शैक्षिक उन्नतिको अभिभारा
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको लगानी वा अनुदानमा सञ्चालित विद्यालय सामुदायिक विद्यालय हुन् । पछिल्लो तथ्याङ्क अनुसार यस्ता विद्यालयको सङ्ख्या २७८९० रहेको छ जुन कुल सञ्चालित विद्यालय सङ्ख्याको ८० प्रतिशत हुन आउँछ । त्यस्तै ३६४९८ प्रारम्भिक बालविकास केन्द्र÷पूर्व प्राथमिक कक्षामध्ये सरकारी अनुदानमा सञ्चालन भएका बालविकास केन्द्र (कक्षा) को सङ्ख्या ३०४५० रहेको छ जुन कुल सङ्ख्याको ८३ प्रतिशत हुन आउँछ । प्रारम्भिक बालविकास÷पूर्व
प्रमाणीकरण हुनु पर्छ नागरिकता विधेयक
संविधान आफैँ सक्रिय हुने चिज होइन, यसलाई उपभोक्ताले सक्रिय गराउने हो । संविधानको हरेक धारामा उपभोक्ता हुन्छन् । ती उपभोक्ता फरक फरकका पनि हुन सक्छन् । कुनै उपभोक्ता नागरिक हुन्छन् भने कुनै उपभोक्ता राज्यका अङ्ग वा सरकार हुन्छन् । राज्यको सर्वोच्च पदाधिकारीका रूपमा राष्ट्रपति रहेका हुन्छन् भने राज्यको महìवपूर्ण अङ्गका रूपमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका साथै संवैधानिक अङ्ग रहेका छन् । यी सबैले इमानपूर्वक निष्पक्ष भएर संवि
समाचारको विश्वसनीयतामा प्रश्न
फागुन ११ गते सोमबार काठमाडौँबाट संयुक्त अरब इमिरेट्सका लागि उडेको फ्लाई दुबई विमानको इन्जिनमा समस्या आएको विषयलाई नेपालका अनलाइन मिडियाले आफूखुसी व्याख्या गरेर समाचार बनाए । कतिपयले विमानमा आगो लागेको, इन्जिन फेल भएको र विमान दुर्घटनासमेत लेख्न भ्याए । ती मिथ्या सूचना डडेलोसरी क्षणभरमा फैलियो । कतिपय मिडियाले ती समाचार अहिले हटाएका छन् । सीमित अनलाइन मिडियाले मात्र नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई कोट गरेका थिए ।
भ्रष्टविरुद्ध जनमत
समाज विविधतायुक्त हुन्छ । एउटै प्रकृतिका मानिस सबै हुँदैनन् । सबै मानिसबाट समान व्यवहार, आचरण र चालचलनको अपेक्षा गर्न सकिँदैन र हुँदैन पनि । सदाचारी, भ्रष्टाचारी, क्षमतावान्, क्षमताहीन, समाजसेवी, स्वार्थी आदि सबै खाले मानिस समाजमा भेटिन्छन् । कथनी र करनी एउटै भएका र बोल्ने एउटा गर्ने अर्कै स्वभाव भएका एउटै समाजमा रहेका हुन्छन् । अरूको पीडामा सँगसँगै रुने र अरूको दुःखमा रमाउने दुवै स्वभावका मानिसले समाज बनेको हुन्छ । रामराज्यमा त सीतालाई अन्याय हुन पुगेको थियो भने कलियुगको नेपालमा न्यायै मात्र मिल्छ भन्ने अपेक्षा सायदै कसैले गरेको होला ।
व्यावहारिक र सिपमूलक शिक्षा
मुलुकमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । विद्यालय भर्ना अभियानदेखि पठनपाठनका नयाँ नयाँ पद्धति घोषणा भएको छ । हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय शिक्षाको विकासका लागि जनाइने प्रतिबद्धता र प्रचारका लागि सार्वजनिक गरिएका योजना कहीँ कतै कार्यान्वयनमा आएका हुँदैनन् । सामुदायिक विद्यालयमा सरकारी लक्ष्य अनुरूप विद्यार्थी टिकाउने र बढी भर्ना गर्नुपर्ने बाध्यता, निजी विद्यालयलाई पनि बढीभन्दा बढी विद्यार्थी आकर्षित गरी बढी कमाउने आकाङ्क्षा हुन्छ ।
सामुदायिक घरवासको नालीबेली
विगत पाँच दशकभन्दा पहिले गाउँघरमा सरकारी कर्मचारीलगायत मानिस कुनै नयाँ गाउँमा पुग्दा बास बस्न र खाने ठाउँ प्राप्त गर्न निकै ठुलो समस्या थियो । नाता, साथीभाइ वा मित लगाएर भए पनि बासको बन्दोबस्त गर्नु पथ्र्यो । अहिलेको जस्तो रिसोर्ट, होटेल तथा लजलगायत घरवास कार्यव्रmमको प्रचलन थिएन ।
जडीबुटी सदुपयोगबाटै समृद्धि
जडीबुटी तथा सुगन्धित वनस्पति स्रोतको उचित प्रवर्धनबाट मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने सम्भावना छ । भौगोलिक तथा जैविक हिसाबले निकै विविध मात्र नभई धनी हुँदाहुँदै पनि यहाँका प्राकृतिक स्रोतको समुचित उपयोग हुन नसकी उच्चतम प्रतिफल लिने सम्भावनाबाट निकै पछाडि परेका छौँ । जडीबुटी तथा सु
भाषा, शैली र व्यवहारमा गोरखापत्र
गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष पुगेको छ । पाठक वृन्दका यसबारे नितान्त व्यक्तिगत, ऐतिहासिक अनुभूति र संवेग होलान् । यसैमा गोरखापत्रका महायात्रामा पङ्क्तिकारका मनमा पनि केही स्मरण र संवेग जोडिएका छन् । मोफसलले आधिकारिक दस्ताबेज मान्छ गोरखापत्रलाई । झन् मोरङको विराटनगरसँग भावनात्मक साइनो नै छ गोरखापत्रको ।
चतुर्याइँले मौलाएको फल
यथा चित्तं तथा वाचो यथा वाचस्तथा क्रियाः ।चित्ते वाचि क्रियायांच साधुनामे क्रूपता ।।सज्जनको चित्त जस्तो हुन्छ त्यस्तै बोल्छन् र कर्म गर्छन् । जस्तो कर्म गर्छन् त्यस्तै चित्त दशा र कर्मको परिणाम प्राप्त गर्छन् । त्यसैले भिन्नता छ– सज्जन स्वभाव हुनु र चतुर्याइँ गर्नुमा । एउटा कम्पनीका मालिकले आफ्ना दस जना कर्मचारीलाई एउटा गमला र केही फूलका बिउ दिएर १५ दिनको दिनमा कार्यालयमा गमलासहित हाजिर हुने गृहकार्य दिए । उनले भने– जसको बिरुवा राम्ररी हुर्केको र फुलेको हुन्छ, ऊ उत्कृष्ट छानिन्छ र क्रमशः सबैलाई उत्कृष्टताको आधारमा पुरस्कृत गरिन्छ । सबै कर्मचारी राजी भए । घरमा गए, गमलामा माटो र मल मिसाएर बिउ रोपे । दैनिक रूपमा पानी दिन थाले, राम्रो र उत्कृष्ट हुनका लागि नियमित मेहनत गर्न थाले । तीमध्ये अमेशको आफ्नो गमलामा बिउ नै नउम्रेको र जति मलजल गर्दा पनि कुनै अङ्कुरण नभएको कुरा श्रीमतीलाई बताए । श्रीमतीले भनिन्– ठिक छ नि आफ्नो मेहनत गर्नुभएको छ, १५ दिनसम्म त उम्रेला र बढ्ला । तीन–चार दिनपछि अमेशले कार्यालयका आफ्ना साथीलाई सोधे– तपाईंहरूको गमला कस्तो भइरहेको छ ? सबैले भने– हाम्रो त एकदम राम्रोसँग बिरुवा हुर्कंदै छ । अब केही दिनमा त ढकमक्क फूल पनि फुल्छ होला । उनी मनमनै खिन्न भए । घरमा गएर फेरि श्रीमतीलाई सबै कुरा बताए, सबैको बिउ उम्रियो मेरो मात्र किन नउम्रिएको होला ? श्रीमतीले जवाफ दिइन्– तपाईंले पाएको बिउ नउम्रने प¥यो होला नत्र अरूको उम्रिँदा तपाईंको किन उम्रेन त ? उनले भने– होइन हाकिम साहेबले सबैलाई एकै किसिमको बिउ दिनुभएको हो । दैनिक गमलामा पानी हाल्थेँ, यसो खनेर हेर्थें, बिउ त जस्ताको तस्तै थियो । उनले भने– अब जे हुने होस् मैले सकेको गरेकै छु, बिउ नै उम्रेन त म के गरूँ ? हाकिमले दिएको म्याद पूरा भयो, १५ दिनको दिन सबै आ–आफ्ना गमला लिएर सभा हलमा हाजिर भए । अमेशको बाहेक सबैको गमला हराभरा, रङ्गीचङ्गी फूल फुलेर आकर्षक थिए । सबैले खुसी हुँदै आफ्ना गमला आफ्नो अगाडि राखेर को उत्कृष्ट हुन्छ होला भनेर घोषणाको प्रतीक्षामा थिए । अमेश भने सुक्खा, केही नउम्रेको गमला आफ्नो पछाडि राखेर लाजले शिर निहुराई बसे । हाकिम साहेब आए, सबैको अनुहारमा हेरे, सबैका गमला देखेर हा“से । उनी स्टेजमा पुगे र घोषणा गरे, यो प्रतियोगितामा पहिलो र उत्कृष्ट पुरस्कार जान्छ अमेशलाई ।