवस्थाका विरुद्ध थियोे र यसमा बुर्जुवा सुधारवादी प्रजातन्त्रवादी र सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक शक्ति नेपाली कांग्रेस र वामपन्थी पार्टीहरूको संयुक्त आन्दोलनबाट नै यो परिवर्तन भएको छ ।
नेपालमा २०६२/६३ तदनुसार सन् २००६ अप्रिलमा सम्पन्न भएको अप्रिल क्रान्तिले राजनीतिक हिसाबले राज्यसत्ताको नेतृत्व गरिरहेको सामन्ती राजतन्त्रलाई अन्त्य गरिदियो । जनता सार्वभौम हुने गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भयो । सन् २०१५ मा बनेको संविधानले अप्रिल क्रान्तिबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास, सामाजिक न्याय र समृद्धि हासिल गर्दै समाजवादको आधार निर्माण गर्ने लक्ष्यका साथ संवैधानिक सुनिश्चितता भयो । यस सन्दर्भमा नेपालको सन् २००६ को अप्रिल क्रान्तिबाट सामन्तवादलाई ढालेर पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको छ ।
सोभियत सङ्घमा पनि सन् १९०५ बाट सुरुवात भएको क्रान्ति सन् १९१७ को फेबु्रअरी २७ मा आइपुग्दा क्रान्तिले निर्णायक रूप लियो । जारशाहीको सत्तालाई पल्टाएर अस्थायी सरकार गठन भयो तर सरकारमा पुँजीवादीहरूले नेतृत्व गर्न सफल भए । यसरी फेब्रुअरीमा भएको क्रान्तिले जारसाही अन्त्य गरेर पुँजीवादीको हातमा सत्ता हस्तान्तरण गरेको थियो । फेबु्रअरीमा भएको क्रान्ति; जसलाई पुँजीवादी क्रान्ति भनेर चिनिन्छ तर लेनिनले राज्यसत्ता मजदुर किसानको हातमा ल्याउनुपर्छ र यसका लागि अर्को क्रान्ति आवश्यक हुन्छ भनेर फेबु्रअरीको क्रान्तिलाई अपूरो भएको निष्कर्ष निकाले ।
फेबु्रअरीको क्रान्ति पुँजीवादी क्रान्ति भएकाले अब समाजवादी क्रान्ति गर्नुपर्दछ भनेर लेनिनले क्रान्तिको दोस्रो चरण अर्थात् समाजवादी क्रान्ति गर्नुपर्दछ भन्ने दृष्टिकोणलाई अगाडि सारे । “सम्पूर्ण सत्ता सोभियतलाई हस्तान्तरण गर” भन्ने मूल नारा तयार गरेर बोल्सेभिक पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिको सुरुवात भयो । सन् १९१७ को अक्टोबर २५ मा पुग्दा क्रान्तिले निर्णायक मोड लियो र सफलता प्राप्त ग¥यो । जसलाई अक्टोबर क्रान्ति भनिन्छ । नेपालको अप्रिल क्रान्ति र सोभियत सङ्घको सन् १९१७ मा भएको फेब्रुअरी क्रान्ति समान खालको रहेको छ । नेपालमा भएको अप्रिल क्रान्तिमा श्रमजीवी वर्ग र बुर्जुवा पुँजीवादीको संयुक्त नेतृत्व रहेको थियो । यस्तै सोभियत सङ्घको फेबु्रअरी क्रान्तिमा पनि पुँजीपति, मजदुर र किसानको संयुक्त नेतृत्वमा क्रान्ति भएको थियो । सोभियत सङ्घमा फेबु्रअरी क्रान्तिपछि बनेको सरकारमा भने पुँजीवादीले कब्जा जमाए ।
तर, नेपालमा भने अप्रिल क्रान्तिपछि बनेको संविधानअनुसार भएको निर्वाचनमा झन्डै दुईतिहाइको जनमतका साथ वामपन्थी निर्वाचित भएर सरकारको नेतृत्व गरेको भए पनि सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले दक्षिणपन्थी बाटो लिएर सरकारमार्फत समाजवादी आर्थिक–सामाजिक नीति तथा कार्यक्रम लागू गर्नको सट्टा नवउदारवादी अर्थनीतिका आधारमा बजेट र कार्यक्रम लागू गरे । सरकारका नीति कार्यक्रमले त अझ दलाल पुँजीवादलाई प्रश्रय दिने काम ग¥यो ।