सबै आश्चर्यमा परे, कसरी, जसको बिउ नै उम्रेको छैन ऊ कसरी उत्कृष्ट ? हामीले यति राम्रा फूल फुलाएर ल्याएका छौँ । सबले चर्को स्वर गरेर यो न्यायपूर्ण भएन भनेर आवाज उठाउन थाले । हाकिम साहेबले सबैलाई चुप लाग्न भने र फेरि पनि उद्घोष गरे कि अमेश नै उत्कृष्ट कर्मचारी हुन् । उनले भने– तपाईंहरू सबैले सुन्नुस्, मैले सबैलाई एकैनासको बिउ दिएको थिए“ र ती सबै भुटेका बिउ थिए, उम्रिने सम्भावना नै थिएन तर तपाईंहरू सबैको बिउ उम्रेर रङ्गीचङ्गी फूलहरू कसरी फुले ? किनकि तपाईंहरूले चतुर्याइँ गर्नुभयो । सायद दुई–तीन दिनमा बिउ उम्रेन अनि बजारबाट अर्को बिउ ल्याएर रोप्नुभयो । सबै मुखामुख गर्न थाले र शिर निहुराउँदै स्वीकार गरे । हाकिम साहेबले भने– मैले बिउमार्फत तपाईंहरूको इमानदारीको परीक्षा लिन खोजेको थिएँ चतु¥याइँको होइन तर तपाईंहरूले आफ्नो चतु¥याइँ पुष्टि गर्नुभयो । जे छ, जस्तो छ त्यसमा आफ्नो मेहनत लगाउनु र इमानदार बन्नु उत्कृष्ट बन्नु हो । चतुर्याइँले कुनै हदसम्म अरूलाई झुक्याउन सकिएला तर आफैँलाई झुक्याउन कठिन हुन्छ र जसले तपाईंको परीक्षा लिनेवाला छ, उसले त सहजै इमानदारी र चतु¥याइँ छुट्याउन सक्दछ । आजकल समाजका अनेक क्षेत्रमा यस किसिमका चतु¥याइँका परिणाम धेरै देख्न र सुन्न पाइन्छ । चतु¥याइँको परिणाम अरूलाई देखाउन र आफू उत्कृष्ट हुनमा काम आएको जस्तो लागे पनि आन्तरिक रूपमा यस्तो स्वभावले सन्तोष दिँदैन । चतु¥याइँका कारण जहाँसुकै झुटो बोल्नुपर्ने, आफ्नो अस्मिता गुमाउनुपर्ने र अन्त्यमा आएर आफैँमा पश्चातापको स्थिति आइलाग्छ । अरूकै लागि, अरूलाई नै देखाउनका लागि बहिर्मुखी स्वभावमा जिउने आदतले गर्दा स्वसत्ता नै बिर्सिंदै गएको छ मानिसले । आफ्नो मूल्याङ्कन अरूले गरिदिने होइन, स्व–मूल्याङ्कन हुनु पर्छ । आदत नै बनाउनु छ त जतिसक्दो प्राकृतिक स्वभावमा जिउने, अस्तित्वको सृष्टिप्रति प्रेम गर्ने, धन्यवादमा जिउने, आफूसँग जे उपलब्ध छ त्यसमा खुसी हुने र अरूसँग तुलना नगर्ने आदत बसाल्न सक्नु पर्दछ । कसैलाई अर्ति दिनु र उसँग अपेक्षा गर्नुअघि आफूले व्यवहारमा उतार्नु पर्दछ । एक दिन भगवान् बुद्धको शरणमा एक महिला आइन् र भनिन्– भगवान् मेरो छोराको सक्खर खाने आदत छुटाइदिनुप¥यो । हामीले घरमा भनेर त मान्दैन हजुरले भनेपछि यसले नमानेर हुन्छ र ? भगवान् बुद्धले एकछिन सोच्नुभयो र भन्नुभयो– तपाईं १५ दिनपछि मकहाँ आउनुस् न है । महिलाले भनिन्– १५ दिनसम्म त यसले अरू बढी सक्खर खान्छ र झन् बिरामी हुन्छ भगवान्, अहिले नै बताउन मिल्दैन ? भगवान् बुद्धले भन्नुभयो– १५ दिनपछि आउनू जे बताउनुपर्छ म बताउँछु । नभन्दै १५ दिनपछि तिनै महिला आफ्ना छोरालाई लिएर भगवान् बुद्धकहाँ आइन् । भगवान् बुद्धले बालकको शिरमा हात राखेर भन्नुभयो– बाबु भोलिदेखि सक्खर नखानु है । बालकले टाउको हल्लाएर सहमति जनाए । ती महिलाले भनिन्– भगवान् यही कुरा त मैले १५ दिन अगाडि नै भन्दिनुस् भनेको थिए“ त, आजसम्म त यसको आदत छुट्थ्यो होला नि ! भगवान् बुद्धले हा“स्दै भन्नुभो– हे माता १५ दिनअघि मलाई पनि थाहा थिएन मानिसले सक्खर छोड्न सक्छ कि सक्दैन । यो १५ दिन मैले पनि अभ्यास गरेँ सक्खर छोड्ने । आदत बस्यो भने नभन्दै सकिँदो रहेछ । बल्ल त मैले आफ्नो व्यावहारिक प्रयोगले बालकलाई सम्झाउन सकेँ ।भावना कि मस्तिष्क ?धेरै चतुर व्यक्ति मस्तिष्कको सोचाइले काम लिन्छन् । त्यसैले उनीहरूको भावना कठोर हुन्छ । सहज व्यक्ति चतुर होइन, प्रेमिल हुन्छन् । यस्ता व्यक्तिले जे गरे पनि राम्रो सफलता हात पार्छन् । चतुर व्यक्तिहरू खुसी र सफल हुनका निम्ति अरूलाई उपयोग गर्छन् । भावनात्मक व्यक्तिहरू अरूको भावना बुझेर बोल्ने, कर्म गर्ने र नजिक हुने गर्छन् । सहयोग दिनु उनीहरूको स्वभाव हुन्छ । भावनात्मक व्यक्तिहरू खुलेर बोल्छन्, सहायता लिन्छन् र दिन्छन् पनि । कर्म र मेहनतको महत्व बुझ्छन् । चतुर व्यक्तिहरू आफ्ना सानातिना कर्मको महìव देख्दैनन् र अति सोचनीय हुन्छन् । शङ्का, भय, दरिद्रता यिनका स्वभाव बन्छन् तर भावनात्मक व्यक्तिहरू आफैँलाई बुझ्ने, आफैँसँग सत्यवान रहने र लिएका सङ्कल्प पूरा गर्ने स्वभावका हुन्छन् । चतुर व्यक्तिलाई समाजले उसको पहिरन र हाउभाउको परिचय दिएका हुन्छन् भने असल व्यक्तिको परिचय भनेकै इमानदारिता र सत्यता हो, त्यसको सबैले उच्च सम्मान गरेका हुन्छन् । चतुर व्यक्तिले पाइलैपिच्छे अरूलाई झुक्याउने प्रयास गरेको हुन्छ । इमानदार व्यक्तिलाई कसैको सम्मान र प्रख्यातिको अपेक्षा हुँदैन तर समाजले उनीहरूको इमानदारीको सम्मान गरेको हुन्छ । इमानदार व्यक्ति आफ्नो अन्तरहृदयको विश्वासलाई लिएर अघि बढेका हुन्छन् । जे बोल्छन् त्यो गर्छन् र जे गर्न सक्छन् त्यो मात्र बोल्छन् ।इमानदार व्यक्ति आफ्नो अन्तरहृदयको विश्वासलाई लिएर अघि बढेका हुन्छन् । जे बोल्छन् त्यो गर्छन् र जे गर्न सक्छन् त्यो मात्र बोल्छन् । इमानदार हुनु आफैँमा स्वस्थ, मस्त, आनन्दित, प्रफुल्लित, निस्वार्थ र सत्यवान भएर जिउने रोजाइ हो । शारीरिक स्वास्थ्यप्रति जति सजगता बढेको छ त्यति नै मानसिक र भावनात्मक स्वास्थ्यको ख्याल राख्ने हो भने मानिस इमानदारिताको यात्रामा अघि बढिरहेको हुन्छ । परम नियमको सन्तुलनलाई ख्यालमा राखेर जीवनका बहुआयाममा सन्तुष्ट रहने कला इमानदार व्यक्तिको गुणवत्ता हुन्छ । आध्यात्मिक रूपले इमानदार व्यक्ति नै जीवनका बारेमा स्पष्ट हुन सक्छ, लक्ष्य बोध गर्न सक्छ, करुणा, विनम्रता, प्रार्थना र आत्म जागरुकताका साथ विधायकताको जीवन बाँच्दछ । इमानदारिताको गुणलाई साँध्न सक्नु जत्तिको सफलता अरू के हुन सक्ला जीवनमा ?लेखक स्वतन्त्र सामाजिक परामर्शदाता हुनुहुन्छ ।
दृढ इच्छाशक्तिको अभाव
नेपालमा आन्तरिक सशस्त्र द्वन्द्वको पृष्ठभूमिपश्चात् संविधान सभाको चुनाव भयो । नेपाल संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा गयो । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुभयो । सबै राजनीतिक दल तथा दलका नेता आलोपालो पटकपटक देशको प्रधानमन्त्री पनि भए । यो क्रान्तिले देशमा विधिको शासन, सबैका लागि मानव अधिकार, सुरक्षा, नागरिक स्वतन्त्रता, आधारभूत विकास र शान्ति स्थापनाका साथै महत्वपूर्ण परिवर्तनको विषय नेपालको संविधान र कानुनमा समेत सुनिश्चित गरिए ।
सरकारको गतिशीलता
प्रधानमन्त्रीमा आफ्नो नाम सिफारिस हुनासाथ प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्मचारीलाई “आफ्ना लागि बालुवाटार (प्रधानमन्त्रीको सरकारी निवास) मा कुनै पनि नयाँ सामग्री नकिन्न” निर्देशन दिनुुभएको थियो । प्रधानमन्त्रीको शपथ खानेबित्तिकै उहाँले “मलाई काम गर्न दिनुस्, बधाई भनेर नअल्मल्याउनुहोला । मसँग समय थोरै छ । योबिचमा केही देखिने गरी काम गर्नु छ । कामका आधारमा पछि बधाई र माला, खादा लगाइदिनुहोला” भनेको समाचार त्यतिबेला प्राथमिकताका साथ प्रकाशित भएको थियो । सँगसँगै प्रधानमन्त्रीले “आफूले यो अवधिमा भाषण कम र काम बढी गर्ने” पनि भन्नुुभएको थियो ।लामो समयदेखि भाषण सुन्नमा मात्र अभ्यस्त हाम्रा लागि गरिबी, पछौटेपन र अभाव नियति नै बनेको देखिएको छ । यसलाई चिर्नु वर्तमान सरकारको कर्तव्य पनि हो । यसैकारण प्रधानमन्त्रीले आफूलाई नअल्मलाउन भनेको हुनु पर्छ । हाम्रो विकास, सुशासन र समृद्धिको यात्रा भने अझै पनि धिमा गतिमा नै छ । सरकार आउने–जाने व्रmम निरन्तर भए पनि जनताको जीवनस्तर भने सधैँ उही र उस्तै रह्यो । यसकारण गत मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एउटै दललाई जनताले विश्वास गरेनन् । मिलिजुली संयुक्त सरकार बनाउने जनादेशसहित सदस्य निर्वाचित भए । सरकार देखियोअफ्रिकी नेता नेल्सन मन्डेलाले भन्नुुभएको थियो, “सङ्कटमा सरकार देखिनु पर्छ ।” संयुक्त सरकारसँग आफ्नो स्पष्ट बहुमत हुँदैन । यसैकारण सहयात्रीलाई सँगसँगै लिएर हिँडाउनुपर्ने बाध्यताका कारण प्रायः यस्तो सरकारको गति धिमा नै हुन्छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकार आधा दर्जनभन्दा बढी दल मिलेर बनेको छ । एकल बहुमतको सरकार पनि पूरा अवधि टिक्न नसकी बिचैमा संसद् विघटन गरी निर्वाचनमा जानु परेको विगत हामीसँग साक्षी छ । संयुक्त सरकारमा सम्मिलित सबै दलको उद्देश्य र कार्यशैली फरक फरक छ । कर्मचारी र सरकार एकअर्काका परिपूरक हुन् । बैरी होइनन् । सरकारले नीति बनाउने कर्मचारीले लागु गर्ने हो । यस अर्थमा कर्मचारीले सरकारसँग लय मिलाउनु पर्छ भनिएको हो ।मन्डेलाले भनेअनुसार यतिबेला ढिलै भए पनि सरकार देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारका पछिल्ला गतिविधि र सव्रिmयता प्रशंसनीय छन् । लामो समयदेखि आमजनताले चाहेको भ्रष्टाचारविरोधी अभियान र सुशासनका सवालमा सरकार लागिपरेको देखिन्छ । यसबिचमा ढिलै भए पनि सरकार जुन गतिमा अघि बढेको छ, त्यो प्रशंसनीय र आशालाग्दो छ । केही दृष्टान्तसरकार गठनको सुरुमा नै सूत्र-सुराकी परिचालनको नाममा गृहमन्त्री र गृह मन्त्रालयका सचिवले रकम बुझ्ने प्रावधान खारेज गर्दै आर्थिक अनियमिततालाई रोकेर सरकारले हुने बिरुवाको चिल्लो पात देखाइसकेको छ । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०४७ जेठदेखि गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा लिँदै आएको रकम खारेजसम्बन्धी प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत गराउनुुभएको छ । यसबाट लेखा परीक्षणको दायरामा समेत नआउने गरी मन्त्री र सचिवबाट ३२ वर्षदेखि सुराकी परिचालनको आवरणमा भइरहेको सरकारी रकमको दुरुपयोग रोकिएको छ । यसअघि बिनाबिल र बिनाभर्पाइ सुराकीका नाममा करोडौँ रकम भुक्तानी हुने गर्दथ्यो । २०४६ को राजनीतिक परिवर्तनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारका पालादेखि नै सूत्र÷सुराकीको आवरणमा गृहमन्त्री र गृह मन्त्रालयका सचिवले सरकारी ढुकुटीबाट २४ करोड ५० लाख रुपियाँ नगद बुझ्दै आएका थिए । २०४७ जेठयता मन्त्री र सचिवले दैनिक रूपमा असीमित रकम सुराकी परिचालन शीर्षकमा बुझ्दै आएका थिए । त्यसको तीन वर्षपछि २०५० जेठ १३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रीपरिषद्ले त्यसलाई संस्थागत गर्दै सुराकी परिचालन शीर्षकमा गृहमन्त्रीले एक पटकमा ५० हजार र सचिवले २० हजार रुपियाँसम्म खर्च गर्न पाउने निर्णय गरेको थियो । २०४७ सालयता बनेका ३१ गृहमन्त्री र ३० गृहसचिवले साढे २४ लाख रुपियाँ यही शीर्षकमा बुझेका छन् । यसमध्ये सबैभन्दा बढी २०६२÷६३ मा गृहमन्त्रीले एक करोड १९ लाख ३९ हजार रुपियाँ र गृहसचिवले आव २०७८-७९ मा ९२ लाख ९७ हजार रुपियाँ भुक्तानी लिएका थिए । नक्कली भुटानी प्रकरण उदाङ्गिँदैसरकारले यसअघि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने अवैध धन्दामा संलग्न गिरोहको खोजी गर्दै छ । कतिपय व्यक्ति त अनुसन्धानका व्रmममा समातिइसकेका पनि छन् । यसरी समातिनेमध्ये राज्यका उपल्लो ओहोदामा पुगिसकेका कर्मचारी, राजनीतिज्ञ र तिनका परिवारका सदस्य पनि छन् । राज्य संयन्त्र र यसका वरिपरि बसेर अवैध धन्दा गर्नुलाई सत्ताको दुरुपयोग भन्न मिल्छ । सेतो रङलाई राज्यको शक्ति केन्द्र र ठूलाबडाको पहिचानको रङका रूपमा स्थापित गर्ने अमेरिकी प्रयासलाई नेपालले पनि नक्कल गरेको छ । यसैका आधारमा सत्ताको आवरणमा गरिने अवैध कामधन्दालाई ‘ह्वाइट कलर क्रम ’ भन्ने चलन अद्यापि छ । हामीकहाँ विगत दशकदेखि नै कुनै न कुनै रूपमा यस्तो धन्दा गर्नेहरूमध्ये सत्ता र उसैका वरिपरि घुम्ने पात्रहरूकै बाहुल्य देखिएको छ । कतै लहरो तान्दा पहरो गर्जने त होइन ? विगतको वाइड बडी, सेक्युरिटी प्रेस खरिद, बालुवाटार जग्गा प्रकरण झैँ यो प्रकरण सामसुम हुन पनि बेर लाग्ने छैन । सामसुम मात्र होइन, अनुसन्धानका नाममा खासै केही फेला नपरेको भनी सफाइ दिन पनि बेर लगाइने छैन । यसो भयो भने हाम्रा लागि ठूलो दुर्भाग्य हुनेछ । आगामी दिनमा संस्थागत भ्रष्टाचार थप मौलाउँदै जाने छ । यसो नहोस् भन्नका लागि चारैतिरबाट खबरदारी गर्न जरुरी छ । सरकारलाई सबैले साथ र सहयोग दिनु पर्छ । सरकारले वैदेशिक रोजगारीबाट आउने नेपाली नागरिकले आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । मन्त्रीपरिषद्को बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारबाट स्वदेश फर्किने नेपालीले पाउँदै आएको कष्ट अन्त्य भएको छ । अप्ठेरोमा यसरी सरकार देखिनु आवश्यक पनि छ । यसअघिको व्यवस्था अनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो । सो व्यवस्थाका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कैयौँ मोबाइल खोसिने गरेका थिए । अब आफूले चलाइरहेको मोबाइल र अर्को थप एक वटा मोबाइल ल्याउन पाइन भएको छ । सरकारको सम्झनायोग्य यो अर्को काम हो ।मिटरब्याजबाट पीडित नागरिक केही समयअघिदेखि यसको अन्त्यका लागि आन्दोलन गर्दै आएका थिए । उनीहरूले प्रधानमन्त्रीसमेतलाई भेटी मिटरब्याजीलाई कारबाहीका लागि हारगुहार गरेका थिए । सरकारले मिटरब्याज असुल गर्नेहरूलाई कारबाहीका लागि कानुन बनाउन थालेको छ । त्यसै गरी विदेशी कम्पनीलाई नेपालीको गोप्य सूचना रहेको परिचयपत्र रुजु गर्न पाउने नियम र ठेक्का खारेज गरेर जनताको सार्वभौम अधिकार र गोपनीयताको संरक्षण गरेको छ । अप्ठेरो अवस्थामा सरकारको उपस्थिति प्रशंसनीय छ । कर्मचारीसँग अपेक्षानक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव र गृहमन्त्री पनि अनुसन्धानका क्रममा पक्राउ परेका छन् । राजनीतिक नेतृत्व सबै विषयमा निपुण हुँदैन । उनीहरूलाई विद्यमान ऐन, कानुनका आधारमा उचित परामर्श दिने जिम्मेवारी कर्मचारी तन्त्रको हो । फेरि कथंकदाचित नेतृत्वले कुनै अप्रिय वा नियमसँग बाझिने गरी निर्णय गरिहालेमा त्यसलाई कार्यान्वयन नगर्ने अधिकार कर्मचारीसँग रहन्छ । तसर्थ यस विषयमा नेतृत्वलाई बेलैमा सजग गराउने र मौजुदा ऐन, नियमका आधारमा अवलम्बन गर्नुपर्ने पक्षबारे बताइदिने काम कर्मचारीतन्त्रकै हो । हामीकहाँ उच्च स्तरका कर्मचारी नै अवैध धन्दामा लागेर पक्राउ परेको अवस्था छ । कर्मचारी र सरकार एकअर्काका परिपूरक हुन् । बैरी होइनन् । सरकारले नीति बनाउने र कर्मचारीले लागु गर्ने हो । यस अर्थमा कर्मचारीले सरकारसँग लय मिलाउनु पर्छ भनिएको हो । सरकार भनेको राजनीतिक दल नै होइन । सरकारलाई सघाउनु भनेको सरकार सम्बद्ध दलको भक्त हुनैपर्ने भन्ने होइन । यहाँ यो नभएसम्म न जिम्मेवारी पद पाइन्छ न मागेको ठाउँमा सरुवा बढुवा । अहिलेको मूल समस्या नै यही हो । सरकार र कर्मचारी प्रशासनबिचको सम्बन्धबारे भारतका प्रसिद्ध पूर्वप्रशासक तथा चीनका लागि भारतीय पूर्वराजदूत आरके नेहरूका अनुसार भारतमा ब्रिटिस सरकारको पालामा कर्मचारीलाई तीन समूहमा विभाजन गरिएको थियो । मन्त्रीले भनेको कुरालाई बिनाकुनै प्रश्न मान्ने कर्मचारी ‘ए’ वर्गमा, मन्त्रीले भनेको कुरामा असहमति जनाउने तर काम चाहिँ मन्त्रीले भने अनुरूप नै गर्ने ‘बी’ र मन्त्रीले भनेको गर्न नमिल्नेलाई कानुनी तर्कसहित मिल्दैन भन्ने र गर्दै नगर्ने कर्मचारीलाई ‘सी’ वर्गमा विभाजन गरिएको थियो । त्यो बेला सी वर्गका कर्मचारी निकै पीडित हुन्थे । नेपालमा त्यसरी प्रत्यक्ष रूपमा वर्ग विभाजन गरेको त पाइँदैन तर काम गर्ने सवालमा विभेदकारी व्यवहार भने देखिन्छन् । यसैकारण केही अपवादबाहेक उच्चपदस्थ कर्मचारी पनि नियम, कानुनलाई पर्वाह नगरी राजनीतिक नेतृत्वसँग नजिक हुने बाहनामा ‘हुन्छ हजुर’ भइदिने चलन छ । सम्भवतः नक्कली भुटानी शरणार्थीसम्बन्धी पछिल्लो प्रकरणमा पूर्वगृहसचिवको गिरफ्तारी यसैको उपज हुन सक्छ । लेखक पूर्वप्रशासक हुनुहुन्छ ।
संसदीय सोचको खोजी