पुँजीवादी र समाजवादी क्रान्ति गरी क्रान्तिका दुई चरण हुन्छन् । नेपालको सन्दर्भमा पुँजीवादी क्रान्तिपछि समाजवादी क्रान्तिको सुरुवात गरिनुपर्दछ । अबको समाजवादी क्रान्तिले सबै खाले शोषण, भेदभाव र असमानतालाई अन्त्य गर्ने आर्थिक–सामाजिक रूपान्तरण गर्ने नीति तथा कार्यक्रमका साथ तदनुरूप नयाँ समाज निर्माण गर्नुपर्ने हुन्छ । विगतको अप्रिल क्रान्तिबाट राजनीतिक स्वतन्त्रता र लोकतन्त्र प्राप्त गरे पनि यो अझै पूर्ण छैन । समाजवादी क्रान्तिको अगुवाइ कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्रै सम्भव छ ।
वर्तमान पुँजीवादी राज्य सत्तामा जनताको अभिमतका साथ सरकारको नेतृत्व गरेर सरकारमार्फत आर्थिक–सामाजिक रूपान्तरण गरी समाजवादी क्रान्तिको आधार निर्माण गर्न सकिने प्रचुर सम्भावना छ । यसै सन्दर्भमा गत २०७४ को निर्वाचनमा वामपन्थीले झन्डै दुईतिहाइ जनमतका साथ सरकार निर्माण गर्ने अवसर प्राप्त भएको थियोे तर सरकारमा पुगेपछि सरकारको नेतृत्व गरेका केपी ओलीले पार्टी र सरकार सञ्चालनमा माक्र्सवादी लेनिनवादी सिद्धान्तविपरीत व्यक्तिवादी, दक्षिणपन्थी अवसरवादी र विसर्जनवादी सोच, चिन्तन र प्रवृत्तिका गतिविधि अगाडि बढाएर संसद् नै विघटन गरेपछि दुईतिहाइ जनमत प्राप्त गरेको सरकार विघटन भयो र राजनीतिक हिसाबले एकताबद्व भएको कम्युनिस्ट पार्टी पनि विभाजित बन्न पुगेको छ ।
खर्चिलो निर्वाचनका कारण राज्यसत्तामा श्रमजीवी वर्ग होइन, पैसावाल पुग्ने स्थिति हुँदै छ । जब निर्वाचनबाट पैसावाल पुँजीवादीले विजय हासिल गर्न थाल्दछन् भने क्रान्तिका उपलब्धि समाप्त हुन्छन् र प्रतिक्रान्तिको सुरुवात हुन्छ । अबको समाजवादी क्रान्तिले विल्कुलै नयाँ ढङ्गको अर्थतन्त्र निर्माण गर्ने दिशालाई पक्रनु पर्दछ । अनुत्पादक दलाल पुँजीवादलाई नियन्त्रण गरेर राष्ट्रिय पुँजी विकास गरी अर्थतन्त्रमा राज्यको भूमिका अभिवृद्धि गरेर शिक्षा, स्वास्थ्य, खाद्यान्न, आवास, सार्वजनिक यातायात सेवालाई निःशुल्क र सर्वसुलभ बनाउन जरुरी छ । स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको जगमा मात्रै सामाजिक न्याय र समृद्धिसहितको समाजवादी अर्थतन्त्र निर्माणको आधार तयार हुनेछ । यसका लागि विद्यमान पुँजीवादी उत्पादन पद्धतिलाई परिवर्तन गरेर नयाँ ढङ्गको उत्पादन पद्धतिको विकास गर्नुपर्दछ ।
यस्तै सार्वजनिक संस्थानहरूमा तीनवटै तहका सरकारको स्वामित्वसहित पालिका स्तरसम्म सेवा विस्तार गर्ने गरी पुनर्संरचना गर्नु पर्दछ । यस्तै देशको प्राकृतिक स्रोतसाधन, जलस्रोत, वनजङ्गल, खनिज खानीको उत्खनन र परिचालनमा समुदाय र राज्यको स्वामित्व हुने गरेर औद्योगिकीकरण थालनी गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र व्यापक रोजगारीका अवसर सिर्जना गरी आर्थिक विकास र समृद्धिसहितको समाजवादी यात्रालाई सहज बनाउन सकिन्छ । यसैगरी राष्ट्रियताको संरक्षण र संवद्र्धन गर्न सीमा अतिक्रमण नियन्त्रण र सीमा सुरक्षा, विदेशी नागरिकले जथाभावी नागरिकता पाउने व्यवस्थामा नियन्त्रण गर्न कठोर नीतिको अवलम्बन, विगतका असमान सन्धि सम्झौता खारेजी तथा पुनरवलोकन र नेपाल कुनै सैन्य गठबन्धनमा संलग्न नहुने असंलग्नता र पञ्चशीलको सिद्धान्तको पालनामा दृढ प्रतिबद्धता कायम गरेर मात्रै स्वाधीन, स्वतन्त्र र आत्मनिर्भर देश बनाउन सकिन्छ ।
लेखक नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य हुनुहुन्छ ।