निर्वाचित संसद्, सांसद र प्रजातन्त्रका विषयमा कुरा गर्नु पर्दा पूर्वसभामुख दमननाथ ढुङ्गानाले बारम्बार प्रयोग गर्नु हुने वाक्यांश हो पार्लियामेन्टरी टेम्परामेन्ट । उहाँका अनुसार संसद्लाई केही योगदान गरौँ र सार्थकता बढाऔँ भन्ने तन्मयता, निष्ठा र निपुणताको मूल चुरो नै पाार्लियामेन्टरी टेम्परामेन्ट हो । संसदीय सोच, समझ, आस्था वा मानसिकता नै पार्लियामेन्टरी टेम्परामेन्टको हो । सांसद हुने तर पार्टियामेन्टरी टेम्परामेन्ट चाहिँ नहुने अथवा बढाउने भुकाव तथा चेष्टा पनि नहुने हो भने त्यस्तो सांसद वास्तवमा कस्तो होला ? २०५६ भाद्रमा आयोजित संसदीय मूल्य र मान्यताको संवर्धनमा सांसदहरूको भूमिका विषयक विचार गोष्ठीमा उहाँले उक्त धारणा व्यक्त गर्नु भएको थियो । संसद्को विकास गरुँ, उचाइ बढाउँ भन्ने अन्तस्करण देखिको कामना, मनोवृत्ति सङ्कल्प र सबैले देख्ने बुझ्ने गरी आचरणमा प्रकट हुने व्यवहार, मान्यता र मर्यादा नै पार्लियामेन्टरी टेम्परामेन्ट हो । पूर्वसभामुखको उपरोक्त भनाइ अनुसार सङ्घीय संसद् र सांसदमा पार्लियामेन्टरी टेम्परामेन्ट देखिन्छ त ? आमबुद्धिजीवीले प्रश्न गरिरहेको अवस्था छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको गत अधिवेशनमा २८ वटा बैठक बस्दासमेत सभाको नियमावली पारित गर्नुबाहेक ठोस कार्य हुन सकेको देखिँदैन । मिनि पार्लियामेन्ट भनिने विषयगत समिति अन्तिम समयमा गठन हुन पुग्यो भने संविधान बमोजिम नियुक्त हुने पदाधिकारीको सुनुवाइका लागि दुवै सदनको सदस्य रहने संसदीय सुनुवाइ समिति गठन हुन सकेन । बैठकमा गणपूरक सङ्ख्याको अभावमा कार्यसूचीमा रहेको विधेयक प्रस्तुत गर्ने जस्तो महìवपूर्ण कार्यसमेत यस अवधिमा अगाडि बढ्न सकेन । सभाका बैठकमा सदस्यले उठाएका विषयमा जवाफ दिन सरकारलाई सभामुखले पटक पटक ध्यानाकर्षण गराउनु परेको थियो । बैठकमा सदस्यले शून्य समय र विशेष समयमा महìवपूर्ण विषय उठाई सरकारको जवाफ खोज्ने भए पनि सरकारबाट त्यसको जवाफ दिने गरेको पाइँदैन । यदाकदा जवाफ दिन भनी सरकारका तर्फबाट प्रस्तुत भए पनि समग्रमा मन्त्रालयको प्रगति विवरणजस्तो प्रस्तुति भएको पाइन्छ । संसद् आफ्नो आचरण र व्यवहारबाट प्रथमतः आफैँ मर्यादित हुन सक्नु पर्छ । जनताको विश्वास बढेन भने यो संस्थाको उपादेयतामा प्रश्नचिह्न लाग्न सक्छ ।प्रतिनिधि सभामा नयाँ दलका रूपमा उदाएका दलका सदस्य साथै पुराना दलका केही युवा सदस्यले जोडदार रूपमा विकास निर्माणको सवाल, अर्थतन्त्रको अवस्था, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, सरकारी सेवा प्रवाह, शिक्षा स्वास्थ्यजस्ता आधारभूत सेवाको सहज पहुँच, श्रमिकका समस्यालगायत सुशासनका विविध पक्षमा आवाज उठाए पनि सरकारी पक्षबाट ती विषयमा जवाफ नआउँदा सदस्यले शून्य समयमा नबोल्ने भनी मौनधारणसमेत गरेका थिए । मुलुकको सर्वाेच्च जनप्रनिनिधिमूलक संस्था आफैँ समयबद्ध हिसाबले चल्न क्यालेन्डर बनाई लागु गरौँ, जसबाट संसदीय काम कारबाहीमा सहजता आउँछ, । सरकारले कुन विधेयक कुन समयमा ल्याउने, संसद्ले कति समय लगाई पारित गर्नेजस्ता विषयमा कार्य सहजता हुन्छ । संसद् निर्धारित समयमा सञ्चालन भएमा जनप्रतिनिधिलाई जनतासँग भेट गर्ने समय र संसद्मा काम गर्ने समय व्यवस्थित हुन्छ भनी सदस्यले संसद्मा आवाज उठाइरहे पनि सो अनुसार संसद्को तालिका निर्धारण हुन सकेको पाइँदैन । मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद्ले किन तदारुकताका साथ काम नगरेको होला । यसको सहज उत्तर हुन्छ पार्लियामेन्टरी टेमपरामेन्टको अभाव । संसद्को अधिवेशन वैशाख २४ गतेबाट सुरु भएको छ । यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा चिनिन्छ । सरकारको नीति कार्यव्रmम, बजेटको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा यस अधिवेशनमा छलफल हुने गर्दछ । विश्वका केही मुलुकमा सरकारी बजेट निर्माणपूर्व संसद्मा छलफल गरी सरकारलाई बजेट तथा नीति कार्यव्रmमको दिशा निर्देश गर्न यससम्बन्धी व्यवस्था पहिलेदेखि नै रहे पनि हाम्रो सन्दर्भमा २०६३ पछि यसको सुरुवात भएको पाइन्छ । पूर्वबजेट छलफलका रूपमा चिनिने यस किसिमको छलफल हाम्रो संसद्मा औपचारिकताका रूपमा मात्र निर्वाह हुने गरेको, हतार हतारमा छलफल गर्ने, दिइएका राय, सुझावलाई एकीकृत गरी संसद् सचिवालयले अर्थ मन्त्रालयमा पठाए पनि नीति कार्यव्रmम र बजेटमा समावेश नहुनेजस्ता गुनासा संसद् सदस्यको रहेको पाइन्छ । पूर्व सभामुख ढुङ्गानाका अनुसार संसद्को प्रभावकारिता बढाउन तीनवटा महìवपूर्ण विषय रहेका हुन्छन् । जसमध्ये पहिलो हो पार्लियामेन्टरी टेम्परामेन्ट अर्थात् संसदीय सोच समझ, दोस्र्रो हो सेन्स अफ रेस्पाेिन्सबिलिटी अर्थात् दायित्व बोध र तेस्रो हो प्रिभेन्सन एन्ड ट्रिटमेन्ट, रोकथाम र उपचार । संसद्को विकास गरुँ, उचाइ बढाँउ भन्ने अन्तस्करण देखिको कामना, मनोवृत्ति सङ्कल्प र सबैले देख्ने बुझ्ने गरी आचरणमा प्रकट हुने संसद् सदस्यको व्यवहार, मान्यता र मर्यादाले नै संसदीय प्रभावकारिता बढ्ने हुन्छ । त्यसैगरी संसदीय शील स्वभाव र उत्तरदायित्व बोध सदस्यमा रहनु पर्दछ । संसद् र संसदीय समितिमा नियमित उपस्थिति, सव्रिmयतापूर्वक छलफलमा भाग लिनु, विधेयकको अध्ययन, संशोधन, परिमार्जनमा योगदान गर्नु, जनताका सरोकारका विषयमा संसद् र सरकारको ध्यानाकार्षण गर्नु, सरकारलाई उत्तरदायी तुल्याउनु, स्वार्थ बाझिने समितिमा नरहनु, संसदीय आचरणको पालना गर्नु नै संसद् र सदस्यको दायित्व बोध हुन्छ । संसद्मा रोग लाग्नै नदिनु, रोग लागेको छ भने समयमै उपचार गर्नु नै निरोधात्मक अथवा उपचार पद्धति हो । प्रजातन्त्र आयो भनेर नतमस्तक हुनु हुँदैन । जसरी कुनै पनि बच्चा जन्मेपश्चात् पनि बाबु आमा ढुक्क हुन सक्दैनन्, त्यसै गरी प्रजातन्त्रमा पनि कुनै पनि बेला रोग लाग्न सक्छ त्यसको गम्भीरता बुझिएन भने त्यसले खाइदिन्छ । धेरै ठाउँमा प्रजातन्त्र आएका पनि छन् र अस्ताएका पनि छन् । त्यसैले संसद्को प्रभावकारिताका लागि समयमै रोग पहिचान गरी रोकथाम गर्ने साथै रोग लागिसकेको अवस्थामा उपचार गर्नुपर्ने भनी पूर्वसभामुखले बताउनु भएको थियो । संसद् आफ्नो आचरण र व्यवहारबाट प्रथमतः आफैँ मर्यादित हुन सक्नु पर्छ । जनताको विश्वास बढेन भने यी संस्थाको उपादेयतामा प्रश्न चिह्न लाग्न सक्छ । अतः बैठकमा सदस्यको उपस्थिति कम हुने, गणपूरक सङ्ख्या नपुग्ने, विधेयकमा छलफल नहुने, सिङ्गो अधिवेशन अवधिमा समेत एउटा पनि कानुन नबन्ने, सरकारले संसद्प्रतिको उत्तरदायित्व निर्वाह नगर्ने, सदस्यले शून्य र विशेष समयमा उठाएका सवालको जवाफ नदिने, प्रश्नोत्तरको अभ्यास नगरी अधिवेशनको अन्तमा टेबुल गर्नेजस्ता कमीकमजोरी हटाई हराएको पार्लियामेन्टरी टेम्परामेन्ट यस अधिवेशनले कायम गर्न सक्ला त ? लेखक सङ्घीय संसद् सचिवालयका सचिव हुनुहुन्छ ।
अनुसन्धानमा कृत्रिम बौद्धिकता
अनुसन्धान अध्ययनमा एआईको प्रयोग भविष्यमा निकै बढ्ने सम्भावना छ । जसले अनुसन्धानलाई छिटो, दुरुस्त र समयलाई घटाउन मद्दत गर्छ । एआईले पूर्वाग्रह राख्ने र गोपनीयताको अधिकार उल्लङ्घन गर्न सक्ने सम्भावना भने कायमै हुन्छ ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकता, मेसिन र मानिसमा रहेको बौद्धिकताको अनुकरण हो, जुन मानिसले जस्तै सोच्न, सिक्न, चित्र कोर्न, सङ्गीत भर्न, स्वर प्रदान गर्न, दृष्टिकोण निर्माण र उचित व्यवहार गर्नका लागि कम्प्युटरमा प्रोग्राम गरिएको हुन्छ । पछिल्ला वर्षमा धेरै अनुसन्धान अध्ययन कार्यमा एआईको प्रयोग बढ्दो र लोकप्रिय पनि भएको छ किनकि यसले ठुलो मात्रामा डाटा विश्लेषण गर्न सक्ने र अन्तर्दृष्टि प्रदान गर्ने क्षमता राख्छ । जुन परम्परागत अनुसन्धान विधिहरूको प्रयोगबाट आजको दिनमा सम्भव नहुन सक्छ । एआई प्रयोग गर्नुका फाइदाएआईले बिरामीको डाटा विश्लेषण गरी र व्यक्तिगत उपचार योजना विकास गर्न पनि मद्दत गर्न सक्छ । यसले अध्ययनमा प्रयोग गरिएका डाटाको ढाँचा र प्रवृत्ति पहिचान गर्न मद्दत गर्छ । अनुसन्धान अध्ययनमा एआईको प्रयोग गर्नाले हुने मुख्य फाइदा भनेको धेरै डाटा छिटो र सही रूपमा एआईको सबल पक्ष भनेकै विश्लेषण गर्ने क्षमता नै हो । परम्परागत अनुसन्धान विधिको प्रयोगबाट डाटा विश्लेषण कार्य गर्न महिनौँ वा बर्सौँ लाग्ने हुन्थ्यो तर एआईको प्रयोगले अहिले छिटो र दुरुस्त रूपमा सम्पन्न हुन्छ । अनुसन्धान अध्ययनमा एआई प्रयोग गर्नुको अर्को सफल पक्ष भनेको अनुसन्धानलाई निजीकृत र विशिष्टीकृत गर्ने क्षमता हो । एआईले प्रत्येक व्यक्तिबाट प्राप्त डाटा विश्लेषण गर्न सक्छ र उनीहरूको अलग विशेषताका आधारमा सिफारिस लिन सक्छ । यो विशेष गरी स्वास्थ्य सेवा अनुसन्धानका लागि बढी नै उपयोगी भएको विभिन्न अध्ययनले देखाएको छ । एआईले स्वास्थ्य अनुसन्धान अध्ययनमा महत्वपूर्ण प्रभाव पार्न सक्छ । यसले स्वास्थ्य नतिजाहरूको निदान र भविष्यवाणी गर्ने, बिरामी डाटा को विश्लेषण गर्ने, र व्यक्तिगत उपचार योजना तय गर्नेजस्ता कार्य गर्न सक्छ । एआईले व्यक्तिगत उपचार योजना, व्यक्तिको वंशाणुगत गुण, जीवनशैली र चिकित्सा इतिहासको आधारमा तयार गर्न वा भनौँ विकास गर्न सक्छ । जसले गर्दा चिकित्सकलाई बिरामीको थप उपचार प्रक्रिया अगाडि बढाउन सहज हुन्छ । यद्यपि, प्यु रिसर्च सेन्टरले गरेको सर्वेक्षणले के पत्ता लगाएको छ भने अधिकांश अमेरिकीले निदान र उपचार सिफारिसका लागि एआईमा भर परेका स्वास्थ्य सेवा प्रदायकले असहज महसुस गर्ने गरेका छन् ।अनुसन्धान अध्ययनमा एआई प्रयोग गरिएका धेरै उदाहरण छन् । जस्तै: स्वास्थ्य विज्ञानतर्फ चिकित्सा तस्बिर वा चित्र विश्लेषण गर्न एआईको प्रयोग गरिएको छ । अनुसन्धानकर्ताले क्यान्सरजस्ता रोगको प्रारम्भिक लक्षण पहिचान गर्न, चिकित्सा तस्बिरको विश्लेषण गर्न एआई प्रयोग गरिरहेका छन् । एआईले मानिसको तुलनामा धेरै छिटो र दुरुस्त तरिकाले तस्बिरको विश्लेषण गर्न सक्ने क्षमता राख्छ । जसले गर्दा छिटो रोग पत्ता लगाउन र उपचार गर्न सहज हुन्छ । डाटा सङ्कलनमा च्याटबोटको प्रयोगलाई अनुसन्धान अध्ययनमा एआईको प्रयोगका रूपमा लिन सकिन्छ । अनुसन्धानकर्ताले ठिक समयमा सहभागीबाट डाटा सङ्कलन गर्न च्याटबोट प्रयोग गरिरहेका छन् । एक अध्ययनका अनुसार च्याटबोट मानसिक स्वास्थ्य अवस्था बिग्रेका व्यक्तिको डाटा सङ्कलन गर्न प्रयोग गरिएको थियो, जहाँ सहभागीले नियमित रूपमा आफ्नो जानकारी वा रिपोर्ट प्राप्त गर्न सफल भए । जसले गर्दा चिकित्सकलाई थप उपचार प्रदान गर्न मद्दत मिलेको थियो । अनुसन्धान अध्ययनमा मेसिन लर्निङको भूमिकामेसिन लर्निङ एक प्रकारको एआई हो, जसले कम्प्युटरलाई स्पष्ट रूपमा प्रोग्राम नगरी डाटाबाट सिक्न अनुमति दिन्छ । मेसिन लर्निङ एल्गोरिदमले डाटा का ढाँचा र प्रवृत्ति पहिचान गर्न सक्नुका साथै कुनै कुराको भविष्यवाणी गर्न वा कुनै विषयमा निर्णय लिन सक्छ । अहिलेसम्म अनुसन्धान अध्ययनमा, मेसिन लर्निङको प्रयोग ठुलो सङ्ख्याका डाटा विश्लेषण गर्न, ढाँचा र प्रवृत्ति पहिचान गर्न प्रयोग गर्न भएका छन् । जुन परम्परागत अनुसन्धान विधिबाट गर्न सम्भव नै छैन । पूर्वानुमानित एनालिटिक्सले डाटा विश्लेषण गर्न र भविष्यको परिणामको बारेमा भविष्यवाणी गर्न मेसिन लर्निङ एल्गोरिदम प्रयोग गर्दछ । अनुसन्धान अध्ययनमा मेसिन लर्निङको एक उदाहरण भविष्यवाणी विश्लेषणलाई लिन सकिन्छ ।अनुसन्धान अध्ययनमा प्राकृतिक भाषा प्रक्रियाको भूमिका नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (एनएलपी) एक प्रकारको आर्टिफिसियल इन्टेलिजेन्स नै हो, जसले कम्प्युटरलाई मानव भाषा बुझ्न र व्याख्या गर्न अनुमति प्रदान गर्छ । अनुसन्धान अध्ययनमा, एनएलपीको प्रयोगले सामाजिक सञ्जाल वा अनलाइन फोरमजस्ता स्रोतबाट डाटा विश्लेषण गरी प्रयोग गर्न सजिलो बनाइदिन्छ । एनएलपी एल्गोरिदमले भाषा प्रयोगमा विभिन्न ढाँचा र प्रवृत्ति चिन्न मद्दत गर्छ र मानसिक स्वास्थ्य, सामाजिक प्रवृत्ति र उपभोक्ता व्यवहारजस्ता विषयमा जानकारी प्राप्त गर्न सहज बनाउँछ । यो विशेष गरी बजारीकरणसम्बन्धी अनुसन्धानमा उपयोगी हुन्छ, जहाँ शोधकर्ताले उत्पादन वा ब्रान्डप्रति उपभोक्ता भावनाको विश्लेषण गर्न सक्छन् र सोही अनुसार बजारीकरणका लागि योजना बनाउँछन् । एनएलपी विषय मोडलिङका लागि पनि प्रयोग गरिन्छ, जसमा अनुसन्धानकर्ताले एक विशेष मुद्दाको वरिपरि केन्द्रित रहेर विश्लेषण गर्न सक्छन् ।डाटा विश्लेषणमा एआईको प्रयोगडाटा विश्लेषणमा एआईको प्रयोगले अनुसन्धानकर्तालाई निकै सहज, सरल र किफायती बनाइदिनुका साथै समय र पैसा पनि बचाइदिएको छ । यसले डाटामा प्रयोग भएका ढाँचा र प्रवृत्ति चिन्न मद्दत गर्ने हुनाले परम्परागत अनुसन्धान विधिभन्दा यो छिटो र चुस्त दुरुस्त छ । एआई एल्गोरिदमले मानिसले भन्दा धेरै छिटो र धरै चुस्त रूपमा डाटा विश्लेषण गर्न सक्छ । जसले गर्दा एआईले भविष्यमा अनुसन्धान अध्ययनको नेतृत्व लिन सक्ने हुन्छ तथापि यसका केही नैतिक र सामाजिक सीमा भने अवश्य पनि छन् ।अनुसन्धान अध्ययनमा एआई प्रयोगले केही नैतिक र सामाजिक प्रश्न खडा गरेको छ । एआईले पूर्वाग्रहलाई कायम राख्न सक्ने सम्भावना छ र त्यत्तिकै सम्भावना गोपनीयताको अधिकार भङ्ग गरिदिने साथै कतिपय सन्दर्भमा राज्यका संवेदनशील सूचना पनि चुहावट गर्न सक्छ । एआई एल्गोरिदमलाई प्रशिक्षित गर्दा वा निर्देशन गर्दा प्रयोग गरिएको डाटा वा तर्क यदि पक्षपातपूर्ण छन् भने, एआई पनि पक्षपाती हुने निश्चित हुन्छ । यसले गलत नतिजा दिन सक्छ, र अनुसन्धान अध्ययनलाई नै गलत दिशा निर्देश गर्न सक्ने सम्भावना हुन्छ । साथै यसले दिने परिणाम भयावह हुन सक्छ र भेदभावलाई कायम राख्न सक्छ । एआई एल्गोरिदमहरू व्यक्तिगत डाटा सङ्कलन गर्न प्रयोग गरियो भने त्यहाँ अवश्य पनि जोखिम हुने हुन्छ किनकि यी डाटा अनपेक्षित उद्देश्य पूरा गर्नका लागि प्रयोग गर्न सकिने वा भनौँ सरोकारवालाको सहमतिबिना नै तेस्रो पक्षसँग साझेदारी वा डाटाको दुरुपयोग गर्न सक्ने सम्भावना रहन्छ ।अनुसन्धान अध्ययनमा एआईको भविष्य अनुसन्धान अध्ययनमा एआईको प्रयोग भविष्यमा निकै बढ्ने सम्भावना छ । जसले अनुसन्धानलाई छिटो, दुरुस्त र समयलाई घटाउन मद्दत गर्छ । एआईले पूर्वाग्रह राख्ने र गोपनीयताको अधिकार उल्लङ्घन गर्न सक्ने सम्भावना भने कायमै हुन्छ । अनुसन्धानकर्ताले अनुसन्धान अध्ययनमा एआई प्रयोग गर्दा यी चासो र चिन्तालाई ध्यानमा राख्नु महत्वपूर्ण छ । अनुसन्धान अध्ययनमा एआई प्रयोग गर्न चाहने अनुसन्धानकर्ताका लागि धेरै उपकरण र सफ्टवेयर उपलब्ध छन्, अहिले । जसले ती उपकरण प्रयोग गरी डाटा सङ्ग्रह, डाटा विश्लेषण, र डाटा दृश्यावलोकनजस्ता कार्यहरू सम्पादन मद्दत गर्छ । अनुसन्धान अध्ययनमा एआईका लागि प्रयोग गरिने केही लोकप्रिय उपकरण र सफ्टवेयर पाइथन, आर, टेन्सनफ्लो र केरास आदि हुन् ।निष्कर्ष अनुसन्धान अध्ययनमा एआईको प्रयोगले अनुसन्धान गर्ने तरिकामा नयाँ क्रान्ति ल्याउने क्षमता राख्छ, अहिले । एआईको प्रयोगले अनुसन्धानकर्तालाई ठूलो मात्रामा डाटा छिटो र सही रूपमा विश्लेषण गरी नतिजा दिन मद्दत गरेको छ । यसले अध्ययन अनुसन्धानात्मक कार्यलाई मार्गनिर्देश प्रदान गर्छ, जुन परम्परागत अनुसन्धान विधिको प्रयोगबाट प्राप्त गर्न असम्भवजस्तै हुन्छ । यद्यपि, एआईले पूर्वाग्रह राख्ने र गोपनीयताको अधिकार उल्लङ्घन गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । एआईले मानिसले जस्तै सोच्ने, लेख्ने, सल्लाह दिने, चित्र बनाउने, सङ्गीत भर्ने, आवाज दिने हुनाले यसका बारेमा नैतिक र सामाजिक प्रश्न उठेका छन् । अतः अनुसन्धानकर्ताले अनुसन्धान अध्ययनमा एआई प्रयोग गर्दा यी विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । उनीहरूले अनुसन्धानका सही उपकरण र सफ्टवेयरको प्रयोग गर्दा, एआई पनि विभिन्न विषयमा नयाँ अनुसन्धान गर्न चाहने अनुसन्धानकर्ताका लागि एक शक्तिशाली सहयोगी उपकरण साबित हुन सक्छ । यसले पैदा गरेका नैतिक र सामाजिक मुद्दाका विषयमा भने अनुसन्धानकर्ताका बिच बहस जारी राख्नुका साथै नयाँ चुनौती थप्ने निश्चित छ । अहिले एआईको प्रयोगको विषयलाई लिएर अमेरिकालगायत अन्य मुलुकमा जुनखालको विवाद सुरु भएको छ । यसले विश्वमा एआईको प्रयोगको विषयलाई बहस सिर्जना गरेको छ ।लेखक ई–गभर्नेन्स र सूचना प्रविधि विज्ञ हुनुहुन्छ ।
अफवाहविरुद्ध पत्रकारिता
राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई पत्रकार महासङ्घको एक प्रतिनिधिमण्डल बधाई दिन शीतल निवास पुगेको थियो । बधाई ग्रहण गर्दैगर्दा उहाँले एउटा महìवपूर्ण कुरा भन्नुभयो–समय समयमा समाजमा विभिन्नखाले अफवाह फैलने गर्दछन्, त्यस्तो बेला पत्रकारिताले ती अफवाहलाई चिर्दै सत्य र तथ्यसङ्गत कुरा जनताका माझमा राख्न सक्दछ । राष्ट्रपति पौडेलले भनेको यो कुरालाई पत्रकारिताका अध्येता तथा विद्वान्हरूले पनि फरक भाषामा पटक पटक भन्दै आएका छन् । कोरोनाकालमा वरिष्ठ पत्रकार तथा पत्रकारिता विषयका प्राध्यापक रामकृष्ण रेग्मीले महामारीको समयमा सही सूचना जनतामा नपुग्दा र अफवाह फैलाइँदा त्यो अर्को ठुला महामारी हुने बताउनु भएको थियो । कोरोनाकालमा पत्रकार महासङ्घले एउटा वक्तव्य निकाल्दै भनेको थियो– पत्रकारिताको सबैभन्दा ठुलो क्षमता अफवाह नियन्त्रण गर्ने हो । यतिबेला फैलने कुनै पनि अफवाहले कोरोना संक्रमणभन्दाझनै ठुला भयावह अवस्था सिर्जना गर्न सक्दछ । त्यसैले अफवाह फैलन नदिन तथा कसैले अफवाह फैलाएमा त्यसलाई तत्काल रोक्न र पुष्टि भएका एवं तथ्यमा आधारित समाचार सामग्री मात्र प्रवाह गरेर कोरोनाविरुद्धको लडाइँमा योगदान पुर्याउनका लागि समस्तमा नेपाल पत्रकार महासङ्घ हार्दिक अपिल गर्दछ ।यी सन्दर्भहरूले के सन्देश दिन्छन् भने, विभिन्न कालखण्डमा अफवाह फैलने गर्दछन् । त्यो अफवाहलाई चिर्न र सत्य कुरा स्थापित गर्न सञ्चार क्षेत्रले महìवपूर्ण भूमिका खेल्न सक्छ र खेल्नु पनि पर्दछ । पछिल्लो समयमा इन्टरनेट प्लेटफर्ममा नागरिकको सहज पहुँच विस्तार हुँदै गएको छ । सो प्लेटफर्ममार्फत आफूलाई अभिव्यक्त गर्ने विभिन्न माध्यम बनेका छन् । युुुट्युब, फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटकजस्ता माध्यमले नागरिकलाई हर समय आफूलाई अभिव्यक्त गर्न सक्ने बनाइदिएको छ । अघिल्लो पुस्ताले २-४ कप चियाको चुस्की लिँदै चियापसल वा चौतारामा बसेर गर्ने संवादमा आफूलाई अभिव्यक्त गर्दै आनन्दानुभूति गर्दथ्यो भने अहिलेको पुस्ता इलोक्ट्रोनिक डिभाइसमा आफ्नै कोठाबाट आफूलाई सम्पूर्ण रूपमा अभिव्यक्त गर्न सक्षम बन्दै छ । मानव जातिका लागि यो समयले दिएको ठुलो उपहार हो । यो उपहारको उच्चतम अभ्यास गर्न ऊ स्वतन्त्र छ । उपहारलाई इज्जतका साथ ग्रहण गर्ने, त्यसलाई उपयोग गर्ने वा सजाएर राख्ने हाम्रो संस्कार हो । त्यसैगरी नै समयले दिएको प्रविधिको यो उपहारलाई पनि इज्जतका साथ ग्रहण गर्दै त्यसको सदुपयोग गर्न योजना बनाउने कुरालाई नयाँ पुस्ताले पनि एउटा संस्कारका रूपमा ग्रहण गर्न जरुरी छ । समाजमा लगातार अफवाह फैलँदै गर्दा त्यसलाई चिर्ने र सही तथ्यका आधारमा नागरिकलाई सही सूचना दिने दायित्व पत्रकारिताको हो । त्यसैले पत्रकारिताको सबैभन्दा ठुलो धर्म अफवाह नियन्त्रण गर्ने क्षमतालाई लिने गरिन्छ ।अघिल्लो पुस्ताले चियापसल वा चौतारामा गर्ने संवादले कहिलेकाहीँ असत्य कुरालाई पनि हो हो झैँ बनाइदिन्थ्यो । रे रेका भरमा हुँदै नभएको कुराले समाजलाई तरङ्गित गराइदिन्थ्यो । त्यसैको एउटा उदाहरणका रूपमा हामीले बहुचर्चित हृतिक रोशन प्रकरणलाई लिन सक्छौँ । अप्रमाणित र अपुष्ट सूचनाका भरमा त्यो बेला मानवीय तथा ठुलो भौतिक क्षतिसमेत हुनपग्यो । सानातिना घटना थुप्रै भए, यसो स्मरण गर्ने हो भने आफ्नो गाउँठाउँका त्यस्ता अफवाहले तरङ्गित गराएका घटना पाठकले आफैँ पनि सम्झन सक्नुहुन्छ होला । इन्टरनेट प्लेटफर्ममार्फत आफूलाई अभिव्यक्त गर्दा त्यसले एकै पटक ठुला सङ्ख्याका नागरिकको ध्यानाकर्षण गर्न सक्छ । एउटा व्यक्तिले राखेको निजी विचारलाई अर्को व्यक्तिले फरक ढङ्गले बुझ्न सक्छ । फरक बुझाइका आधारमा त्यहाँ द्वन्द्व बढ्दै जान्छ अनि दुई पक्ष निर्माण भएर गाली गलौज गर्ने र आफ्नो कुरालाई जबरजस्त सत्य देखाउन अर्कालाई झुट साबित गर्न खोज्ने अवस्था आउँछ । त्यो बेलासम्म इन्टरनेट प्लेटफर्म प्रयोग गर्ने समुदाय दुई कित्तामा विभाजित हुन्छ । ती बहसले अनावश्यक र अप्रमाणित कुरा निम्त्याउँछन् । त्यसैका आधारमा जनमत निर्माण हुँदै जान्छ । त्यसरी निर्मित मतले सत्यताको पुस्ट्याइँ गर्न आवश्यक ठान्दैन, अनि अफवाह फैलन्छ । व्यक्तिको चरित्र हत्या गर्ने, कुनै निकायप्रति गलत भाष्य स्थापित गर्ने, सूचनाको तथ्य परीक्षण गर्ने कुरामा ध्यानै नदिई एकोहोरो प्रवाह गर्ने, व्यक्तिको देवत्वकरण गर्नेजस्ता सवाल अफवाहका रूपमा एकोहोरो ढङ्गले प्रवाहित हुन्छ । त्यस्तो प्रवाहका क्रममा कसैले फरक धारणा राख्यो भने त्यसलाई अपराधी नै साबित गर्ने प्रपञ्च हुन्छ ।अहिले त्यसैगरी अफवाह फैलने र त्यसले नै जनमत निर्धारण गर्ने खतरा र प्रवृत्ति देखा पर्दैछ । प्रविधिको विकास र विकसित प्रविधिको अभ्यास हुँदै गर्दा यस्तो हुनु त्यति धेरै अस्वाभाविक पनि नठानिएला तर त्यसको कसरी अभ्यास गरिँदै छ भन्ने कुरामा ध्यान दिने र त्यसमाथि बहस थाल्न भने विलम्ब गर्नुहुन्न । यसरी ध्यान दिने र अभ्यासको तरिका माथि बहस गर्ने सानो समूह भए पनि कालान्तरमा त्यो बहसले एउटा राम्रो शिक्षा दिनसक्छ र अफवाह फैलाउने कुरामा मानिसलाई सचेत बन्न प्रेरित गर्नसक्छ । त्यसकारण त्यस्ता बहस जरुरी हुन्छ । समाजमा लगातार अफवाह फैलँदै गर्दा त्यसलाई चिर्ने र सही तथ्यका आधारमा नागरिकलाई सही सूचना दिने दायित्व पत्रकारिता क्षेत्रको हुन्छ । त्यसैले पत्रकारिताको सबैभन्दा ठुला धर्म अफवाह नियन्त्रण गर्ने क्षमतालाई लिने गरिन्छ । नेपाली पत्रकारिताले यतिबेला त्यस्ता अफवाहका विरुद्ध आफूलाई निर्भीकताका साथ प्रस्तुत गर्न जरुरी छ । यो क्रममा पत्रकारितामाथि पनि आव्रmमण हुनसक्छ । अहिले सामाजिक सञ्जालमा पत्रकारितामाथि जथाभावी भन्ने लेख्ने अभ्यास पनि प्रशस्तै देखिएको छ । पत्रकारिता क्षेत्रलाई आफूमाथिको त्यो आरोपलाई वेवास्ता गर्दै आफ्नो दायित्व निर्वाहको पथमा हिँड्न पर्दछ । सत्य र तथ्यको खोजी गर्दै अफवाह होइन, सत्य बुझाँै भन्ने मान्यताका साथ आफूलाई थप सव्रिmय बनाउन जरुरी हुन्छ । त्यसो त सञ्चार क्षत्रले सधैँ नै सत्य तथ्यको प्रवाह गर्नुपर्ने हुन्छ । यस्तो बेलामा आफ्ना उपभोक्ताको ध्यान खिच्न र थप विश्वसनीयता आर्जन गर्न थप मिहिनतका साथ सामग्री प्रस्तुत गर्न आवश्यक पर्दछ । पत्रकारिता अध्ययनका क्रममा पढाइने गरिन्छ कि, जुन कुरा सहज प्राप्त भएका हुन्छन्, विज्ञापन हुन्छ, जुन कुरा दबाएर राख्न खोजिएको हुन्छ त्यो कुरा समाचार हुन्छ । समाजलाई अफवाहबाट जोगाउने क्रममा यस्तै दबाएर राखिएका विषयलाई उजागर गर्दै ध्यानाकर्षण गर्ने र सत्य स्थापित गर्दै अगाडि बढ्ने हो भने अफवाह आफैँ निरुत्साहित हुँदै जान्छ र समाजको सूचना प्रणाली आफैँ बलियो हुँदै जान्छ । यसका लागि पत्रकारिता बलियो र निर्भीक बन्न सक्नु पर्छ । पत्रकारिता निर्भीक बन्दै जाँदा त्यसको लाभ राज्य भनौँ वा सरकारले पनि लिन सक्दो रहेछ भन्ने कुराको उदाहरण भर्खरै नेपाली पत्रकारिताले स्थापित गरिदिएको छ । दबाएर राखिएका भ्रष्टाचारका फाइल खोल्न सरकारलाई सघाइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणले त सरकारलाई लोकप्रिय पनि बन्ने र देशका लागि महìवपूर्ण काम गर्ने एउटा अवसर नै उपलब्ध गराई दिएको छ । आफ्नो प्राथमिकता निर्धारण गर्न अलमल गर्दै गरेको सरकारलाई पत्रकारिताले उजागर गरेका बेथितिका घटनाले आफ्नो कामको मेसो दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा प्रारम्भ भएको अनुसन्धानलाई न्यायिक निरूपणको तहसम्म पुर्याउन सरकारले हिम्मत गर्यो भने त्यो सरकारका लागि ठुलो उपलब्धि हुने छ र नागरिकमा नयाँ विश्वास र आशाको सञ्चार हुने छ । यो घटना त उदाहरण मात्र हो । मिडियाले समय समयमा सरकार वा समाजका लागि एजेन्डा नै तय गरिदिन सक्छ । ती एजेन्डाको औचित्यताका आधारमा सम्बोधन गर्न सहज पनि हुन्छ तर यस्ता एजेन्डा विशेष नियतका साथ आएका छन् कि ? भनेर परीक्षण भने गर्नै पर्ने हुन्छ । सरकार कमजोर हुँदा, नागरिक समाज कमजोर हुँदा उनीहरूले आफ्नो कामको प्राथमिकीकरण गर्न सक्दैनन् र एजेन्डाको खोजी गरिरहेका हुन्छन् । त्यो बेला पत्रकारिता उनीहरूका लागि ठुलो सहयोगी बन्न सक्छ । अहिले त्यस्तै अवस्था पनि देखिएको छ । पत्रकारिताको निर्भीकतापूर्ण उपस्थिति र तथ्य उजागर गर्ने शैलीले आफूप्रतिको विश्वसनीयता अभिवृद्धि हुन्छ । त्यसले निर्माण गरेको जगमा उभिएर अफवाहका विरुद्धमा उभिन सम्भव पनि हुन्छ । समाजमा जबरजस्त फैलाइएका आफवाहका विरुद्धमा उभिन अरू क्षेत्रले सहज हिम्मत गर्दैनन्, बरु त्यही अफवाहमा लागेर लोकप्रियताको अपेक्षा राख्दछन् तर त्यसका विपक्षमा उभिएर सत्य स्थापित गर्ने सामथ्र्य पत्रकारिताले राख्छ । आज यस्तै पत्रकारिताको आवश्यकता बोध हुन गएको छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष हुनुहुन्छ ।
भारतसँगका अपेक्षा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भविष्यमै दक्षिणी छिमेकी भारतको भ्रमणमा जाँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यस भ्रमणले दुई देशबिचको परम्परागत बहुआयामिक सम्बन्धमा प्रगाढता ल्याउनुका साथै परस्पर विश्वास पनि बढाउने निश्चित छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा पूर्वाधार निर्माण, विकास परियोजना, कृषि, व्यापार, सीमा तथा जलस्रोतका बारेमा पनि छलफल हुने सम्भावना छ । इतिहास, संस्कृति, परम्परा तथा धार्मिक समानता आदिका कारणले पौराणिक कालदेखि नै नेपाल–भारतबिचको सम्बन्ध अटुट तथा अद्वितीय छ । विश्वका प्रायः सबैजसो देशको सम्बन्ध सरकार–सरकारबिचको औपचारिकतामा सीमित हुने गर्दछ तर नेपाल र भारतबिचको सम्बन्ध जनस्तरमा कायम छ । रोटी र बेटीको सम्बन्ध छ, व्रान्ति र भ्रातृत्वको सम्बन्ध छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबाट दुई देशको परस्पर हितसँग सम्बन्धित विषयमा छलफल र सहमति हुने सम्भावना छ । दक्षिणी छिमेकी भारतसित नेपालको कूटनीतिक सम्बन्ध कायम भएको सात दशक नाघिसकेको छ तर यो सम्बन्ध कहिल्यै धेरै राम्रो रहेन, धेरै खराब पनि रहेन । हामीले भूगोललाई सञ्चालन गर्न जानेनौँ । राम्रो तरिकाले भूगोलको प्रयोग गर्न सकियो भने यो फलदायी पनि साबित हुन सक्छ तर यसको ठिक विपरीत अदूरदर्शी, अव्यावहारिक एवं सङ्कीर्णताको पछाडि लागियो भने त्यही भूगोल निर्दयी र कठोर पनि साबित हुन सक्छ । एउटा छिमेकीसित राम्रो सम्बन्ध कायम राख्न अर्को छिमेकीसित सम्बन्ध बिगार्नु हुँदैन । मित्रराष्ट्रलाई विश्वासमा लिएर मुलुकको आर्थिक प्रगति, विकास, समृद्धि र सुशासनका लागि सरकारले काम गर्नु पर्छ ।छिमेकी राष्ट्रसँगको सम्बन्धलाई देश र जनताको हितमा उपयोग गर्न सक्नु पर्छ । चीन हाम्रो उत्तरी छिमेकी राष्ट्र हो तर कठिन भूगोल भएको मुलुक हो । भौगोलिक विकटताका कारण उसले चाहेर पनि हामीलाई धेरै सहयोग गर्न सक्दैन । वि.सं. २०७२ मा आएको महाविनाशकारी भूकम्पका कारण क्षतिग्रस्त तातोपानी नाका अहिलेसम्म सञ्चालनमा राम्ररी नआउनुको कारण पनि त्यही नै हो । कोभिड–१९ को प्रकोपका कारण बन्द भएका उत्तरी नाका बल्ल सञ्चालनमा आउन थालेका छन् । सायद त्यही भएर होला, उत्तरी छिमेकी चीनले पनि भन्दै आएको छ कि भारतसँग मिलेर जाँदा नेपाललाई धेरै फाइदा छ । भूगोलले पनि हामीलाई चाहे अनुसारको व्यापार व्यवसाय गर्न सहयोग गरेको छैन भने चीनको भनाइलाई सोही सन्दर्भमा हेर्नु पर्छ । व्यक्तिगत अथवा दलगत हित एवम् प्रतिष्ठाको आधारमा परराष्ट्र नीति सञ्चालन हुन सक्दैन । जोशमा तथा भावावेशमा आएर पनि परराष्ट्र नीतिको निर्धारण हुन सक्दैन । राष्ट्रनीति प्रस्ट र बलियो नहुञ्जेलसम्म परराष्ट्र नीति पनि बलियो हुन सक्दैन । धरातलीय यथार्थ बुझेर नै हामीले देशहितमा परराष्ट्र नीति निर्धारण गर्नु पर्छ । कुनै पनि देशको विदेश नीति बौद्धिक विचारधारामा आधारित भएर मात्रै अगाडि बढ्न सक्दैन, एउटा दार्शनिक उपलब्धि मात्रै विदेश नीति होइन, विदेश नीति भनेको एउटा यस्तो ठोस व्यवहार हो; जुन राज्यको भौतिक हितबाट प्रभावित हुन्छ । राष्ट्रनीति प्रस्ट र सशक्त नहुञ्जेलसम्म परराष्ट्र नीति पनि सफल हुन सक्दैन । हामीले अहिले आफ्नो देशको अर्थतन्त्र बलियो बनाउने दिशामा ध्यान केन्द्रित गर्नु पर्छ । आर्थिक रूपले सम्पन्न देशले बिस्तार–बिस्तारै सबै क्षेत्रमा आफ्नो प्रभाव बढाउन थाल्छ तर आर्थिक रूपले कमजोर देशको विश्व राजनीतिमा खासै महìव हुँदैन । बाह्य रूपमा भन्नका लागि विश्वका सबै देश एक समान नै हुन् । सबैको आ–आफ्नो सम्मान र स्वाभिमान पनि छ तर आर्थिक रूपले सबल, सैन्य क्षमताले बलियो, बढी रोजगार दिन सक्ने, विदेशमा लगानी गर्न सक्ने र आर्थिक अनुदान अथवा सहयोग प्रदान गर्न सक्ने देश अवश्य नै केही विशेष प्रकारका मानिन्छन् । सिद्धान्ततः विश्वका सबै देश एक समान नै छन् तर आफ्नो क्षेत्रफल जनसङ्ख्या, सैन्य क्षमता, आर्थिक प्रगतिलगायतका विषयका कारण केही देशले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चमा बढी महìव र सम्मान पाउने गरेका हुन्छन् । ऋण अथवा अनुदान, राष्ट्रहरूको भूमिका र महìव अवश्य पनि केही बढी हुने गर्दछ । सानो देश भुटानले आफ्नो जलसम्पदा सदुपयोग गरेर हामीभन्दा धनी राष्ट्र बन्न गयो तर हामी हिजो जहाँ थियौँ, आज पनि त्यहीँ छौँ । अहिले त देशको अर्थतन्त्र झन् दयनीय अवस्थामा रहेको छ । हामीले आफ्नो प्राकृतिक स्रोत साधनको उपयोग गर्न सकेनौँ । अरब राष्ट्रहरूले राष्ट्रवादको नारा लगाएर केवल सङ्कीर्णतामा विश्वास गरेका भए पानीबिना नै मर्ने थिए तर आज आधुनिक धन कुबेर बनेका छन् । हामीले जलस्रोतमा राजनीति गर्यौँ, देश र जनताको आर्थिक हितलाई प्राथमिकतामा राखेनौँ । जलस्रोतमा बिजुली मात्रै आउँदैन, पानी पनि आउँछ, पानीबाट नै सिँचाइ पनि हुन्छ, नेपाल जस्ता देशले आफ्नो जलसम्पदाको समुचित सदुपयोग गर्न सक्यो भने नेपालको पानी वाटर डलरमा परिणत हुन सक्छ । आफ्नो राष्ट्रको वास्तविक स्वार्थ कहाँ निहित छ र के गरेर देशको प्रगति हुन सक्छ भन्ने दिशामा हाम्रो ध्यान जानु आवश्यक छ । हामीले आफूसँग भएको प्राकृतिक स्रोत एवं साधनको सदुपयोग गर्न सकेनौँ भने हाम्रो देशको आर्थिक अवस्था राम्रो बनाउन सक्दैनौँ न त जनताको अनुहारमा खुसियाली नै ल्याउन सक्छौँ । दलीय एवं व्यक्तिगत प्रतिष्ठाका कारण राष्ट्र एवं जनतालाई हानि पुर्याउनु बुद्धिमानी होइन । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा त्यहाँका लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न आह्वान गर्ने अनुमान छ । वैदेशिक लगानीबिना देशले प्रगति गर्न सक्दैन । वैदेशिक लगानीको रङ हेर्नु हुँदैन । लगानी कुन देशबाट आएको हो, त्यो हेर्नु हुँदैन ।नेपाल एवम् भारतबिच सन् १९५० को शान्ति एवम् मैत्री सम्बन्धलाई समीक्षा गर्ने काम भइरहेको छ । इतिहासको समीक्षा गर्ने कार्यलाई गलत भन्न मिल्दैन तर आशङ्का धेरै हदसम्म पुग्दा केही नहुँदा पनि अनर्थ भइरहे जस्तो लाग्छ । त्यस्तो आशङ्का उत्पन्न हुनेबित्तिकै संवादको संस्कृत विकसित गरी यसलाई निर्मूल पार्नुपर्छ । नेपालले भारतबाट तथा भारतले नेपालबाट अपेक्षा राख्नु स्वाभाविक हो । एउटा छिमेकीसित राम्रो सम्बन्ध कायम राख्न अर्को छिमेकीसित सम्बन्ध बिगार्नु हुँदैन । मित्रराष्ट्रलाई विश्वासमा लिएर मुलुकको आर्थिक प्रगति, विकास, समृद्धि र सुशासनका लागि सरकारले काम गर्नुपर्छ ।भारतमा कार्यरत गोर्खा सैनिक भर्तीको विषय पनि प्रधानमन्त्री प्रचण्डको भ्रमणमा चर्चाको एउटा विषय हुन सक्दछ । भारतमा कार्यरत गोर्खा सैनिक त्यहाँ मान, सम्मान र दाम मात्रै कमाइरहेका छैनन्, तिनीहरू भारतमा हाम्रा कूटनीतिक दूत पनि हुन् । गत वर्ष भारत सरकारले आफ्नो सैन्य संरचनामा ल्याएको नयाँ परिवर्तन ‘अग्निवीर’ मा चार वर्षे भर्ती लागु गरेको छ । भारतीय युवा आफ्नो प्रशिक्षण समाप्त गरी अब जागिरतिर पनि लाग्ने सम्भावना छ । नेपाल सरकारले अहिलेसम्म यस विषयमा निर्णय लिन सकेको छैन । भारतमा तैनाथ नेपाली गोर्खा सैनिक र अवकाशप्राप्त सैनिकले पाउने गरेको तलब र सुविधालाई हिसाब गर्ने हो भन्ने बर्सेनि यो ८० अर्ब रुपियाँ हुन आउँछ । रेमिट्यान्सको एउटा भरपर्दो स्रोतका रूपमा रहेको गोर्खा सैनिक भर्तीबारे नेपाल सरकारले तत्काल निर्णय लिनु आवश्यक छ ।तीन दशकदेखि अड्केको पन्चेश्वर बहुउदेश्यीय परियोजनाको डिपिआरमा सहमति जुटाई यसको कार्यान्वयनको दिशामा पाइला चालिनु पर्दछ । भारत र नेपालबिच भएको विद्युत् व्यापार सम्झौता तथा विद्युत् विकास सम्झौताका कारण नेपालले पनि अब भारतमा बिजुली निर्यात अथवा बिक्री गरिरहेको छ । भारतसितको दुईपक्षीय व्यापारमा नेपालले भोग्दै आएको व्यापार घाटा कम गर्नमा जलस्रोतको विकास नै सहयोगी साबित हुन सक्छ । भारतले पनि नेपाललाई आफ्नो उत्पादनको बिजुली भारतमा बिक्री गर्न सहजता देखाइएको छ । नेपालले उत्पादित बिजुली भारतबाहेक बङ्गलादेशमा पनि बिक्री गर्न सक्नेछ तर त्यसको निम्ति उत्पादन पर्याप्त हुनु आवश्यक छ । नेपालबाट उत्पादित बिजुलीका लागि भारतको बजार यति ठुलो छ कि भारतीय बजारमा नै नेपालले धेरै बिजुली बिव्रmी गरी बर्सेनि अर्बौं रुपियाँ कमाउन सक्छ । नेपालले अहिलेसम्म भारतमा १० अर्ब जतिको बिजुली निर्यात गरिसकेको छ । आगामी वर्षमा यसभन्दा पनि बढी दोब्बर–तेब्बर रुपियाँको बिजुली भारतमा बिक्री हुनेछ । हिउँदमा भारतबाट मगाउने र वर्षायाममा भारतमा बिजुली निर्यात गर्ने काम नेपालले गरिरहेको छ । नेपालले चाहेमा भुटान जस्तै आफ्नो जलसम्पदाको सदुपयोगबाट निकै पैसा कमाउन सक्दछ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा ऊर्जाको विषय पनि प्रमुख एजेन्डामा हुन सक्छ ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दक्षिणी छिमेकी भारतसित नेपालको सम्बन्ध निकै चिसिएको थियो । हुन त ओलीको पालामा अन्य देशसित पनि नेपालको परराष्ट्र सम्बन्ध खासै सुमधुर थिएन । प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै यस सम्बन्धमा न्यानोपन आउन थालेको हो । प्रधानमन्त्री प्रचण्डको यस भारत भ्रमणले पनि दुईपक्षीय सम्बन्धमा प्रगाढता ल्याउने निश्चित छ । वर्तमानको विषम परिस्थितिमा देशको बागडोर सम्हालेका कारण प्रधानमन्त्रीसामु निकै चुनौती पनि छन् । यी चुनौती आन्तरिक र बाह्य रूपमा पनि रहेको मान्नु पर्दछ तर तेस्रो पटक नेपालको प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका नेपालका एक मात्र वामपन्थी नेता प्रचण्डले भारतसितको सम्बन्धलाई उच्च महìव दिने निश्चित छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमण नेपाल र नेपाली जनताको बृहत्तर हितमा सहयोगी साबित हुने अपेक्षा गर्न सकिन्छ ।
पत्रकारिताको इतिहासमा गौरव
गोरखापत्रले वैशाख २४ गते १२३ औँ वार्षिकोत्सव मनाएको छ । यो अखबार नेपालका चारवटा महìवपूर्ण राजनीतिक परिवर्तनको साक्षी हो । राणाकालमा उदारमध्येका एक राणा प्रधानमन्त्री देवशमशेरले यसको स्थापना गर्दा देशका राजा पृथ्वी वीरविक्रम शाह थिए । उसबेला राजाको शासन थिएन, प्रधानमन्त्री नै मूल शासक हुन्थे । देवशमशेर
नागरिकलाई घरदैलोमै सुविधा
स्थानीय सरकारको रूपमा चिनिने स्थानीय तह सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएपछि थप बलियो समृद्ध र स्वायत्त बन्दै गएको छ । स्थानीय तहको अधिकार क्षेत्र फराकिलो छ । स्थानीय तहले जनताको जीवनलाई समृद्धिको यात्रामा जोड्न महìवपूर्ण भूमिका खेल्ने दिशामा अग्रसर छ । नेपालमा भएको १० वर्षे जनयुद्धको जगमा निर्मित यो व्यवस्थामा मजदुर, किसान, दलित, महिलामा आएको ठूलो जागरण र उनीहरूमा नेतृत्वको पनि विकास हुनु हो । जनयुद्ध एक युगान्तकारी परि
प्रकाशित सामग्रीको प्रस्तुति र गुणस्तरमा सुधार
गोरखापत्र राष्ट्रिय दैनिकले आज प्रकाशन थालनीको १२३औँ वर्ष प्रवेश तथा संस्थान स्थापनाको ६१औँ वार्षिकोत्सवको सुखद अवसरमा गोरखापत्र तथा गोरखापत्र संस्थानमा कार्यरत सञ्चारकर्मी तथा सबै कर्मचारीलाई बधाई ज्ञापन गर्दछु । नेपालको पहिलो प्रकाशनका रूपमा वि.सं. १९५८ सालको वैशाख २४ गतेबाट ‘गोर्खापत्र’ को प्रकाशन प्रारम्भ भएको हो । वि.सं. १९९१ वैशाख ९ गतेदेखि गोर्खापत्र प्रत्येक हप्ताको शुक्रबार प्रकाशित भएको थियो । अर्धसाप्ताहिकको वि.
भाषा, साहित्य र पत्रकारिताको धरोहर
सर्वप्रथम गोरखापत्र दैनिकको १२३औँ तथा गोरखापत्र संस्थानको ६१औँ वर्ष प्रवेशका अवसरमा म गोरखापत्र तथा गोरखापत्र संस्थानमा कार्यरत सञ्चारकर्मी, प्राविधिक र सबै कर्मचारीलाई बधाई दिन चाहन्छु । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको दिनलाई नेपाली पत्रकारिताको आरम्भिक दिन मानेर नेपाल सरकारले २०७३ देखि वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन थालेको छ । यस उपलक्ष्यमा आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा म समस्त नेपाली पत्रकार र सञ्चारकर्मीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
कृषिलाई पहिलो प्राथमिकता
संसद्को वर्षे अधिवेशन आइतबार आरम्भ भएको छ । हिउँदे अधिवेशन केही दिनअघि मात्र समापन भयो । सामान्यतया हिउँदे अधिवेशनलाई विधयेक अधिवेशन भनिन्छ भने वर्षे अधिवेशनलाई बजेट अधिवेशनका रूपमा चिन्ने गरिन्छ । बजेट अधिवेशन आरम्भ भएकै दिन सरकारद्वारा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिन्छ । त्यसमा विधायकबाट गहन छलफल हुन्छ । सोही सिद्धान्त र प्राथमिकताका आधारमा सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम प्रस्तुत गर्छ । संसद्मा प्रस्तुत हुने नीति र कार्य
समाचारको बदला टाउकोमा गोली
डडेलधुरामा जन्मेको भए पनि मेरो परिवार २०२१ सालमा कञ्चनपुर बसाइँ स¥यो। मैले त्यही साल एसएलसी (अहिले एसईई) परीक्षा पनि डडेलधुराबाट नै उत्तीर्ण गरेँ। डडेलधुरामा एसएलसीको परीक्षा केन्द्र स्थापना भएको पनि त्यो पहिलो वर्ष थियो। म नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाभन्दा दुई वर्ष तल्लो कक्षा
भर्चुअल दुनियाँमा गोरखापत्र
दूरसञ्चार सेवा विस्तारले इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दा अनलाइनमा आधारित सामग्रीको प्रयोग व्यापक बनेको छ । सूचना, मनोरञ्जन, शिक्षा र कार्यालयको काममा समेत मोबाइल सेवाको प्रयोग अहिले सामान्य लाग्छ । खासगरी सूचना ग्रहणको परम्परागत शैलीलाई मोबाइलले अकल्पनीय परिवर्तन गराइदिएको छ ।
पण्डित अर्थात् सम्पादक
पण्डित नरदेव पाँडेले श्री ३ महाराजा देवशमशेरबाट विसं १९५८ मा गोर्खापत्र प्रकाशनको जिम्मेवारी पाउनुभयो । उहाँको व्यवस्थापनमा पशुपत छापाखानाबाट प्रकाशन भएको गोर्खापत्रको पहिलो अङ्कमा नै ‘एडिटर्को राय’ छापियो तर राय लेख्ने ‘एडिटर’ को थियो भन्ने खुल्दैन । गोर्खापत्रका पहिलो सम्पादकको खोजी गर्ने जो कोहीले यतिसम्म लेख्छ, भन्छ तर सम्पादक र ‘एडिटर’ को सम्बन्ध खोजेर त्यसको लेखाजोखा भएको देखिँदैन । त्यो ‘एडिटर्को राय’ अहिलेको जस्तो पत्रकारितामा प्रयोग हुने सम्पादकीय
त्यो बेलाको समाचार सङ्कलन
धेरैलाई पत्यार नलाग्न सक्छ, मुलुकको जेठो अखबारमा आजभन्दा ३५ वर्षअघिसम्म आफ्नै समाचारदाताबाट समाचार सङ्कलन गर्ने चलन नै थिएन तर यो यथार्थ हो । त्यतिबेला गोरखापत्रका सम्पादकहरूले कहिलेकाहीँ समाचार बनाउँथे तर कार्यालयमै आएका विभिन्न मन्त्रालय, विभाग, संस्थानलगायत विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएका विज्ञप्तिमा आधारित रहेर । त्यसैले होला, त्यस्ता समाचारमा कार्यालय प्रतिनिधि भनेर लेखिएको हुन्थ्यो । कहिलेकाहीँ राजाको सवारीमा, मन्त्री तथा प्रधानमन्त्रीको टोलीमा समावेश भएर स्वदेश वा विदेश भ्रमणमा जाने अवसर मिलेका बेला भने सँगै गएका सम्पादकहरूले हाम्रा प्रतिनिधि, विशेष प्रतिनिधि भनेर केहीमा समाचार लेख्नेको नाम (बाइलाइनमा)समेत भएका समाचार छापिन्थे ।